टाटा नयाँ एसयुभिको तयारीमा, ल्याण्डरोभर उत्पादक कम्पनी जगुआरसँग संयुक्त परियोजनाको तयारी

बिजमाण्डू
२०७० चैत्र २५ गते ००:०० | Apr 8, 2014
टाटा नयाँ एसयुभिको तयारीमा, ल्याण्डरोभर उत्पादक कम्पनी जगुआरसँग संयुक्त परियोजनाको तयारी

काठमाडौं । स्पोर्ट युटिलिटी भेइकल (एसयुभी)को बढ्दो बजार मागले भारतीय मोटर उत्पादक टाटालाई लोभ्याएको छ । ‘प्राइभेट कार सेग्मेन्ट’मा सेडान तथा होचा कार र जिप मोडलका सवारी साधन उत्पादन गर्दै आएको टाटाले एसयुभी उत्पादनको तयारी सुरु गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
पर्याप्त ‘ग्राउन्ड क्लियरेन्स’ तथा कच्चि बाटोमा भरपर्दो एसयुभीको माग भारतीय बजारमा निरन्तर बढ्दै गएको छ । टाटाले आफ्नो ब्रिटिस सब्सिडरी कम्पनी जगुआर लैन्डरोभरसँग मिलेर एसयुभी उत्पादनको ‘जोइन्ट प्रोजेक्ट’ सुरु गर्ने तयारी गरेको हो । भारतीय बजारमा २० देखि २५ लाख भारु पर्ने प्रिमियम एसयुभी निर्माण गर्ने कम्पनीको योजना छ ।
टाटाले सन् २०१६÷१७  सम्ममा पाँच देखि सात सिट क्षमताको एसयुभी सार्वजनिक गर्न सक्ने अपेक्षा गरिएको छ । टाटाको यो गाडीले टोयोटा फच्र्युनर, फोर्ड एन्डव्योर र हुन्डाइ सेन्टाफे जस्ता कारसँग प्रतिश्पर्धा गर्नेछ ।
टाटाको यो परियोजनाका लागि अहिले ४५ जना इन्जिनियर काम गरि रहेका छन् । कम्पनीले उनीहरुलाई क्यु५ ‘कोडनेम’ दिएर काममा लगाएको छ । टाटाको नयाँ एसयुभी लैन्डरोभरको पछिल्लो ‘जेनेरेसन’ फ्रिलेन्डर २ सँग मिल्दो जुल्दो तथा जगुआर लैन्डरोभरको निर्माण प्रकृया अनुसार बनाइनेछ ।

Tata
GBIME
Nepal Life