नर्भिक अस्पतालको लुक्लामा निशुल्क स्वास्थ्य शिविर, दुई सय जनाको स्वास्थ्य परीक्षण, विहिवार पनि

बिजमाण्डू
२०७१ बैशाख ३ गते ००:०० | Apr 16, 2014
नर्भिक अस्पतालको लुक्लामा निशुल्क स्वास्थ्य शिविर, दुई सय जनाको स्वास्थ्य परीक्षण, विहिवार पनि
काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले आफ्नो २० औं वार्षिकोत्सवका अवसरमा २९ सय मिटरको उचाईमा रहेको सोलुखुम्बू जिल्लाको लुक्लामा विशिष्टस्तरको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । अस्पतालले पासाङ्ग ल्हामु निकोल निकिल हस्पिटलसँग सहकार्य गर्दै सेवा सञ्चालन गरेको हो । 
उच्च पहाडी तथा हिमाली भेगमा यसरी वृहत् निःशुल्क स्वास्थ्य शिविर गरिएको प्रथम पटक भएको अस्पतालले दावी गरेको छ । शिविर सञ्चालनार्थ नर्भिकका चिकित्सकको टोलीलाई नेतृत्व गर्दै डा. रबिरतन कासलीवाल लुक्ला पुगेका थिए ।
डा. कासलीवालका साथमा नर्भिकका वरिष्ठ मुटुरोग विशेषज्ञ तथा मुटुरोग विभाग प्रमुख डा. भारत रावत, वरिष्ठ शल्यचिकित्सक तथा चिकित्सा सेवा विभागका निर्देशक प्रा. डा. आर. के. सिंह लगायतका चिकित्सक थिए । टोलीमा डा. भी. खरे र रबि शर्मा पनि सहभागी भएका थिए । बुधवारबाट सुरु हुने शिविर दुई दिनसम्म सुचारु रहने छ  । शिविरमा मुटुरोग, उच्चरक्तचाप, मधुमेह, पेटरोग र दन्तरोगका बिरामी जाँचिने अस्पतालले जानकारी दिएको छ । 
बुधवार दिउँसोसम्म १७१ जनाले स्वास्थ्य परीक्षण गरेका थिए । बिहिबार थप २५० जना बिरामीले नाम दर्ता गराइसकेको अस्प्तालले जानकारी दिएको छ । शिविरमा विशेष गरी शेर्पा समुदायका महिला आएका थिए ।
 

Tata
GBIME
Nepal Life