फिटराईट र बाटाको ग्राण्ड सेल मेला राष्ट्रिय सभागृहमा, मेलामा ६० प्रतिशतसम्म छुट

बिजमाण्डू
२०७० चैत्र २७ गते ००:०० | Apr 10, 2014

काठमाडौं । नयाँ वर्षको अवसरमा बाटा एवं फिटराईट कम्पनीले राष्ट्रिय सभा गृहमा ग्राण्ड सेल मेला आयोजना गरेको छ । यो ग्राण्ड सेल मेलामा बाटा, फिटराईट एवं सिग्नेचर ब्राण्डका जुत्ता तथा चप्पलहरुको खरिदमा ६० प्रतिशतसम्मको विशेष छुट दिइएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । चैत २५ गते देखि शुरु भएको यो मेला २०७१ साल वैशाख ३ गतेसम्म चल्नेछ । मेलामा महिला, पुरुष लगायत बालबालिकाहरुको लागि आवश्यक जुत्ता एवं चप्पलहरुको बिक्री भइरहेको जानकारी आयोजकले दिएको छ ।

Tata
GBIME
Nepal Life