एफएनसिसिआईः पाण्डे समूहका दुई उपाध्यक्ष चयन, एशोसिएटमा तिव्र प्रतिश्पर्धा, शेखर गोल्छा विजयी

बिजमाण्डू
२०७० चैत्र २९ गते ००:०० | Apr 12, 2014

लाइभ अपडेटका लागि हामीसँग रहनुहाेला

जिल्ला नगर उपाध्यक्षमा विजयी किशोर प्रधान, उनले तिव्र प्रतिश्पर्धामा विजयी हाँसिल गरेका छन् ।

अपडेट: १०.४३ बजे
चार सय मत गणना गर्दा शेखर गोल्छा ३६ मतले अघि, शेखरको २१८ मत, विके श्रेष्ठको १८२ मत । अझै १७६ मत गणना गर्न बाँकी । एशोसियट सदस्यको मतगणना जारी छ ।
अपडेट: १०.१९ बजे
जिल्ला नगरको उपाध्यक्षमा पाण्डे समूहका किशोर प्रधान विजयी, उनले ९३ मत पाए भने भाष्कर समूहका डिबि बस्नेतले ८९ मत पाए । दुई जना उपाध्यक्ष चयन भएकामा दुवै पाण्डे समूहबाट आएका छन् । वस्तुगतमा दिनेश श्रेष्ठ विजयी भएका थिए । उनी पनि पाण्डे समूहका हुन् भने श्रेष्ठसँग उदयराज पाण्डे प्रतिश्पर्धामा पछि परेका थिए । भाष्कर समूहको एशोसिएटमा भने राम्रो मत आएका छ ।

Tata
GBIME
Nepal Life

अपडेट: १०.१९ बजे
जिल्ला नगरमा भाष्कर र पाण्डे पक्षवीच सात सात विजयी, अञ्चल प्रतिनिधीमा भाष्करको पक्षमा एक र पाण्डेको पक्षमा १३ जना विजयी । वस्तुगतमा पाण्डेको पक्षमा ६ जना, भाष्करको पक्षमा पाँच जना, एक जना साझा उम्मेदवार विजयी भएका छन् ।

अपडेट: १०.१६ बजे
रात छिप्पिंदै जाँदा हलहरु विस्तारै खाली हुँदै गएका छन् ।
अपडेट: १०.१५ बजे
एशोसियटको उपाध्यक्षमा दुई सय मत गणना भैसकेको छ । पछिल्लो मतपरिणामअनुसार शेखर गोल्छा १०६ मत, विके श्रेष्ठ ९४ मत, तिव्र प्रतिश्पर्धा । दुई सय मतमा गोल्छा १२ मतले अघि छन् ।

अपडेट: १०.१३ बजे
एशोसियटमा १५० मतगणना सकिंदा

चन्द्र ढकाल १३३ मत, ज्ञानेन्द्रलाल प्रधान ११८ मत, अशोककुमार तोदी १११ मत, ओम राजभण्डारी ११० मत, प्रकाश गिरी १०७ मत, शाहिल अग्रवाल र ज्योत्सना श्रेष्ठ १०४ मत, पशुपति मुरारका १०३ मत, अनिल केडिया र गोपाल खनाल १०२ मत, मनिषकुमार अग्रवाल ९९ मत, रामकृष्ण प्रसाईं ९१ मत, रञ्जित आचार्य र रामचन्द्र संघाई ९० मत पाएका छन् । अशोक टेमानी ८८ मत ।

अपडेट: १०.१० बजे
सय मतमध्ये शेखर गोल्छाले ५५ मत पाए, विके श्रेष्ठको ४५ मत, मतगणना जारी छ ।
अपडेट: १०.०८ बजे
अञ्चल प्रतिनिधीमा मेचीबाट प्रकाश प्रसाईं, कोशीबाट रोहितप्रसाद प्रसाईं, सगरमाथाबाट अशोककुमार अग्रवाल, जनकपुरबाट रामकपुर साह (निर्विरोध), बागमती मनिषलाल प्रधान, नारायणी धर्मनाथप्रसाद जैसवाल (निर्विरोध),गण्डकी दीपक लम्साल (निर्विरोध),लुम्बनी कृष्णप्रसाद श्रेष्ठ, धवलागिरी निर्माणकुमार श्रेष्ठ (निर्विरोध), राप्ती हरिहर बुढाथोकी, भेरी भवानी राणा (निर्विरोध), कर्णाली नरविर रावत, सेती गोपाल हमाल (निर्विरोध), महाकाली मंगलसिंह ठगुन्ना (निर्विरोध) भएका छन् । योसँगै जिल्ला नगर र अञ्चलको सदस्यको मतगणना सकिएको छ । उपाध्यक्षको मतगणना जारी छ ।


वस्तुगतमा विजयी भएपछि साैरभ ज्याेती
अपडेट: ९.५६ बजे

एशोसियटमा अहिलेसम्म १५० मत गण्ना भैसकेको छ ।

अपडेट: ९.५४ बजे
भेरीमा पनि भवानी राणा निर्विरोध भएकी छन् । राणा पाण्डे समूहबाट वरिष्ठ उपाध्यक्षकी उम्मेदवार हुन् । वरिष्ठ उपाध्यक्ष भने निर्वाचित सदस्यबाट छानिन्छ । उनले भरीका छमध्ये पाँच उद्योग वाणिज्य संघबाट समर्थन पाएकी थिइन् ।
अपडेट: ९.५१ बजे

अब अञ्चलको पनि परीणाम आउन थालेको छ । मेचीमा दमक उद्योग वाणिज्य संघका प्रकाश प्रसाईं सात मत लिएर विजयी भएका छन् ।
अपडेट: ९.५० बजे
जिल्लाका १४ जना छानिए

जिल्ला नगर तर्फका सदस्यमा म्याग्दी उद्योग वाणिज्य संघका प्रमोद श्रेष्ठ, उद्योग वाणिज्य संघ नवलपरासीका गुणनीधि तिवारी, मेची उद्योग वाणिज्य संघका केशवराज पाण्डे विजयी भएका छन् । त्यसैगरी धुलिखेल उद्योग वाणिज्य संघका दिलसुन्दर श्रेष्ठ, बुटवल उद्योग वाणिज्य संघका शंकर श्रेष्ठ, इलाम उद्योग वाणिज्य संघका नरेन्द्रकुमार खड्का विजयी भएका छन् । त्यसैगरी सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका राजेन्द्रकुमार श्रेष्ठ, भक्तपुर उद्योग वाणिज्य संघका युवक राजभण्डारी, सिद्धार्थ नगर उद्योग वाणिज्य संघका महेन्द्रकुमार श्रेष्ठ, कृष्ण नगर उद्योग वाणिज्य संघका ओमप्रकाश बंशल, सुर्खेत उद्योग वाणिज्य संघका निरक केसी, वालिंग उद्योग वाणिज्य संघका चोपनारायण श्रेष्ठ, वीरगञ्ज उद्योग वाणिज्य संघका विजयकुमार सरावगी र डडेलधुरा उद्योग वाणिज्य संघका प्रकाशबहादुर साउद विजयी भएका छन् ।

एफएनसिसिआई: अन्तिम मतपरिणाम मध्यरात सम्म अाइपुग्ने अनुमान गरिएकाे छ ।
<