नारायणगढमा खुल्यो सुविधासम्पन्न सिम्याक्स सिनेमा, राजधानी बाहिर पपकर्न र कफिसहितको पहिलो

बिजमाण्डू
२०७१ बैशाख ३ गते ००:०० | Apr 16, 2014
नारायणगढमा खुल्यो सुविधासम्पन्न सिम्याक्स सिनेमा, राजधानी बाहिर पपकर्न र कफिसहितको पहिलो
काठमाडौं । मनोरञ्जनका लागि सुविधासम्पन्न सिनेमा हलको निर्माणले अहिले तिव्रता पाएको छ । काठमाडौंमा झण्डै दर्जन सुविधासम्पन्न हल खुलेपछि बुधवारबाट नारायणगढमा पनि सुविधासम्पन्न हल खुलेको छ । 
नारायणगढमा खुलेको सिम्याक्स सिनेमा हल अत्याधुनिक प्रविधि र सुविधा सम्पन्न पहिलो चलचित्र हल भएको दावी कम्पनीले गरेको छ । हलको अभिनेता शिव श्रेष्ठ, तथा नायिका निशा अधिकारी, चलचित्र निर्माता तथा निर्देशक अशोक शर्माले बुधवार उद्घाटन गरे । उद्घाटनपछि आमन्त्रित अतिथिलाई चलचित्र प्रदर्शन गरिएको थियो । सर्वसाधारणका लागि यो हल छिट्टै खुल्ने कम्पनीले जानकारी दिएको छ । 
स्थानीय केएल मलको छैठौं तल्लामा रहेका सिम्याक्स सिनेमामा १६० भन्दा बढी आरामदायी फराकिला सीट, पूर्ण एयर कण्डिशन, हिमालयन जाभाको कफी र मोर्डन फुल सर्भिस पूmड काउन्टर रहेको कम्पनीले जानकारी दिएको छ । 
डिजिटल प्रोजेक्टर र डल्वी साउण्ड सिस्टमको माध्यमबाट नयाँ सिनेमा प्रदर्शन गर्ने उद्देश्यले हल खोलिएको कम्पनीले जानकारी दिएको छ । फोनबाट अग्रिम टिकट बुकिङ्गको व्यवस्था  लगायतका सुविधा पनि हलमा छ । 
अन्तर्राष्ट्रियस्तरको सुविधाहरु भईकन पनि 'सिम्याक्स सिनेमा' मा सुपथ एवं न्यूनतम मूल्यमा टिकट किन्न पाइने र दर्शकले सुविधा सम्पन्न हलको फराकिलो सीटमा बसेर नयाँ प्रविधिबाट देखाइने चलचित्र हेर्न पाइने दावी कम्पनीले गरेको छ । आफ्नो लागनीको राम्रो प्रतिफल खोज्ने दर्शक र समय सुहाउँदो आधुनिक हल रुचाउने युवा पुस्ताका लागि आकर्षणको केन्द्र बन्ने अपेक्षा पनि कम्पनीले गरेको छ ।
 

Tata
GBIME
Nepal Life