धेरै कर तिर्ने जनकपुरका करदाताले पाए सम्मान, उत्साह जगाउन सम्मान गरेको महानिर्देशकको भनाई

बिजमाण्डू
२०७० चैत्र २७ गते ००:०० | Apr 10, 2014
धेरै कर तिर्ने जनकपुरका करदाताले पाए सम्मान, उत्साह जगाउन सम्मान गरेको महानिर्देशकको भनाई


काठमाडौं । आन्तरिक राजस्व कार्यालय जनकपुर अन्तर्गत बढि आयकर तिर्ने छ जना करदाता सम्मान्नित भएका छन् । आन्तरिक राजश्व विभागका महानिर्देशक टंकमणी शर्माले उनीहरुलाई बुधबार सम्मान गरेका हुन् ।
सम्मान पाउनेमा धनुषाका तीन तथा मर्लाही, महोत्तरी र सिन्धुलीका एक÷एक जना करदाता छन् । धनुषाबाट सहयोगी विकास बैंक, गोपाल सोप इण्डष्ट्रिज र सौरभ अटो इन्टरप्राइजेजले सम्मान पाएका हुन् ।
महोत्तरीको नेपाल एग्रो सेन्टर, सर्लाहीको जय बजरंग प्याईउड इण्डष्ट्रिज र सिन्धुलीको मातृभूमी विकास बैंक सम्मान्नित भएका हुन् । कर तिर्ने वानीको विकास गर्ने उध्येश्यले असल करदाता खोजी खोजी देशभर सम्मान गर्ने कार्यक्रम रहेको विभागका महानिर्देशक शर्माले बताए ।

Tata
GBIME
Nepal Life