कोकाकोलाको अण्डर द क्याप स्किम, चार जना भाग्यशालीलाई फुटवल विश्वकपको टिकट दिंदै

बिजमाण्डू
२०७१ बैशाख २ गते ००:०० | Apr 15, 2014
कोकाकोलाको अण्डर द क्याप स्किम, चार जना भाग्यशालीलाई फुटवल विश्वकपको टिकट दिंदै



काठमाडौं । फुटबलको जोशलाई अझै बढाउँदै कोका–कोला नेपालले ‘फिफा वल्र्डकप चान्स टु फल्ई टु ब्राजिल’ योजनाको शुरुवात गरेको छ । कोकाकोलाले फिफा वल्र्ड कप २०१४का लागि ‘अन्डर द क्याप’(युटिसी) योजनााको सुरु गरेको हो ।
यस योजना मार्फत चार भाग्यशाली विजेताले आउँदो वल्र्डकप ब्राजिलमा लाइभ हेर्न फ्रि ट्रिपको टिकट जित्ने मौका पाउने कम्पनीले मंगलवार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । अप्रिल १० देखि मे २५ सम्म लागू हुनेछ । यो योजना मार्फत ग्राहकले कोका–कोलामा हरेक हप्ता लक्कि ड्र मार्फत २५ सय कोका–कोला पुरस्कार पनि पाउनेछन् । यसका साथै योजना अवधिभरमा ग्राहकले २५० मिलिको कोका–कोला बोतल मार्फत छ लाख वटा फ्रि ड्रिङक पाउने कम्पनीले जानकारी दिएको छ ।
कोका–कोला यु.टि.सी. क्याम्पेनका विजेता लक्की ड्र मार्फत छानिने र यसमा १८ वर्ष माथिका मोबाइल फोन हुने सबै नेपालीले भाग लिन पाउने पनि कम्पनीले जानकारी दिएको छ । यो अफर कोका–कोलाको २५० मिलि, ३०० मिलि, ५०० मिलि र १.५ लिटर बोतलमा मात्र उपलब्ध भएको जानकारी कम्पनीले दिएको छ ।
बोटलर्स नेपाल, कोका–कोला सबकोका प्रबन्ध निर्देशक सलमान राँले नेपालका फुटबल फ्यानका लागि फिफाले दिएको सम्मानका आधारमा यो योजना ल्याइएको बताए । यो योजनाबाट हामीले हाम्रो फुटबलको जोश प्रतिको प्रतिबद्धतालाई अधि बढाएका छौँ, उनले भने

Tata
GBIME
Nepal Life