अब नेप्से पनि सूचीकरण हुने, सर्वसाधारणमा १५ करोड रुपैयाँको सेयर, ड्यु डेलिजेन्स अडिटको तयारी

बिजमाण्डू
२०७० चैत्र २७ गते ००:०० | Apr 10, 2014
काठमाडौं। लगानीकर्ताहरुले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को सेयर पनि अरु कम्पनी जस्तै किनबेच गर्न पाउने भएका छन्। सर्वसाधारणमा सेयर जारी गरि बजारमा नेप्सेलाई पनि सूचीकरण गराउने तयारी अघि बढेको हो ।

नेप्सेका निमित्त महाप्रबन्धक शम्भु पन्तका अनुसार विश्वका अन्य विभिन्न देशमा जस्तै नेप्सेलाई डिम्युचलाइड्ज गर्ने र बजारमा कारोवार खुला गर्ने तयारी सुरु भएको हो। यसका लागि कम्पनीको सम्पत्ति दायित्व मुल्याङ्कन (ड्यु डिलिजेन्स अडिट) गरिने उनले जानकारी दिए। छिट्टै अडिटर नियुक्त गर्ने उनले बिजमाण्डूलाई बताए ।

Tata
GBIME
Nepal Life
कम्पनीको ड्यु डेलिजेन्स अडिट रिर्पोट तयार भएपछि सर्वसाधारणमा सेयर जारी गरिनेछ । हाल चुक्तापूँजी ३० करोड रहेको नेप्सेले चुक्तापूँजी पनि ५० करोड रुपैयाँ पुर्याउँने लक्ष्य लिएको छ ।  करिब १५ करोड रुपैयाँ बराबरको सेयर सर्वसाधारणको लागि जारी गरिने र बाँकी पाँच करोड रुपैयाँ ‘क’ बर्गका वाणिज्य बैंकहरुलाई खरीद गर्न दिने उदेश्य छ ।
अघिल्लो पटक  रामरशण महत अर्थमन्त्री हुँदा नै यो बिषय अगाडी बढेको थियो । तर, पछि त्यतिकै सेलायो । अहिले पनि नेप्सेले यसलाई आफ्नो वार्षिक कार्यक्रममै समोवश गरि सकेको भने छैन  । तर, कम्पनीको वास्तविक वित्तिय अवस्था पत्ता लगाउन अडिट गर्ने लक्ष भने वार्षिक कार्यक्रममा राखिएको छ। अडिट पश्चात सर्वसाधारणलाई सेयर जारी गर्ने प्रकृया अघि बढाउने बारेको छलफल भने पछिल्लो समय चलेको हो।  अहिले नेप्सेको अनुमानित सम्पत्ती डेढ अर्ब बराबरको रहेको मानिएको छ ।  
नेप्सेले प्राथमिक निष्कासन (आइपीओ) वा नया निष्कासन (फर्दर पब्लिक अफरिङ) कुन माध्यमबाट सर्वसाधारण सेयर जारी गर्ने हो टुङ्गो लगाउन बाँकी छ।  । जुनसुकै माध्यमबाट भए पनि  प्रिमियम मुल्य राख्ने कम्पनीको योजना छ। 
नेप्सेमा हाल नेपाल सरकारको ५८ दशमलव ६६ प्रतिशत, नेपाल राष्ट्र बैंकको ३४ दशमलव ६० प्रतिशत , एनआइडिसी डेभलपमेन्ट बैंकको ६ दशमलव १२ प्रतिशत र सदस्य दलालहरुको शून्यदशमलव ६२ प्रतिशत शेयर लगानी रहेको छ । सरकारी स्वामित्वमा रहँदा नियमन लगायतका समस्या आए पछि नेप्सेको निजीकरण वा नयाँ स्टक एक्सचेञ्ज ल्याउने बारे समेत लामो समय देखि विवाद हुँदै आएको छ। 
सेयर बिक्री गरि नेप्सेको निजीकरण गर्न नीतिगत रुपमा कुनै समस्या नभएको पन्तको भनाइ छ।  नेपाल सरकारको स्वामित्वमा रहेको सेयर यथास्थितीमा राखेर यो प्रक्रिया थालिने भएकोले समस्या आउँदैन, उनले भने । त्यस्तै, नेप्सेले हाल सञ्चालनमा रहेको सफ्टवेयर स्तरोन्नती वा नया सफ्टवेयर निर्माणको लागि कन्सल्टेन्सीहरुसंग इच्छा पत्र मागेकोमा कोरियाली स्टक एक्सचेञ्जले पनि  चासो देखाएको पन्तले जानकारी दिए  । कोरिया एक्सचेन्ज (केआरएक्स)ले नेप्सेलाई इच्छापत्र पठाएको हो ।