५१ करोडको ग्लोबल आठ बर्षमा चार अर्बको, यस्तो छ ग्लोबलको छलाङ

बिजमाण्डू
२०७० चैत्र २६ गते ००:०० | Apr 9, 2014
५१ करोडको ग्लोबल आठ बर्षमा चार अर्बको, यस्तो छ ग्लोबलको छलाङ
काठमाडौं। अर्थमन्त्री डा. रामशरण महतले ग्लोबल आइएमइ र कमर्ज एन्ड ट्रष्ट बैंक नेपाल गाभिएपछि सञ्चालनमा आएको पहिलो एकिकृत कारोबारको उद्घाटन  गरेका छन्। उनले उद्घाटन कार्यक्रममा वोल्दै ठूलो मर्जरले व्यवशायिक लागत घटाएर सर्वसाधारण ग्राहकले सस्तोमा सेवा पाउने बताए।
कार्यक्रममा राष्ट्र बैंकका गभर्नर डा. युवराज खतिवडाले मर्जरपछि ग्लोबल आइएमइ उदाहरणीय र लिड बैंक बन्न सक्षम होस् भन्ने शुभकामना दिए। उनले संख्यात्मक बृद्धिले मात्र बैंकिङ पहुँच नपुग्ने बताउँदै ठूलो मर्जरपछि पहुँच विस्तारमा सहयोग पुग्ने बताए।
कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यले मर्जरले लागत घटाउने भएकाले उद्यमी व्यवसायीहरुलाई कम दरमा काम गर्न सजिलो हुने बताए। ग्लोबल आइएमइ बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले आगामी दिन रिटेल बैंकिङमार्फत बैंकको कारोबार विस्तारलाई निरन्तरता दिइने जानकारी दिँदै ठूलो पुँजी चाहिने क्षेत्रहरु ऊर्जा, पूर्वाधार क्षेत्रमा पनि लगानी विस्तार गर्न बैंक सक्षम भएको बताए। उनले बैंकले चाँडै भारत, अस्टे्रलिया र दक्षिण कोरियामा बैंकको प्रतिनिधि कार्यालय खोलिने बताए। राष्ट्र बैंकले ग्लोबल आइएमइलाई छ देशमा कार्यालय खोल्न स्वीकृति दिइसकेको छ। 
कार्यक्रममा कमर्जमा अध्यक्ष शोभाकर न्यौपानेले आगामी दिनमा आकर्षक प्रतिफलका लागि मर्जरमा गएको बताए। 'सेयर लगानीकर्ता र ग्राहकको हितका लागि मर्जरमा गएका हौं,' उनले भने, 'आगामी दिनमा उचित प्रतिफल दिएर अगाडि वढ्न नयाँ बैंक सक्षम हुने छ।' कार्यक्रममा ग्लोबल आइएमइका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले मर्जरपछि बैंकिङ पहुँच विस्तारमा थप सहयोग पुगेको बताए। 
कार्यक्रममा कमर्जका प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराईले पद हस्तान्तरणको घोषणासमेत गरे। संयुक्त मर्जर समितिका संयोजक सुदर्शनकृष्ण श्रेष्ठले सौहार्द्धपूर्ण वातावरणमा मर्जर सम्पन्न भएको बताए। 

यस्तो छ ग्लोबलको छलाङ
काठमाडौं। ग्लोबल आइएमइ बैंक र कमर्ज एन्ड ट्रष्ट बैंक नेपाल बुधबारबाट औपचारिक रुपमै गाभिएर एकिकृत कारोबार सुरु गरेका छन्। 'क' वर्गका दुई बाणिज्य बैंक गाभिएपछि पुँजी चार अर्ब १० करोड रुपैयाँ पुगेको छ। 
आठ वर्षअघि २०६३ पुस १८ गते १९ औं नम्वरको बाणिज्य बैंकका रुपमा ग्लोबल बैंक सुरु भएको थियो। बैंकमा संस्थापकले ५१ करोड रुपैयाँ लगानी गरेका थिए। आर्थिक वर्ष २०६३/६४ को समाप्तिसँगै बैंकका काठमाडौं, वीरगञ्ज र बागलुङ गरी तीन शाखा थिए।
आठ वर्ष पूरा नहुँदै विभिन्न मापदण्डका आधारमा त्यही बैंक उत्कृष्ट सात बैंक भित्र मात्रै परेको छैन्, धेरै प्रगति पनि गरेको छ। जस्तो ५१ करोडको चुक्ता पुँजी बुधवार कमर्ज एण्ड ट्रष्टसँग मर्जपछि आठ गुणा बढेर चार अर्ब १० करोड हाराहारीमा पुगेको छ। 
सात वर्ष अघि बैंकका तीन शाखा थिए, बुधवारबाट ग्लोबल आईएमई बैंकका एक सय शाखा सञ्जाल भएको छ। बैंकसँग पहिलो आर्थिक वर्षको समाप्तिसँगै जम्मा तीन अर्बको निक्षेप बढेर ४९ अर्ब रुपैयाँ पुगेको छ। अढाई अर्बको कर्जा बढेर ४१ अर्ब रुपैयाँ पुगेको छ। पहिलो वर्ष बैंकको सञ्चालन नोक्सानमा थियो, बैंक खुद नोक्सानमा थियो, र प्रतिसेयर आम्दानी ऋणात्मक थियो।
यो सात वर्षमा खुद मुनाफा मात्रै अर्ब रुपैयाँ नाघ्ने अवस्थामा छ, ऋणात्मक प्रतिसेयर आम्दानी धनात्मक मात्रै भएको छैन्, गुणात्मक वृद्धि समेत भएको छ। बैंकमा कर्मचारीको संख्या सयभन्दा कमबाट बुधवार हजार नाघेको छ। ग्राहक संख्या पनि पाँच लाख पुगेको छ। 
के सोझो र सरल बाटोमा लागेको भए ग्लोबल आईएमई बैंकको यो फट्को सम्भव थियो? पक्कै पनि थिएन्, यो गुणात्मक वृद्धिका लागि बैंकलाई मर्जरले ठूलो आधार प्रदान गरेको छ। वितेको दुई वर्ष भित्र ग्लोबल बैंकमा पाँच कम्पनी जोडिएका छन् र ग्लोबल बैंक ग्लोबल आईएमई बैंकमा परिणत भएको छ। 
पाँच वित्तीय संस्थाको मर्जले ग्लोबल आईएमईलाई एउटा यस्तो 'सिनर्जी' दिएको छ, जसले बैंक नम्वर १ बन्ने दौडमा सबैभन्दा अघि पनि छ। ग्लोबल बैंकमा २०६९ असार २५ गते आईएमई फाइनान्स र लर्डबुद्ध फाइनान्स गाभिएका थिए। संयोग बैंकमा पहिलोपटक दुई वटा फाइनान्स गाभिएका थिए।
ग्लोबल आईएमई बैंकले दोस्रो पटक सोसियल विकास बैंक र गुल्मी विकास बैंकलाई मर्ज गरेको थियो। २०७० असार ३० गते सोसल र गुल्मीलाई गाभेर एकीकृत कारोवार गरेको ग्लोबलले दुइवटै विकास बैंकलाई मर्जमा लिएको थियो।
फाइनान्स, विकास बैंकको अनुभवपछि यसपटक ग्लोबल र कमर्ज एण्ड ट्रष्ट मर्ज भएका छन्। नेपालको बैकिङ्ग इतिहाँसमा दुई बाणिज्य बैंकवीचको यो दोस्रो मर्ज हो। यसअघि एनआईसि बैंक र बैंक अफ एशिया मर्ज भएका थिए। तर दुवै बैंक एकै समूहबाट भएका कारण एनआईसि एशियाको मर्जलाई ट्रु मर्जका रुपमा लिइएको छैन्। ग्लोबल र कमर्जको मर्जलाई दुई बाणिज्य बैंकवीचको 'खास' मर्जका रुपमा व्याख्या गर्न थालिएको छ।
के ग्लोबलको तेस्रो अनुभव पनि यसअघिका दुई अनुभव जस्तै रहला? के यसअघि मर्जपछि आउने सिनर्जी यसपटक पनि आउला? ग्लोबललाई सुरुदेखि नेतृत्व गर्दै आएका बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल भन्छन्, यसपटक हामी अझ बढी सिनर्जी पाउँछौं। उनले भने, मर्जले हामीलाई पुँजीको एउटा आधार दिएको छ, निक्षेप, कर्जा परिचालन र शाखा सञ्जाल अब हाम्रो 'स्ट्रेन्थ' बनेको छ। पाँच लाख ग्राहक हाम्रा लागि सबैभन्दा ठूलो सम्पत्ति बनेका छन्। 
कमर्ज एण्ड ट्रष्टका प्रमुख कार्यकारी अधिकृत अनलराज भट्टराई भन्छन्, यो मर्ज यसअघिका मर्जभन्दा फरक हुनेछ। सानो पुँजी लिएर ठूलो काम गर्न सकिन्न, मर्जपछको पुँजीले ग्लोबल आईएमइलाई ठूलो परियोजनालाई फाइनान्सिङ गर्न आधार प्रदान गर्नेछ। यसले दुई बैंकमा हुने थुप्रै लागतहरुलाई घटाउनेछ, कम खर्चमा बढी मुनाफा पाउँदा सेयरधनीले पाउने प्रतिफल समेत बढ्नेछ।  कमर्जको स्थापना भट्टराईले गरेका हुन्, एक/एक जना लगानीकर्ता उनैले जुटाएका हुन्, तर उनै भट्टराई मर्जपछि बन्ने ठूलो र फराकिलो ग्लोबलमा हुने छैनन्। म ग्लोबल आईएमईको 'एक्टिभ' रोलमा हुनेछैन्, तर म बैंकभन्दा टाढा पनि हुने छैन्, उनले भने।
 
मर्जपछिको सिनर्जी
२०६९ असार २५ गते बैंक स्थापनाको पाँचौं वर्षमा थियो, यो अवधिमा आईपिओ, लाभांसबाट बैंकले पुँजी आधार एक अर्ब ६० करोड पुर्याएको थियो। आईएमई र लर्डबुद्ध मर्ज गरेपछि बैंकको पुँजी आधार दुई अर्ब २५ करोड रुपैयाँ पुग्यो, २८ करोड रुपैयाँ जगेडा कोषमा जम्मा थियो।

{“dataSourceUrl”:”//docs.google.com/spreadsheet/tq?key=0Aolt6aPbylnjdDRHc0UzeHpmZ3F4c2JjWHFjWVhEeUE&transpose=0&headers=1&range=A1%3AI2&gid=0&pub=1″,”options”:{“vAxes”:[{“title”:null,”useFormatFromData”:true,”minValue”:null,”viewWindow”:{“min”:null,”max”:null},”logScale”:false,”maxValue”:null},{“useFormatFromData”:true,”minValue”:null,”viewWindow”:{“min”:null,”max”:null},”logScale”:false,”maxValue”:null}],”titleTextStyle”:{“bold”:true,”color”:”#000″,”fontSize”:16},”booleanRole”:”certainty”,”title”:”\u091a\u0941\u0915\u094d\u0924\u093e \u092a\u0941\u0901\u091c\u0940 (\u0930\u0941 \u0939\u091c\u093e\u0930\u092e\u093e) “,”height”:371,”animation”:{“duration”:500},”domainAxis”:{“direction”:1},”legend”:”right”,”width”:600,”hAxis”:{“title”:””,”useFormatFromData”:true,”minValue”:null,”viewWindowMode”:null,”viewWindow”:null,”maxValue”:null},”isStacked”:false,”tooltip”:{}},”state”:{},”view”:{},”isDefaultVisualization”:false,”chartType”:”ColumnChart”,”chartName”:”Chart 1″}
बैंकको निक्षेप आधार मर्जअघि १५ अर्ब थियो, मर्जपछि २७ अर्ब पुग्यो, झण्डै दोब्बर भयो। कर्जा लगानी पनि १२ अर्बबाट २० अर्ब पुग्यो। बैंकको खुद नाफा २२ करोडबाट बढेर २६ करोडमा पुग्यो। गत आर्थिक वर्षको अन्तिम दिन ग्लोबलमा सोसल र गुल्मी गाभिए। गाभिएपछि र लाभांसबाट दुई अर्ब २५ करोडको पुँजी बढेर दुई अर्ब ७८ करोड रुपैयाँ पुग्यो। निक्षेप ३४ अर्ब पुग्यो, कर्जा पनि बढेर २६ अर्ब पुग्यो। यही अवधिमा ११.७९ मा रहेको प्रतिसेयर आम्दानी बढेर १६.१५ मा पुग्यो।

Tata
GBIME
Nepal Life
बुधवार मर्जपछि निक्षेप ४९ अर्ब रुपैयाँ पुगेको छ। पुँजी बढेर चार अर्ब १० करोड पुगेको छ। यो निजी बाणिज्य बैंकमा दोस्रो ठूलो पुँजी आधार हो। सबैभन्दा ठूलो पुँजी आधार भएको नेपाल इनभेष्टमेन्ट बैंकसँग जम्मा चार करोड बढी पुँजी छ। रिजर्भसँग गणना गर्दा इनभेष्टमेन्टसँग सात अर्ब हुनेछ भने ग्लोबलसँग छ अर्बको पुँजी हुनेछ।
शाखा सञ्जालमा ग्लोबल देशको सबैभन्दा ठूलो निजी क्षेत्रको बाणिज्य बैंक बनेको छ। मर्जपछि बैंकसँग शाखा, शाखारहित बैंकिङ्ग र एक्सटेन्सन काउण्टर गरेर १२० स्थानमा उपस्थिति हुनेछ। बैंकका एटिएम सञ्जाल मात्रै ८० भन्दा बढी हुनेछ। 

५१ करोडको बैंक चार अर्बको, यस्तो छ ग्लोबल आइएमइको छलाङ 
• स्थापना हुँदा ५१ करोड पुँजी लिएर आएको बैंकको २०६५ आषाढ मसान्तमा चुक्ता पूँजी ७० करोड रुपैयाँ पुगेको थियो। त्यो बर्ष नियमानुसार सर्वसाधारणमा जारी गर्नुपर्ने ३० करोड बराबरको प्राथमिक सेयर निस्कासन गरियो। बैंकले सर्वसाधारणलाई जारी गरेको ३० करोडको सेयरका लागि ३४ गुणा वढी अर्थात १० अर्ब ४० करोड रुपैयाँ बराबरको आवेदन परेको थियो। 
• अंकित मूल्य १०० रुपैयाँ दरका प्राथमिक सेयर निस्कासनपछि २०६५ चैतबाट नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सेयर कारोबार भयो। त्यसबेला बैंकको औसत सेयर मूल्य ६०६ रुपैयाँ थियो। 
• २०६६ कार्तिक ६ गते तेश्रो वार्षिक साधारणसभाले २:१ अर्थात प्रत्येक दुई सेयर वरावर एकको अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गर्‍यो । हकप्रदपछि बैंकको चुक्ता पुँजी एक अर्ब ४७ करोड ३३ लाख रुपैयाँ पुग्यो। 
• २०६७ साल मंसिर १० गतेको चौथो वार्षिक साधारणसभाले ५ प्रतिशत नगद लाभांश दियो। 
• पाँचौ वार्षिक साधारण सभाले चुक्ता पुँजीको ६.६७ प्रतिशत बोनश सेयर र ५.३५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्‍यो। प्रस्तावित बोनस सेयर निस्कासन पश्चात बैंकको चुक्ता पूँजी  १० करोडले वृद्धि भएर एक अर्ब ६० करोड पुग्यो। 

• आइएमई फाइनान्सियल इन्ष्टिच्युशन लिमिटेड तथा लर्ड बुद्ध फाइनान्स लिमिटेडलाई बैंकले २०६९ आषाढ २५ गते आफूमा गाभ्यो। ग्लोबल बैंकको एक सय रुपैयाँ, आइएमइ फाइनान्सियलको एक सय पाँच रुपैयाँ र लर्ड बुद्ध फाइनान्सको ७० रुपैयाँको दरले गाभिएपछि नयाँ बैंकको नाम ग्लोबल आइएमइ बन्न पुग्यो। गाभिएपछि नयाँ बैंकको पुँजी दुई अर्ब १८ करोड ४८ लाख पुगेको थियो। गाभिनुअघि बैंकको सेयर मूल्य प्रति कित्ता एक सय ६५ रुपैयाँ थियो भने गाभिएपछि दुई सय ४३ रुपैयाँमा पहिलो कारोबार भयो। 
• बैंकको २०६९ पुष २९ गते बसेको छैठौं वार्षिक साधारण सभाले १० प्रतिशत नगद लाभांश र चुक्ता पुँजीको तीन प्रतिशत बोनश सेयर दिने प्रस्ताव पारित गर्‍यो। वोनस सेयर वितरणपछि बैंकको चुक्ता पूँजी दुई अर्ब २५ करोड तीन लाख ४४ हजार पुग्यो। 
• दुई संस्थासँग मर्जर सकिएको अर्को बर्ष बैंकले सोसियल डेभलपमेण्ट बैंक लिमिटेड र गुल्मी विकास बैंक लिमिटेडलाई पनि आफूमा गाभ्यो। दुई संस्थासँग मर्ज भएपछि २०७० आषाढ ३० देखि एकीकृत कारोवार सञ्चालन भएको थियो। सोसियल र गुल्मिको प्रति सेयर मूल्याङ्कन क्रमशः ४० र  ५० रुपैयाँ गरिएको थियो। मर्जरपछि चुक्तापूँजी दुई अर्ब ४१ करोड ८१ लाख ३७ हजार आठ सय रुपैयाँ पुग्यो। मर्जरअघि बैंकको सेयर मूल्य प्रति कित्ता चार सय ४७ रुपैयाँ थियो। मर्जरपछि मूल्य सामान्य मात्र बढेर चार सय ७५ रुपैयाँबाट कारोबार सुरु भयो।
• २०७० पुष १९ गतेको सातौं बार्षिक साधारण सभाले १५ प्रतिशतको बोनश सेयर दियो। वोनसपछि चुक्तापूँजी दुई अर्ब ६८ करोड आठ लाख ५८ हजार चार सय ७० पुग्यो। 
• बैंकले दुई चरणको मर्जर सकेपछि 'क' वर्गको कमर्ज एण्ट ट्रस्ट बैंक नेपालसँग मर्जरमा जाने निर्णय गर्‍यो। बैंकले कमर्जलाई प्रति सेयर ६५ रुपैयाँका दरले गाभ्ने निर्णय गर्‍यो। दुवै बैंक बुधबारबाट औपचारिक मर्ज भएका छन्। 
• मर्जर अघिको कमर्जको सेयर मूल्य दुई सय १५ रुपैयाँ थियो। बैंकले दुई प्रतिशत वोनस सेयरसमेत दिएकाले चुक्ता पुँजी दुई अर्ब चार करोड रुपैयाँ पुगेको छ। स्वाप रेसियोको कारण कमर्जको चुक्तापूँजी एक अर्ब ३२ करोड ६० लाख रुपैयाँ कायम भएर ग्लोबलमा विलय भयो। 
• मर्जर अघिको ग्लोबल आइएमइ बैंकको सेयर मूल्य प्रति कित्ता चार सय ३० रुपैयाँ थियो। मर्जरपछि ग्लोबल आइएमइको चुक्ता पूँजी चार अर्ब ६८ लाख ५८ हजार चार सय ७० रुपैयाँ पुगेको छ। 
• नेप्सेले मर्जरपछि कमपनीको कारोबार खोल्दा पहिलेकै मूल्यलाई आधार मान्छ। यही कारण पहिलो करोबार भने ४३० मा नै हुने छ। तर बजारको हालको वृद्धि हेर्दा ग्लोबल आइएमइको यो मर्जरपछि सेयर मूल्य छ सयको हाराहारीमा पुग्ने ज्याम टेक्नोलोजिजका शम्भु काफ्लेको विश्लेषण छ।