ग्यालेक्सी एस फाइभ विक्री सुरु, मूल्य ७६ हजार, नेपाल टेलिकमसँग डाटा बण्डलिङ, यस्ता सुविधा

बिजमाण्डू
२०७० चैत्र २८ गते ००:०० | Apr 11, 2014
ग्यालेक्सी एस फाइभ विक्री सुरु, मूल्य ७६ हजार, नेपाल टेलिकमसँग डाटा बण्डलिङ, यस्ता सुविधा


अपार प्रमोद/बिजमाण्डू
काठमाडौं । बहुप्रतिक्षित सामसङ ग्यालेक्सी एस फाईभ शनिवारबाट नेपालमा विक्रि सुरु हुने भएको छ । मार्च महिनाको अन्तिममा अप्रिल ११ मा उपलब्ध गराउने गरि प्रि-बुकिंग खुलाईएको थियो । नेपालका लागि सामसङको आधिकारिक विक्रेता आईएमएसले अघिल्लो आइतवार प्रिबुकिङ सुरु गरेको जानकारी दिएको थियो ।

सामसङ एस फाइभको नेपालमा ७६ हजार रुपैयाँ मूल्य तय गरिएको छ । कम्पनीले एस फाइभसँगै डाटा सेवाका लागि नेपाल टेलिकमसँग बण्डलिङ गर्ने भएको छ । यसअघि एनसेलको डाटा बण्डलिङमा उपलब्ध हुने सामसङले पहिलोपटक नेपाल टेलिकमलाई रोजेको हो ।
सामसङले एस फाइभको खरिदमा प्रत्येक ग्राहकलाई मासिक एक जिबीका दरले चार जिबी डाटा निशुल्क उपलब्ध गराउनेछ ।  कम्पनीले एस फाइभका लागि १५ महिने ईएमआई अप्सन ल्याएको छ । एस फाइभको पहुँच अझ धेरैसम्म पुगोस भनेर इएमआईमा १५ महिने स्किम दिन लागेको कम्पनीले जानकारी दिएको छ । मोवाइलमा १५ महिने स्किम नेपालमा पहिलोपटक ल्याइएको हो । यसअघि छ महिना र एक वर्षको इएमआई अप्सनमा मोवाइल विक्री गरिंदै आइएको थियो ।
ग्यालेक्सी एस फाईभ प्रिबुक गर्नेले ३८ सय रुपैयाँ मूल्य पर्ने एस भ्यु निशुल्क प्राप्त गर्ने छन् । त्यसैगरी २५ जना भाग्यशालीले थप पुरष्कार समेत प्राप्त गर्नेछन् । त्यसमध्ये पाँच जनालाई नेपाल टेलिकमको पाँच जिबी डाटा प्याकेज, पाँच जनालाई पाँच महिनाका लागि हेल्थ क्लवमा सदस्यता पनि दिनेछ । त्यसैगरी पाँच जनालाई म्यागजिनका लागि फोटोसुट, पाँच जनालाई सामसङ गियर फिट र पाँच जनालाई ग्यालेक्सी फाइभ सार्वजनिक गर्ने कार्यक्रममा आमन्त्रण गरिने जानकारी पनि आईएमएसले दिएको छ ।

Tata
GBIME
Nepal Life

के छ ग्यालेक्सी एस फाईभमा ?
सामसङ ग्यालेक्सी एस फाईभ ग्यालेक्सी सेरिजको सबैभन्दा पछिल्लो उत्पादन हो । पहिलो पटक फिंगरप्रिन्ट  स्क्यान सुबिधा अबलम्बन गरेको एस फाइभ अहिले स्मार्टफोन दुनियाँमा सबैभन्दा बढी हलचल मचाउन सफल ग्याजेट हो । १६ मेगा पिग्जेल , ५३१२ * २९८८ रिजोलुसन, अटो फोकस, फेस र स्माईल डिटेक्सन रेयर क्यामरा जडित छ । यसमा फ्रन्ट क्यामरा भने डुअल भिडिओ कल सपोर्ट गर्न सक्ने दुई मेगा पिग्जेलको उपलब्ध छ।
सेतो, कालो, निलो र सुनौलो रङमा उपलब्ध हुने एस फाईभमा स्मार्टफोन जगतमा धेरै चर्चा हुने मुटुको धड्कन मापन गर्नसक्ने सेन्सर जडित छ ।

खिचिएको फोटोको लोकेशन उल्लेख गर्न मिल्ने जीइयो ट्याग सुबिधा उपलब्ध छ । नेपालमा चौथो जेनेरेशन मोबाइल नेटवर्क ९फोर जी० सेवा सुरु हुने चर्चा चलिरहदा एस फाइभको नेपाली बजार प्रवेश अर्थपूर्ण छ । टुजी, थ्रीजी,  र फोरजी नेटवर्क सपोर्ट गर्ने फाइभमा माइक्रो सिम लाग्छ ।
डाटा आदान प्रदान गर्न जीपीआरस, एड्ज, वाईफाई ८०२.११, इन्फ्रारेड, हट्सपट,  माइक्रो यूएसबि ३.०,  ब्लूटुथ ४।०,  डाटा आदान प्रदान गर्ने नयाँ प्रबिधि एनएफसी आदि उपलब्ध छन् ।एक पछि अर्को नयाँ सुबिधा थपिने स्मार्टफोन जगतमा पछिल्लो पटक सोनीले सुरु गरेको धूलो र पानी नपस्ने सुबिधा पनि यसमा सामेल गरिएको छ ।
कोर्निंग गोरिल्ला ग्लास थ्री सुरक्षा सहित सुपर एमोलिड क्यापटिभ टचस्क्रिन युक्त एस फाइभमा बहुचर्चित ८०१ क्वालकम एमएसएम ८९७४ एसी स्न्याप ड्रागन चिपसेट छ । पछिल्लो मोबाइल ओएस एंन्ड्रोईड ४.४.० किटक्याट रहेको एस फाइभ एस, एस फोरभन्दा करिब १५ ग्राम बढी अर्थात् १४५ ग्राम छ । मल्टीटचसहितको ५।१ इन्चको फराकिलो स्क्रिन रहेको स्मार्टफोनमा १०८०*१९२० रिजोलुसन छ ।  क्राईट ४०० क्वाडकोर २.५ गिगाहर्ज़ सिपीयू र एड्रीनो ३३० जीपीयू उपलब्ध छ । एसीलेरोमीटर, मोबाइलको रोटेसनमा काम गर्ने गाइरो सेन्सर, नजिक अथवा टाढा पत्ता लगाउने प्रोक्सीमिटि सेन्सर, इशारा पढ्न सक्ने जेस्चर सेन्सर आदि यसमा उपलब्ध छन् ।
१६ र ३२ जीबी आन्तरिक स्टोरेज भएको एस फाइभले बाह्य १२८ जीबी सम्मको मेमोरी कार्ड सपोर्ट गर्न सक्छ । बजारमा उपलब्ध स्मार्टफोनहरु भन्दा शक्तिशाली मानिएको एस फाइभमा २ जीबि र्याम उपलब्ध छ । २८०० एमएच लिथियम आयन ब्याट्री रहेको एस फाइभले २१ घण्टा टक टाइम र ३९० घण्टा स्ट्यान्डबाई टाइम दिन सक्छ । वायरलेस चार्जिंग सुबिधा उपलब्ध भएको हुनाले प्रयोगकर्ताले मोबाइलको प्रयोग संगै बिना झन्झट चार्ज गर्न सक्छन ।
इन्टरनेट प्रयोग गर्नेका लागी एचटिएमएल ५ सपोर्ट गर्ने ब्राउजर, ड्रपबक्स को सहकार्यमा ५० जीबि क्लाउड भण्डारण, वर्ड, एक्सल, पावर प्वाँईन्ट, भ्वाइस मेमो, इमेज भिडिओ एडिटर, सम्भावित सब्दको छनोट आदि सुविधा पनि एस फाइभमा छ ।