राष्ट्रिय बाणिज्यः एक खर्ब निक्षेप, अब ‘ट्रेण्डसेटर’

बिजमाण्डू
२०७१ बैशाख ५ गते ००:०० | Apr 18, 2014
राष्ट्रिय बाणिज्यः एक खर्ब निक्षेप, अब ‘ट्रेण्डसेटर’
सम्भावना र सफलता श्रृखला  ४
मिडियाको काम असफलता मात्रै खोतल्नु होइन्, सम्भावना पनि देखाउनु हो । नेपाली क्यालेन्डरको यो नयाँ वर्षमा हामीले साता भर नयाँ सम्भावना र सफलतालाई अझ बढी खोतल्ने प्रयास गर्दै छौं । सम्भावना र सफलता खोज्ने बिजमाण्डूको चाैथाे श्रृखलामा हामीले उत्खनन् गरेका छाै‌ अाखिर कसरी राष्ट्रिय बाणिज्य बैंकको युटर्न ।

Tata
GBIME
Nepal Life


ओमबहादुर थापा/बिजमाण्डू
काठमाडौं । कुनै सयम नेपाली बैंकिङ्ग उद्योगमा संयुक्त लगानीका विदेशी बैंकहरुले ‘ट्रेण्ड सेट’ गर्थे, जतिबेला स्ट्याण्डर्ड चार्टड, एभरेष्ट, हिमालयन बैंकले ‘ट्रेण्ड सेट’ गर्थे, त्यतिवेला सरकारी लगानीका बैंकहरु मृत्युसैय्यामा थिए । अहिले संयुक्त लगानीबाट नेपालीमा ‘कन्भर्ट’ भएका नबिल र नेपाल इन्भेष्टमेन्टले बैंकिङ्ग क्षेत्रमा ‘ट्रेण्डसेट’ गरिरहेका छन् । 
तर आज दिन यस्तो आएको छ, मृत्युसैय्यामा पुगेका सरकारी बाणिज्य बैंकहरु बैंकिङ उद्योगमा ‘ट्रेण्ड सेट’ गर्ने अवस्थामा पुगेका छन् । तीन सरकारी बैंकमध्ये पनि पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंक वित्तीय क्षेत्र सुधार कार्यक्रमको सञ्जिवनी खाएपछि ‘बलवान’ बनेर उदय भएको छ ।

सुधार कार्यक्रमले सहि ट्रयाक देखाए पनि त्यसपछि कर्मचारीको अहोरात्र प्रतिबद्धताले बैंकलाई नयाँ उचाइमा पुर्याएको हाे, ‘बाणिज्य बैंकका कर्मचारी भनेपछि समाजमा पनि बिग्रेका संस्थाका प्रतिनिधीको रुपमा हेरिन्थ्यो, त्यसले यहाँका सबै कर्मचारीलाई प्रतिबद्ध बनायो, डुबेको कर्जा उठाउन सकृय भए, नयाँ कर्जामा
  बैंकिङ एप्राइजलमा अवलम्बन गरियो ।’
कृष्णप्रसाद शर्मा,
प्रमुख कार्यकारी अधिकृत
राष्ट्रिय बाणिज्य बैंक

६० को दशकमा राष्ट्रिय बाणिज्य बैंकसँग चुलिएको खराब कर्जा, लथालिङ्ग व्यवस्थापन, सर्वसाधरणको धर्मराएको विश्वास थियो, एक दशकपछि त्यही बाणिज्य बैंकसँग एक खर्ब रुपैयाँको निक्षेप पुगेको छ, अर्थात धर्मराएको सर्वसाधरणको विश्वास फर्किएको छ । लथालिङ्ग व्यवस्थापनमा युटर्न त आएको छैन्, तर अब व्यवस्थापन हुने स्तरमा छ । २०५९ मा बैंकसँग सय रुपैयाको कर्जामा ६० रुपैयाँ खराब कर्जा थियो, तर आज सय रुपैयाँमा साढे चार रुपैयाँ मात्रै खराब कर्जा छ । सबैभन्दा ठूलो बाणिज्य बैंकले अब सर्वसाधरणलाई दिने व्याज र कर्जा लगानी गरेपछि लिने व्याजका लागि ‘ट्रेण्ड सेट’ गर्न थालेको छ । 
लक्ष्मी बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत सुमन जोशी भन्छन्, राष्ट्रिय बाणिज्य बैंकसँग एक खर्ब रुपैयाँको निक्षेपको अर्थ हो, उसले अब बजारलाई ‘लिड’ गर्न सक्छ । अहिलेको अवस्थामा राष्ट्रिय बाणिज्य बैंकको व्यवस्थापन परम्परागत निक्षेप र कर्जा प्रणालीबाट बाहिर जानसक्छ, रेगुलेटरसँग परामर्श गरेर बैंकिङ्ग क्षेत्रकै लागि नयाँ स्पेश पनि बनाउन सक्छ, जोशीले भने ।
बैंकर परशुराम कुँवर क्षेत्री भन्छन्, राष्ट्रिय बाणिज्य बैंकसँग एक खर्ब रुपैयाँ निक्षेपको अर्थ हो, अब बैंकसँग काम गर्ने क्षमता विस्तार भएको छ । उनी पनि भन्छन्, अब राष्ट्रिय बाणिज्यले बैंकिङ्ग उद्योगलाई ‘लिड’ गर्न सक्छ ।  बैंकिङ्ग उद्योगमै राष्ट्रिय बाणिज्य बैंकको निक्षेप व्याजदर सस्तो छ । अहिले स्ट्याण्डर्ड चार्टड बैंकले निक्षेपमा सबैभन्दा कम व्याज दिन्छ, त्यसपछि कम व्याज दिनेमा पर्छ राष्ट्रिय बाणिज्य बैंक । कम ब्याज दिंदा पनि ठूलो मात्रामा निक्षेप संकलन भएको मात्रै छैन्, दु्रतगतिमा पनि भैरहेको छ, कुँवर भन्छन्, यो बैंकमा हुनुपर्ने एउटा ठूलो क्षमता हो ।

राष्ट्रिय बाणिज्य बैंकसँग एक खर्ब रुपैयाँको निक्षेपको अर्थ हो, उसले अब बजारलाई ‘लिड’ गर्न सक्छ । अहिलेको अवस्थामा राष्ट्रिय बाणिज्य बैंकको व्यवस्थापन परम्परागत निक्षेप र कर्जा प्रणालीबाट बाहिर जानसक्छ, रेगुलेटरसँग परामर्श गरेर बैंकिङ्ग क्षेत्रकै लागि नयाँ स्पेश पनि बनाउन सक्छ
सुमन जोशी
पूर्व प्रमुख कार्यकारी अधिकृत
लक्ष्मी बैंक 

जोशी भन्छन्, ठूलो निक्षेपलाई आधार लिएर व्यवस्थापकीय क्षमता देखाउने हो भने, बैंकले तुरुन्तै बजारमा दश अर्ब रुपैयाँ पठाउन सक्छ, बैंकले त्यसलाई दिर्घकालीन लगानी पनि गर्न सक्छ । यसको अर्थ हो, बैंकसँग पूर्वाधार क्षेत्रमा लगानी गर्ने एउटा आधार तयार भएको छ ।

राष्ट्रिय बाणिज्य बैंकको सबैभन्दा ठूलो ‘व्युटी’ यसको सञ्जाल हो । बैंकको अहिले ६५ जिल्लामा सञ्जाल छ, २५३ स्थानमा बैंकको उपस्थिति छ । बैंकका १४८ वटा शाखा छन्, १६ वटा एक्सटेन्सन काउण्टर, नौ वटा ब्रान्चलेस बैंकिङ्ग र ८० वटा एटिएम सञ्जाल छ । 
कुँवर भन्छन्, देशका धेरै ठाउँमा नेपाल राष्ट्र बैंकको उपस्थिति छैन्, ती स्थानमा राष्ट्रि बाणिज्य बैंकले नेपाल राष्ट्र बैंकको काम गरिरहेको छ । त्यही कारण बैंकसँग चल्ति खातामा ठूलो निक्षेप छ, व्याज दिनुनपर्ने यो निक्षेपका कारण बैंकको पुँजी लागत कम छ । उनी भन्छन्, यसले बैंकको स्प्रेड दर माथि जान्छ, केन्द्रिय बैंकले तोकेको स्प्रेड दरमा बस्नुपर्यो भने बैंकका लागि एउटा चुनौती हुन सक्छ ।
बैंकसँग १२ लाख निक्षेपकर्ता छन्, चार लाख ऋणी छन् । यो बैंकिङ्ग क्षेत्रमा सबैभन्दा ठूलो हो । त्यही कारण इन्भेष्टमेन्ट बैंकसँग ७० अर्ब रुपैयाँ निक्षेप हुँदा बाणिज्य बैंकसँग एक खर्ब पुगेको छ । अहिले बाणिज्य बैंकमा नबिलसँग ६९ अर्ब, कृषि विकास बैंकसँग ६५ अर्बm नेपाल बैंकसँग६४ अअर्ब हिमालयन बैंकसँग ६० अर्ब, नेपाल एसबीआई बैंकसँग ५६ अर्ब र ग्लोबल आईएमई बैंकसँग ५० अर्ब रुपैयाँ निक्षेप छ । स्ट्याण्डर्ड चार्टड बैंकसँग ४० अर्ब निक्षेप छ । 
यसरि फेरियो बाटो 
पुर्ण सरकारी स्वामित्वको राष्ट्रिय बाणिज्य बैंक प्रति एक दशक अघि सम्म सरकार स्वयंलाई भरोसा थिएन । २०५९ मा वित्तिय क्षेत्र सुधार कार्यक्रम लागू गर्दा बाणिज्य बैंकको खराव कर्जा केहि घटाएर निजी क्षेत्रलाई जिम्मा लगाउने भित्री तयारी अर्थमन्त्रालयको थियो । तर, अहिले त्यहि बाणिज्य बैंक सरकारको ‘हटप्रोपर्टी’ बनेको छ । 
कम्पनी ऐन र बैंक तथा वित्तिय संस्था सम्बन्धि ऐनको प्रावधान अनुसार अनिवार्य सर्वसाधारण सेयर जारी गर्नु पर्ने भए पनि कसरि त्यसलाई छल्न सकिन्छ भनेर मन्त्रालयका अधिकारीहरु छलफलमा छन् । सरकारको मात्र लगानी भएको एउटा बैंक चाहिने र त्यो बाणिज्य बैंक नै हुन सक्ने ठहर उनीहरुले गरि सकेका छन् । 
आखिर राष्ट्रिय बाणिज्य बैंकले पछिल्लो एक दशकमा के गर्यो ? जसकारण एक पटक माया मारि सकेको संस्थालाई फेरि कुनै हालतमा नउम्काउन सरकार अनेक उपाय सोच्दैछ । बाणिज्य बैंकले पछिल्लो एक दशकमा पुष्टि गरेका छ कि अव नेपालको वित्तिय क्षेत्रको लिडर उहि हो, जसले गत बर्ष नै नेपाली कम्पनीमा एक खर्ब रुपैयाँ माथिको पहिलो वासलात बनायो र अहिले निक्षेप एक खर्ब रुपैयाँ पुर्याएको छ ।
वित्तिय क्षेत्र सुधार कार्यक्रमले सहि ट्रयाक देखाए पनि त्यस पछि कर्मचारीको अहोरात्र प्रतिबद्धताले बैंकलाई नयाँ उचाइमा पुर्याएको प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद शर्माको भनाइ छ । ‘बाणिज्य बैंकका कर्मचारी भनेपछि समाजमा पनि बिग्रेका संस्थाका प्रतिनिधीको रुपमा हेरिन्थ्यो’ उनी भन्छन् ‘त्यसले यहाँका सबै कर्मचारीलाई प्रतिबद्ध बनायो, डुबेको कर्जा उठाउन आ–आफ्नो ठाउँबाट सबै सकृय भए, नयाँ कर्जा दिँदा पुरा बैंकिङ एप्राइजलमा अवलम्बन गरियो ।’ कर्मचारीको प्रतिबद्धताका कारण बैंकका एक पछि अर्को सुचकांक राम्रो हुन थाले पछि सरकारले पनि विश्वास गरेर पुँजी लगानी गरेको उनी बताउँछन् । 
राष्ट्रिय बाणिज्य बैंकसँग भएको निक्षेप कुल वित्तिय प्रणालीको आठ प्रतिशत भन्दा बढि हो । र, यो कुनै ठुला संस्थागत डिपोजिटरबाट भेला भएको पनि होइन । सबै साना वचतकर्ताले विश्वासका आधारमा ल्याएर जम्मा गरेको रकम हो । त्यसैले त बैंकका २७ वटा शाखामा एक अर्ब भन्दा बढि निक्षेप संकलन भएको छ । सबै भन्दा धेरै विशालबजार शाखासँग आठ अर्ब ६५ करोड रुपैयाँ छ । थापाथलीमा पाँच अर्ब ७५ करोड, नयाँ वानेश्वरमा तीन अर्ब ४४ करोड, सानोठिमीमा दुई अर्ब ८२ करोड तथा भरतपुरमा एक अर्ब ८३ करोड निक्षेप संकलन भएको छ । संस्थागत निक्षेपमा सबै भन्दा ठूलो रकम भनेकै कर्मचारी सञ्चय कोषको डेढ अर्ब रुपैयाँ छ । निक्षेपको विविधताले बैंक व्यवस्थापनले ढुक्कसँग कर्जा र अरु योजना तयार गर्न पाएको छ । ‘हाम्रा सय ठुला निक्षेपकर्ताहरुले आएर सबै पैसा झिके पनि केहि समस्या हुँदैन’ प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद शर्माको आत्मविश्वास छ । 
वित्तिय क्षेत्र सुधार कार्यक्रम लागू गर्दा बैंकसँग ३९ अर्ब निक्षेप थियो । २७ अर्ब कर्जा लगानी भएकोमा १६ अर्ब भाखा नाघेको थियो । यसले पुँजीकोष, नेटवर्थ र सञ्चित नोक्सानीको आँकडा भयावह बनाइ सकेको थियो । ३३ प्रतिशत ऋणात्मक पुँजीकोष, २३ अर्ब ऋणात्मक नेटवर्थ, ६० प्रतिशत खराव कर्जा, पाँच हजार पाँच सय कर्मचारी । यिनै थिए बाणिज्य बैंकका त्यस बेलाका पहिचान । 
अहिले यी आँकडा १८० डिग्रीमा परिवर्तन भइ कसेका छन् । एक दशकमा निक्षेप झन्डै तीन गुणाले बढेको छ । बैंकले आउँदो आर्थिक बर्ष २०७१-७२ को अन्त्यमा एक खर्ब निक्षेप नघाउने लक्ष्य लिएकोमा एक बर्ष अघि नै हासिल भयो । ‘सर्वसाधारणको विश्वास हामीसँग यति मजबुत छ कि राजधानी र बाहिरका हरेक शाखामा खाता खोल्ने भीडनै लागेको देखिन्छ’ प्रमुख कार्यकारी अधिकृत शर्मा भन्छन् ।
पुष मसान्तको तथ्याङ्क अनुसार चार दशमवल ९५ प्रतिशतमा झरेको छ । पुँजीकोष चार दशमवल २८ प्रतिशतले सकारात्मक छ र चालु आर्थिक बर्ष भित्रै यसलाई राष्ट्र बैंकले तोकेबमोजिम ११ प्रतिशत भन्दा माथि पुर्याउने लक्ष्य प्रमुख कार्यकारी अधिकृत शर्माले लिएका छन् । त्यसका लागि आउँदा तीन महिना भित्र बैंकसँग रहेको नेपाल इन्भेष्टमेन्ट बैंकको ६२ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने योजना छ । तीन पटक टेन्डर निकाल्दा पनि उक्त सेयर बिक्री नहुनाको कारण आफुहरुले पत्ता लगाइ सकेको र अब बिक्री हुनेमा ढुक्क रहेको उनी बताउँछन् । 
त्यो सेयर बेचेर बैंकलाई चार अर्ब रुपैया भन्दा बढि प्राप्त हुनेछ र पुँजी कोष पनि केन्द्रिय बैंकको मापदण्ड अनुरुप पुग्नेछ । त्यति मात्र होइन सेयर बिक्री र चालु आर्थिक बर्षको नाफाले बैंकको सञ्चित नोक्सानीको आँकडालाई पनि नगन्य अंकमा झार्न सघाउ पुग्नेछ । गत पुष मसान्तसम्ममा बैंकको सञ्चिती नोक्सानी छ अर्ब ५९ करोड ८६ लाख रुपैयाँ रहेको छ । चालु आर्थिक बर्षमा दुई अर्ब खुद मुनाफा कमाउने बैंकको लक्ष्य छ । यति मुनाफा र सेयर बिक्रीको रकम थपिए पछि ढिलोमा आउँदो पुस सम्ममा जगेडाकोष सकारात्मक हुने शर्माको विश्वास छ । बैंकले चैत मसान्तसम्म एक अर्ब ५२ करोड रुपैयाँ मुनाफा आर्जन गरि सकेको छ ।
बैंकले द्वन्द्वकालमा विस्थापित शाखा पुनस्थापनालाई केन्द्रमा राखेको छ । चालु आर्थिक बर्ष भित्रै १५ वटा नयाँ शाखा खोल्ने र २० ठाउँमा शाखारहित सेवा दिने प्रमुख कार्यकारी अधिकृत शर्माको भनाइ छ । बैंक बचाउने नेपालका मध्यम र निम्म मध्यम वर्गको अत्यन्त ठुलो हात रहेको हुँदा उनीहरुलाई सेवा दिन शाखा विस्तारमा केन्द्रित भएको उनी बताउँछन् । 

राष्ट्रिय बाणिज्य बैंकसँग एक खर्ब रुपैयाँ निक्षेपको अर्थ हो, अब बैंकसँग काम गर्ने क्षमता विस्तार भएको छ । अब राष्ट्रिय बाणिज्यले बैंकिङ्ग उद्योगलाई ‘लिड’ गर्न सक्छ ।  बैंकिङ्ग उद्योगमै राष्ट्रिय बाणिज्य बैंकको निक्षेप व्याजदर सस्तो छ । अहिले स्ट्याण्डर्ड चार्टड बैंकले निक्षेपमा सबैभन्दा कम व्याज दिन्छ, त्यसपछि कम व्याज दिनेमा पर्छ राष्ट्रिय बाणिज्य बैंक । कम ब्याज दिंदा पनि ठूलो मात्रामा निक्षेप संकलन भएको मात्रै छैन्, दु्रतगतिमा पनि भैरहेको छ ।

 
परशुराम कुँवर क्षेत्री
बैंकिङ विज्ञ

यसरि पुरानो ठाउँमा फर्कदै जान थाले पछि ग्राहकको गुमेको विश्वास पुनः आर्जन हुन थाल्यो । बैंकले दिने ब्याजदर छिटो छिटो तलमाथि नभए पछि अरु बैंकसँग कारोवार गरि रहेका ‘प्राइम क्लाइन्ट’ बाणिज्य बैंकमा फर्किन थालेका छन् । सस्तो पुँजी लागतका कारण कर्जामा बाणिज्य बैंकको ब्याजदर अरु बैंकको भन्दा थोरै छ ।

नर्भिक अस्पताल, हिमालयन होटल, समिट होटल, ब्लुबर्ड डिपार्टमेन्टल स्टोर निजी क्षेत्रका ‘अब्बल’ बैंकको खाता बन्द गरेर बाणिज्य बैंकमा सरेका छन् । एउटा पाँच तारे होटल पनि निजी क्षेत्रका पाँच ठुला बैंकको खाता बन्द गरेर आफुसँग आउने तयारीमा रहेको प्रमुख कार्यकारी अधिकृत शर्मा बताउँछन् । 
‘बजारमा तरलता अभाव होस या खुकुलो हामीले कहिल्यै पनि ग्राहकको परियोजनालाई चाहिने कर्जा दिन कन्जुस्याइ गरेका छैनौं साथै ब्याजदरमा पनि स्थायित्व छ’ शर्मा भन्छन् ‘यसले पुराना ग्राहक फेरि बाणिज्य बैंकमा फर्किन थालेको छ ।’ आफ्नो बैंकका कर्मचारी, सञ्चालक, सिइओ कसैले आफ्नो व्यक्तिगत विजनेश बैंकिङ नम्समा काम गर्ने भएकाले बजारको विश्वास आर्जन गर्न सजिलो भएको उनको दाबी छ । 
पहिले कुनै बैंक नभएको ठाउँमा बाणिज्य बैंकको माग हुने गरेकोमा अहिले धेरै बैंक भएको ठाउँबाट शाखा खोल्न प्रस्ताव आउन थालेको शर्मा बताउँछन् । ‘बाणिज्य बैंक आयो भने ब्याजदरमा धेरै उतार चढाव हुन दिँदैन भनेर स्थानीय व्यवसायी तथा सर्वसाधारणले नै शाखा खोल्न प्रस्ताव लिएर आउने गरेका छन्’ उनले भने । 
निक्षेपको तुलनामा अहिलेसम्म कर्जा प्रवाह कम भए पनि विश्वासिला ग्राहक फर्किन थालेका तथा नयाँ शाखा विस्तारलाई प्राथमिकतामा राखेकाले अब ऋण लगानी बढ्ने शर्माको विश्वास छ । अहिले कर्जा निक्षेप अनुपात (सिडी सेरियो) ५३ प्रतिशत हाराहारी मात्र रहेकोमा तीन बर्ष भित्र यसलाई ६५ प्रतिशत पुर्याउने बैंकको लक्ष्य छ । अहिले थोरै कर्जा प्रवाह गरि ठूलो रकम भल्टमा राख्नु पर्दा ऋणको ब्याजदर बैंकले सोचे जति घटाउन सकेको छैन । कर्जा प्रवाह बढ्ने वित्तिकै ऋणको ब्याजदर अझ तल ओर्लनेछ ।
सिडी रेसियो ६५ प्रतिशत पुगेको अवस्थामा बार्षिक पाँच अर्ब मुनाफा कमाउन बैंकलाई गाहे पर्नेछैन । राष्ट्र बैंकले ८० प्रतिशत राख्नु भनेको सिडी ६५ मा राखे पछि बैंकले चाहेको बेला अहिलेकै निक्षेपमा पनि १५ अर्बसम्म बजार जुन सुकै बेला प्रवाह गर्न सक्छ । यसले वित्तिय क्षेत्रको तरलता अभाव वा ब्याजदर उतार चढावलाई पुरै ‘कन्ट्रोल’ गर्ने सामथ्र्य राख्नेछ ।
बैंकले अहिले सबै शाखामा ‘एनी ब्रान्च बैंकिङ सर्भिस’ पुर्याएको छ । प्रविधिमा आधारित आधुनिक सेवा प्रवाहमा अब्बल बन्ने अठोट लिएको छ । अहिले बैंकबाट दैनिक झिकिने रकममा २८ प्रतिशत एटिएम, इ–बैंकिङ लगायत विद्युतीय माध्यमबाट ‘विथड्र’ हुने गरेकोमा त्यसलाई ६० प्रतिशत पुर्याउने बैंकको लक्ष्य छ । बैंकलाई अझ बढी प्रविधि मैत्री बनाउन बैंकले एफवान सफ्टसँग मोवाइल बैंकिङ्ग सेवा लिइरहेको छ भने इन्टरनेट बैंकिङ्ग सेवा पनि थाल्ने तयारी गरिरहेको छ । 
त्यसो भएमा कर्मचारी माथिको चाप कम हुन जान्छ । किनभने बैंकलाई कर्मचारी खर्च घटाउने चुनौती छ । पाँच हजार पाँच सय कर्मचारीमध्ये आधा भन्दा धेरै कटौति गरि अहिले २५ सय कर्मचारी बैंकमा कार्यरत छन् । उनीहरुका लागि वर्षको दुई अर्ब ३६ करोड रुपैयाँ खर्च हुने गरेको छ । पेन्सन वापत बार्षिक ५० करोड जान्छ । 
प्रविधि मार्फत दिने सेवा बढाउने, शाखा विस्तार गर्ने तर नयाँ कर्मचारी कम्तिमा चार बर्ष थप नगर्ने रणनीति बैंकले लिएको छ । त्यसो भएमा अहिलेकै कर्मचारीबाट बैंकको व्यवसाय फराकिलो हुनेछ । प्रति कर्मचारी आम्दानी बढ्न जानेछ । २०५९ प्रति कर्मचारी आम्दानी चार लाख ४० हजार रहेकोमा अहिले २६ लाख ७० हजार रुपैयाँ पुगेको छ । यो अझै डेढदेखि दुई गुणा बढाउने प्रमुख कार्यकारी अधिकृत शर्माको योजना छ । त्यसो भएमा निजी क्षेत्रका ‘अब्बल’ बैंक बराबरकै ‘इफिसियन्सि’ बाणिज्य बैंकका कर्मचारीमा पनि आउनेछ ।
२०७४ सालसम्ममा बैंकमा नयाँ कर्मचारी ९५ प्रतिशत पुग्नेछन् भने युवाको उपस्थिती ९० प्रतिशत हुनेछ । अहिले नै २७ जना चार्टर्ड एकाउन्टेन्ट कार्यरत छन् । कृषि कर्जा विस्तारका लागि सात/आठ जना कृषि क्षेत्रका विज्ञ नै नियुक्त गरिएको छ । ‘प्रोजेक्ट एप्राइजल’ राम्रोसँग होस् भनेर स्थायी इन्जिनियर राखिएका छन् । यसले कर्जा प्रवाहका लागि नयाँ बैंकिङ ‘स्पेस’ बनाउन बाणिज्य बैंकले अभियान छेडेको बुझ्न कठिन पर्दैन ।
बैंकले तल्लो तहका कर्मचारीलाई अरु बैंकभन्दा उच्च कोटी सुविधा दिएको छ । यसबाट ‘क्रिम’ युवा बाणिज्य बैंकप्रति आकर्षित हुन थालेका छन् । बैंक छोडेर  जानेको संख्या अत्यन्त न्युन छ । यी युवाले बैंकलाई अत्याधुनिक सेवा प्रवाहसहित नयाँ उचाइमा लैजान्छन् भन्ने आफ्नो विश्वास रहेको शर्माको भनाइ छ ।