लाभांश घोषणापछि बीमा समूहमा छलाङ, बजार बढ्ने दिशामा , नेप्से परिसूचक करिब १० अंकले बढ्यो

बिजमाण्डू
२०७० चैत्र २७ गते ००:०० | Apr 10, 2014
लाभांश घोषणापछि बीमा समूहमा छलाङ, बजार बढ्ने दिशामा , नेप्से परिसूचक करिब १० अंकले बढ्यो
काठमाडौं। केही बीमा कम्पनीहरुको उच्च लाभांश घोषणाले यो समूहको परिसूचकमा उच्च वृद्धि देखिएको छ । यो समूहको परिसूचक ५३ अंकभन्दा धेरैले बढ्यो । विहीवार मात्रै नेशनल लाइफ इन्स्योरेन्सले ७२.५ प्रतिशत लाभांशको घोषणा गरेको थियो भने सोमवार नेपाल लाइफले पनि ७० प्रतिशत बोनस र २८.५ प्रतिशत नगद लाभांश घोषणा गरेको थियो । नेपाल लाइफको भने ३३ रुपैयाँले सेयर मूल्य घट्यो ।
नेशनल लाइफको बिहीवार आठ करोड भन्दा धेरै रुपैयाँको कारोबार भएको छ ।बुधवार कम्पनीको १३ करोडको कारोबार भएको थियो । मुख्यतयाः नेशनलका लगानीकर्ताहरुले अपेक्षा गरेभन्दा कम्पनीले बढि लाभांश दिएको कारण पनि आकर्षण बढेको सेयर ब्रोकर नरेन्द्रराज सिजापतिले बताए । उनका अनुसार बजारमा कम्पनीले ४० प्रतिशत लाभांश दिने अड्कलबाजीहरु भएका थिए । तर बुधवार नै कम्पनीको लाभांश बारे पक्कापक्की खबर बजारमा आएपछि लगानी बढेको थियो ।

Tata
GBIME
Nepal Life
छ बीमा कम्पनीको सेयर मूल्य पनि पाँच प्रतिशतदेखि करिब नौं प्रतिशतसम्म बढ्यो । एसियन लाइफको सेयर मूल्य ८.९६ प्रतिशतले बढेर नौं सय रुपैयासम्म पुग्यो । कम्पनीको लाभांश बारेपनि बजारमा बिभिन्न अडकल तथा प्रचारहरु भइरहेका छन । 
विहीवार नै १५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको लुम्बिनी फाइनान्सको सेयर मूल्य पनि नौ प्रतिशतभन्दा धेरै बढ्यो । यो दिन म्यानुफ्याक्चरिङ बाहेक अन्य सबै समूहको परिसूचकमा सुधार भएको छ । युनिलिभर नेपालको तीन रुपैयाँले सेयर मूल्य घटेको छ । चिलिमे जलविद्युत् र नेपाल बैंक प्रत्येकको सेयर करोबार पनि चार करोडभन्दा बढि रकमको भएको छ । सोल्टि र तारागाँउ होटेल रिजेन्सीको सेयर मूल्य बढेपछि होटेल समूहको परिसूचकमा पनि दोहोरो अंकको वृद्धि भयो । बैंकिङ समूहको ग्राण्ड, सिद्धार्थ, माछापुच्र्छे, नेपाल इन्भेष्टमेन्ट लगायतकाको सेयर मूल्य बढेको छ । यो दिन एक सय २१ कम्पनीको सात लाख २१ हजार भन्दा बढि सेयर कारोबार भयो ।