सुविसुको नयाँ वर्ष अफर, दुई हजार ७१ रुपैयाँमा ५१२केविपिएस अनलिमिटेड ब्रोडव्याण्ड प्याकेज

बिजमाण्डू
२०७० चैत्र २४ गते ००:०० | Apr 7, 2014

काठमाडौं । सुबिसु केबलनेटले नयाँ वर्ष २०७१को अवसरमा नयाँ अफर लागु गरेको छ । यो कम्पनीले केबल टेलिभिजन, इन्टरनेट र नेटर्वक सेवा उपलब्ध गराउँदै आएको छ । सुबिसु नयाँ वर्ष २०७१ को २०७१ अफर नाम दिइएको यो योजनामा ग्राहकले भ्याट सहित मासिक २०७१ रुपैयाँमा ५१२/५१२ केविपिएस अनलिमिटेड ब्रोडव्याण्ड इन्टरनेट प्याकेज पाउनेछन् । यो प्याकेजमा वाई–फाई राउटर, केबल मोडेम, जडान खर्च र केबल टिभि च्यानल ग्राहकले पाउने जानकारी सुविसुले जनाएको छ ।
यस योजनामा भाग लिन ग्राहकले ६ महिनाको अग्रिम भुक्तानी गर्नुपर्नेछ । ग्राहकहरुको आवश्यकता अनुसार अरु इन्टरनेट प्याकेज पनि उपलब्ध गराउने जानकारी कम्पनीले दिएको छ ।

Tata
GBIME
Nepal Life