चितुवाको डिजाइनमा महिन्द्राको नयाँ एसयुभि, शक्तिशाली डब्लु फोरको मूल्य साढे ४७ लाख रुपैयाँ

बिजमाण्डू
२०७१ बैशाख २ गते ००:०० | Apr 15, 2014
चितुवाको डिजाइनमा महिन्द्राको नयाँ एसयुभि, शक्तिशाली डब्लु फोरको मूल्य साढे ४७ लाख रुपैयाँ

काठमाडौं । महिन्द्रा गाडीको आधिकारिक विक्रेता अग्नि इन्कर्पोरेटेडपले महिन्द्रा एसयुभि ५०० को नयाँ मोडल डब्लु फोर नेपाली बजारमा ल्याएको छ । स्टाइल, प्रवधि र आराम हरेक खाले सुविधा युक्त डब्लु फोर भारतीय बजारमा निक्कै लोकप्रिय रहेको कम्पनीको दावी छ ।
एसयुभि ५०० को डब्लु फोर २.२ लिटरको एमहक इन्जिनमा उपलब्ध छ । यसले ३३० एनएमको टर्क प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ । यसका साथै डब्लु फोरमा चितुवाको जस्तो स्टाइल, आकर्षक हेड ल्याम्प र छ तरिकाले एडजस्ट गर्न मिल्ने चालक सिट जस्ता थुप्रै सुविधाहरु रहेको दावी कम्पनीले गरेको छ ।
गाडिका सबै पाँग्रामा डिस्क ब्रेक लगाइएको छ भने हाइक्रो हाइब्रिड प्रविधि प्रयो गरिएको छ । त्यसैगरी डब्लु फोरमा छ स्पिड भएको गियर बक्स लगाइएको जानकार पनि कम्पनीले दिएको छ ।
अग्नी इन्कर्पोरेटेडले यो गाडी नेपाली बजारमा साढे ४७ लाख रुपैयाँ मूल्य तय गरिएको छ ।  डब्लु फोरले नेपाली बजारमा एसयुभिको एक छुट्टै पहिचान बनाउने र लोकप्रियता कायम राख्ने विश्वास समेत लिएको छ ।

 

Tata
GBIME
Nepal Life