निगम र प्राधिकरण बीच ग्राउण्ड ह्याण्डलिङ सम्झौता, ग्राउण्ड ह्याण्डलिङमा निगमलाई एकाधिकार

बिजमाण्डू
२०७० चैत्र २८ गते ००:०० | Apr 11, 2014
निगम र प्राधिकरण बीच ग्राउण्ड ह्याण्डलिङ सम्झौता, ग्राउण्ड ह्याण्डलिङमा निगमलाई एकाधिकार


काठमाडौं । नेपाल वायुसेवा निगम र नेपाल नागरिक उड्डयन प्राधिकरण बीच व्यापारिक ग्राउण्ड ह्याण्डलिङ सम्झौता भएको छ । शुक्रबार दुई वर्षका लागि निगमले ग्राउण्ड ह्याण्डलिङ गर्ने विषयमा संझौता भएको हो । यस अघि पनि निगमले नै ग्राउण्ड ह्याण्डलिङ गर्दै आएको थियो ।

Tata
GBIME
Nepal Life

अहिले भएको संझौता अनुसार आगामी दुई वर्ष निगमले ग्राउण्ड ह्याण्डलिङको काम गर्न पाउनेछ । यो अवधिमा ग्राउण्ड ह्याण्डलिङ्को सेवाको स्तर सम्वन्धमा आएटा सेफ्टी अडिट फर ग्राउण्ड अपरेशन प्रमाणित मान्यता प्राप्त गरेपछि थप तीन वर्ष निगमलाई यो एकाधिकार प्राप्त हुनेछ । यो व्यवस्था अनुसार सन् २०१९ सम्म निगमले त्रिभूवन विमान अन्तर्राष्ट्रिय विमान स्थलको ग्राउण्ड ह्याण्डलिङको काममा एकाधिकार पाउनेछ ।