सुमेघ ट्राभल्स ड्रागन एयरको उत्कृष्ट एजेण्ट बन्यो, उत्कृष्ट एजेण्ट र कार्गोलाई सम्मान वितरण

बिजमाण्डू
२०७० चैत्र २८ गते ००:०० | Apr 11, 2014

काठमाडौं । सुमेघ टुर्स एण्ड ट्राभल्स ड्रागन एयरको नेपालस्थित उत्कृष्ट एजेण्टका रुपमा सम्मानित भएको छ । सन् २०१३ का लागि उत्कृष्ट एजेण्टका रुपमा सुमेघका कार्यकारी निर्देशक मेघ केसीलाई सम्मान प्रदान गरियो ।
त्यसैगरी ड्रागन एयरका उत्कृष्ट एजेण्टहरु ओशा वल्र्ड ट्राभल नेपालका प्रवन्ध निर्देशक श्यामराज थपलिया, सिरिन ट्राभलका प्रवन्ध निर्देशक विष्णु बस्नेत, एस ट्राभल्स डटकमका प्रमुख कार्यकारी अधिकृत अर्जुन धरेल, मेगा बाइट ट्राभल एण्ड टुर्सका प्रवन्ध निर्देशक चित्र गुरुङ पनि सम्मानि भए ।
क्याथे प्यासिफिक तथा ड्रागन एयरको दक्षिण एशिया, मध्यपूर्व र अफ्रिाकाका महाप्रवन्धक चार्लि कक्स स्टेवार्ड तथा ड्रागन एयरको नेपालस्थित जिएसए अमरावती ट्राभल्सका अध्यक्ष सिद्धार्थ राणाले उत्कृष्ट एजेण्टहरुलाई सम्मानपत्र प्रदान गरे ।
कार्यक्रममा जया ट्राभल्स एण्ड टुर्स, नेपाल ट्राभल डे सोसाइटीलाई पनि सम्मानित गरिएको थियो । कार्यक्रममा कार्गो ढुवानीतर्फ लिजेण्ड कार्गो, साँग्रिला फ्लाइट, कुमारी एयर, राइजिङ स्टार र वल्र्ड फ्लाइटलाई पनि सम्मानपत्र प्रदान गरिएको थियो ।

Tata
GBIME
Nepal Life