आठ सय माथिबाट २०७० लाई नेप्सेकाे फेयरवेल, सूचक चढ्याे, सिटिजन्सकाे १३ कराेडकाे काराेवार

बिजमाण्डू
२०७० चैत्र ३० गते ००:०० | Apr 13, 2014
आठ सय माथिबाट २०७० लाई नेप्सेकाे फेयरवेल, सूचक चढ्याे, सिटिजन्सकाे १३ कराेडकाे काराेवार
काठमाडौं । नेप्सेले हिन्दू क्यालेन्डरको अन्तिम दिनलाई वृद्धिसहित विदाई गरेको छ । २०७० को अन्तिम दिन आइतवार नेप्से ६.२९ अंकले बढ्यो । सूचक पनि आठ सय माथिको मजबुत स्थितमा रह्यो । आइतवार बजार बन्द हुँदा सूचक आठ सय १७ अंकमा आएर बन्द भयो ।
आइतवार  होटेल र वित्त कम्पनी बाहेक सबै समूहको परिसूचक बढेको छ । कुल ४४ करोड रुपैयाँको कारोबार भयो ।  आइतवार कारोबार रकम बढे पनि केहीको बाहेक अन्य कारोबारमा कमि आएको देखिन्छ । यो दिन सिटिजन्स बैंक इन्टरनेशनको मात्रै १३ करोड २१ लाख रुपैयाँको सेयर करोबार भएको छ । पटक पटक गरेर ठुलो करोबार भएको बैंकको एक पटकमा सबैभन्दा धेरै ८१ लाख रुपैयाँको कारोबार भएको छ ।
बैंकको धेरै पटक १० हजार बढि कित्ता सेयर किनबेच भएको छ । संस्थापकबाट सर्वसाधारणमा परिवर्तन गरिएका सेयरका कारण कारोबार बढेकाे बजारका विज्ञले बताएका छन् । यी सबै करोबारमा सेयर मूल्य चार सय पाँच रहेको छ । बैंकको अन्तिम कारोबार भने चार सय ३४ रुपैयाँमा भएको छ । 
बीमा कम्पनीहरुको सेयर कारोबारमा आकर्षण कायमै छ । प्राइम लाइफ इन्स्योरेन्स, नेपाल लाइफ, नेशनल लाइफ, सूर्या लाइफ इन्स्योरेन्सको एक करोडदेखि तीन करोड रुपैयाँसम्म कारोबार भएको छ । 
किष्ट र प्रभु बिकास बैंकसंग मर्जर प्रक्रियामा जान लागेको गौरीशंकर डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यही मर्जर प्रक्रियामा रहेको जेनिथ फाइनान्सको भने सेयर मूल्य दुई रुपैयाँ घट्यो । 
आइतवार सनराइज बैंकको ९.७३ प्रतिशतले सेयर मूल्य घटेर चार सय आठमा काराेवार भएको छ । ११ प्रतिशत बोनस सेयर दिन लागेको बैंकको चैत २७ गते बुक क्लोज भएको थियाे । बैंकले बोनस सेयर दिएपछि हुने चुक्तापूँजीको १० बराबर एक कित्ताको दरले हकप्रद दि‌दै छ । बैंकमा चैत २७ पछि लगानी गर्नले पनि हकप्रद सेयर भने पाउने छन् । हकप्रद सेयर निष्कासनका लागि भने बुक क्लोजको मिती घोषणा हुन बाँकी छ । 
आइतवार बैकिङ समूह ४.२८ अंक, जलविद्युत् समूह ३१.७७ अंक, बीमा समूह ४६.१७ , बिकास बैंक समूह २.७ र ‘अन्य’ समूह ११.७४ अंकले बढेको छ । नेप्सेमा आइतवार कुल एक सय २६ कम्पनीको १३ लाख ३६ हजार कित्ता सेयर किनबेच भयो । बजार बन्द हुँदा कुल बजार पूँजीकरण आठ खर्ब ३३ अर्ब रुपैयाँ पुगेको छ ।
प्रोफेशनल दियालो बिकास बैंककाे नगद लाभा‌स
यसैवीच प्रोफेशनल दियालो बिकास बैंकको सञ्चालक समितिले ५.५० प्रतिशत नगद लाभांश घोषणा गरेको छ । बैंकको यो प्रस्ताव राष्ट्र बैंक र बैंकको आफ्नो साधारण सभाले पारित गर्न बाँकी छ । 
 

Tata
GBIME
Nepal Life