राजधानीमै टेन्डर हाल्न गुण्डागर्दी, टेन्डर दर्ता नभएपछि व्यवसायीले पनि दिए प्रहरीमा उजुरी

बिजमाण्डू
२०७० चैत्र २५ गते ००:०० | Apr 8, 2014
राजधानीमै टेन्डर हाल्न गुण्डागर्दी, टेन्डर दर्ता नभएपछि व्यवसायीले पनि दिए प्रहरीमा उजुरी
काठमाडौं । गुण्डागर्दीका कारण राजधानीमै व्यवसायीलाई टेन्डर हाल्न अवरोध गरिएको छ । माथिल्लो त्रिशुली ३ बी परियोजनाले खुलाएको टेष्ट टनेल निर्माणका लागि टेन्डर हाल्न गुण्डाहरुले अवरोध सिर्जना गरेपछि व्यवसायीले काठमाडौं प्रहरीमा उजुरी दिएका हुन् ।
कम्पनीले १७ चैतसम्म म्याद राखेर सात करोड रुपैयाँ बराबरको टेष्ट टनेल निर्माणका लागि टेन्डर आह्वान गरेको थियो । अरु बेला जस्तै सामान्य सोचेरे अन्तिम दिन टेन्डर हाल्न जाँदा राजनीतिक संरक्षण प्राप्त गुण्डाहरुले अवरोध गरे पछि सोह«खुट्टेस्थित कम्पनीको कार्यालय परिसरमै प्रवेश गर्न नसकेको एक व्यवसायीले बताए । टेन्डर हाल्न नपाएपछि व्यवसायीले ८७२१ दर्ता नम्बरको उजुरी महानगरिय प्रहरी परिसर हनुमानढोकामा बुझाएका छन् । उनीहरुले पुनः टेन्डर गराउन माग गरेका हुन् ।
प्रकृया पुरा गर्न मात्र तीन वटा कम्पनीको नाममा टेन्डर दर्ता भएको ती व्यवसायीले दाबी गरे । ‘राजनीतिक आडमा टेन्डर लिन तीन वर्टा फर्म दर्ता भएको वहाना गरिएको छ’ ती व्यवसायीले भने ‘यि सबै प्रतिश्पर्धाका लागि आएका होइनन्, एउटालाई सहयोग पुर्याउने उध्येश्यले दर्ता मात्र गरिएको हो ।’ कस्मिरीलाल कन्स्ट्रक्सन÷वाइवा इन्फ्राटेक जेभी, चाइना गान्सु÷हिमडङ्ग थोकर जेभी र भरत÷चन्द एन्ड बस्नेत जेभीको नामका टेन्डर दर्ता भएका हुन् ।  
महानगरिय प्रहरी परिसर हनुमानढोकाका एसएसपी रमेश खरेलले टेन्डर हाल्न अवरोध गर्ने वित्तिकै खवर गरेको भए सजिलो हुने बताए । ‘प्रहरीको हटलाइन नम्बर १०० छ, त्यस्तै सोह«खुट्टेकै कार्यालयमा पनि भन्न सकिन्थ्यो’ उनले भने ‘समय विति सके पछि मात्र उहाँहरुले भन्नु भयो, त्यसैले गुण्डागर्दी गर्नेलाई समाउन सकिएन ।’
४३ मेगावाटको त्रिसुली थ्री बि आयोजना नुवाकोट र रसुवा जिल्लामा निर्माणधिन छ । आयोजनामा नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमको ३०/३० प्रतिशत, स्थानीय जिल्ला विकास समिति तथा गाविसहरु, दुई जिल्लाका वित्तिय संस्था र नेपाल विद्युत प्राधिकरण तथा नेपाल टेलिकमका कर्मचारीहरुको पाँच÷पाँच प्रतिशत, दुई जिल्लाका प्रभावित वासिन्दाको १० प्रतिशत सेयर रहेको छ । १५ प्रतिशत सेयर सर्वसाधारणका लागि छुट्याइएको छ ।

 

Tata
GBIME
Nepal Life