एफएनसिसिआई अध्यक्षलाई सिटिजन्स बैंकले गर्‍यो सम्मान, बैंकको भविश्य राम्रो छ– पाण्डे

बिजमाण्डू
२०७१ बैशाख ३ गते ००:०० | Apr 16, 2014
काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनलले सञ्चालक समितिका अध्यक्ष प्रदीपजंग पाण्डे नेपाल उद्योग वाणिज्य महासंघको अध्यमा निर्वाचित भएको अवशरमा सम्मान गरेको छ। सम्मान कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले कार्यकाल सफलताको शुभकामना दिएका छन्। बैंकका सञ्चालक समितिका सदस्य मनोहरदास मूलले अर्थ व्यवस्थालाई बलियो बनाउन पाण्डेको उल्लेखनीय योगदान हुने विश्वास व्यक्त गरे। अध्यक्ष पाण्डेले सबैको सहयोगमा आफू नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा निर्वाचित भएको बताए। 
सिटिजन्स बैंक आरम्भदेखि नै राम्रो  ढंगले चलेको, बैंकको भविष्य राम्रो रहेको तथा प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले बैंकलाई राम्रो ढंगले संचालन गरेको पाण्डेले बताए। उनले बैंकमा आवद्ध भएका डा. शंकरप्रसाद शर्मा र कुलचन्द्र गौतमजस्ता अग्रज व्यक्तित्वहरुलाई विगतमा अध्यक्षको रुपमा पाउनु गर्र्वको विषय भएको भन्दै आफूले नजिकबाट बैंकको गतिविधि नियालेकोले बैंकको भविष्य सुन्दर रहेको जानकारी दिए। 
 

Tata
GBIME
Nepal Life