माउन्ट मकालुको आइपीओमा ६१ गुणा बढि आवेदन, ६० लाखको लागि ३७ करोड रुपैयाँको माग

बिजमाण्डू
२०७१ बैशाख ४ गते ००:०० | Apr 17, 2014
 काठमाडौं। माउन्ट मकालु डेभलपमेन्ट बैंकको प्राथमिक सेयर निष्कासनमा ६१ गुणा बढि आवेदन परेको बिक्री प्रबन्धक ग्रोमोर क्यापिटलले बताएको छ । ६० हजार कित्ता (६० लाख रुपैयाँको) सेयरको लागि ३७ करोड रुपैयाँको आवेदन परेको ग्रोमोर क्यापिटलका महाप्रबन्धक कविन्द्रध्वज जोशीले जानकारी दिए । बैंकको सेयरको माग १० हजार पाँच सयभन्दा बढि आवेदकले मागेका थिए । पनयम अनुसार प्राथमिक निष्कासन बन्द भएको ४० दिनमा सेयर बाँडफाट गरिसक्नु पर्दछ । 
गत चैत २८ गते बिक्री खुला गरेको बैंकको बैसाख तीन गते बिक्री बन्द गरिएको थियो । बैंकको कुल सेयर मध्ये १२ सय कित्ता सेयर कर्मचारीहरुको लागि र तीन हजार कित्ता सेयर सामूहिक लगानी कोषको लागि  छुट्याइएको थियो । सामूहिक लगानी कोषको लागि छुट्याएको बैंकको सेयर नबिल ब्यालेन्स फण्ड १ लाई बाँडफाट भइसकेको छ । 
बैंकको सेयरमा न्युनतम ५० कित्ता देखि अधिकत्तम एक हजार पाँच सय कित्तासम्मको लागि आवेदन दिन सकिने  व्यवस्था थियो  ।  
बैंकको सेयरमा लगानी गर्नेले आर्थिक बर्ष २०७२/७३ सम्म बोनस सेयर तथा हकप्रद दिने सम्भावना छैन । बैंकको हाल चुक्तापूँजी एक करोड ४० लाख छ भने सेयर निष्कासन पछि दुई करोड रुपैयाँ पुग्ने छ । तर बैंकको प्रक्षेपित वित्तीय विवरण अनुसार सेयर निष्कासन गरेपछि हुने चुक्तापूँजीमा आव २०७२/७३ सम्म कुनै फेर बदल हुने देखिदैन । बैंकको चालु आवको दोस्रो त्रैमाशमा नाफा १० लाख ८६ हजार थियो । बैंकको कर्जा चार करोड ९० लाख रुपैयाँ, निक्षेप १० करोड रुपैयाँ र सञ्चित तथा जगेडामा ३६ लाख रुपैयाँ रहेको छ । बैंकको प्रति सेयर आम्दानी १३.४३ रुपैयाँ रहेको छ । बैंकको अध्यक्षमा हरिकृष्ण निरौला, अन्य सञ्चालकहरुमा लछुमन तिवारी, गणेश प्रसाद बराल रहेका छन । 
 

Tata
GBIME
Nepal Life