एस फाइभ प्रिबुक गर्ने २५ जना भाग्यशाली छानिए, डाटादेखि गियर फिटसम्मको सुविधा पाउने

बिजमाण्डू
२०७१ बैशाख २ गते ००:०० | Apr 15, 2014
एस फाइभ प्रिबुक गर्ने २५ जना भाग्यशाली छानिए, डाटादेखि गियर फिटसम्मको सुविधा पाउने


काठमाडौं । सामसङ्गको नेपालस्थित आधिकारिक विक्रेता इन्टरनेशनल मार्केटिङ्ग सर्भिसेज (आईएमएस)ले ग्यालेक्सी एस फाइभ प्रिबुक गर्दा पुरस्कृत हुने विजेताको सूची सार्वजनिक गरेको छ । सामसङअनुसार प्रिबुक गर्नेमध्ये नेपाल टेलिकमसंगको डाटा/भ्वाइस/एसएमएस विजयीमा  अर्जुन श्रेष्ठ (एनएचएम, खिचापोखरी) रवि भट्टराई, नारायण आर आचार्य (नेक्सस मोबाइल होम, चाबहिल) र दिपक लामा (बालाजी इम्पेक्स, काठमाडौँ) छन् ।

त्यसैगरी कृपा कार्की (बालाजी इम्पेक्स, काठमाडौँ), अरुण शरावगी (बिपी ट्रेडर्स, काठमाडौँ) रीमिता मास्के (ग्रान्ड इलेक्ट्रोनिक प्रालि, बनेपा), दिपेस अग्रवाल (फोर स्टार इन्टरनेसनल, काठमाडौँ)ले पाँच महिनाका लागि हेल्थ क्लबको सदस्यता पाएका छन् ।
त्यसैगरी सिता घले (एटुजेट मोबाइल्स, चितवन), जीवन श्रेष्ठ (बालाजी इम्पेक्स, काठमाडौँ), टेक प्रसाद चौलागाई (एनएमएच, दरबारमार्ग), प्रमोद राई (बालाजी इम्पेक्स, काठमाडौँ)ले फोटोसुट र म्यागजिन कभरेज पाउनेछन् ।
अरुण तामाङ (एनएचएम, न्यूरोड), संजिव मल्ल (एनएमएच, कमलादी), अमृत पौडेल (एनएमएच, खिचापोखरी), पुरन श्रेष्ठ (ग्रान्ड इलेक्ट्रोनिक प्रालि, बनेपा), उमादेवी कार्की (बालाजी इम्पेक्स, काठमाडौँ)ले गीयर फिट पाउने छन् ।
आशिस काजी महतो (एटुजेट मोबाइल्स, चितवन), सरद कर्माचार्य (गूड्स सप्प्लायर्स, हेटौडा) मंजु रजक (वर्ल्ड भिजन, पोखरा), एनआईसी एसिया बैंक (सामसङ मोबाइल प्लाजा), रोजिना मुस्याजु (ग्रान्ड इलेक्ट्रोनिक प्रालि, बनेपा)ले ग्यालेक्सी एस फाइभ सार्बजनिक कार्यक्रमको भीआईपी निमन्त्रणा पाएका थिए ।

Tata
GBIME
Nepal Life