अनलाईन रिटेलर एमाजोनले स्मार्टफोन निर्माणमा हात हाल्यो, सेप्टेम्बरमा विक्री गर्ने तयारी

बिजमाण्डू
२०७१ बैशाख ५ गते ००:०० | Apr 18, 2014
अनलाईन रिटेलर एमाजोनले स्मार्टफोन निर्माणमा हात हाल्यो, सेप्टेम्बरमा विक्री गर्ने तयारी
सानफ्रान्सिस्को । अनेकौ अनुमानहरुलाई चिर्दै एमाजोनले स्मार्टफोनको निर्माण अन्तिम चरणमा पुगेको वाल स्ट्रिट जर्नल मार्फत सार्बजनिक गरेको छ । यहि बर्षको सेप्टेम्बरताका स्टोरहरुमा उसका उत्पादन सार्बजनिक तथा बिक्रि गर्ने घोषणा गरेको हो ।
सन् २००७ बाट एमाजोनले स्मार्ट डिभाइसको उत्पादन थालेको थियो । सन् २००७ मा एमाजोन किन्डल, सन् २०११ मा गूगलको कस्टमाइज्ड एन्ड्रोईड अपरेटिंग सिस्टम युक्त किन्डल फायर, सन् २०१२ दोश्रो पुस्ताको ट्याब्लेट किन्डल फायर एचडी, सेप्टेम्बर २०१३ मा ट्याब्लेट किन्डल फायर एचडीएक्सको तेश्रो पुस्ता र अक्टोबरमा छैटौ सार्बजनिक गरिसकेको छ । सन् २०१४ मा अन्य उत्पादक एप्पल टिभी र गूगल क्रोमकास्टसंग प्रतिस्पर्धा गर्दै एमाजोनले फायर टिभी सार्बजनिक गरेको हो ।
सामसङ र एप्पलको एकछत्र बजार कब्जालाई चुनौती दिदै उसको स्मार्टफोन निर्माणलाई बजारमा आफ्नो उपस्थिति बलियो बनाउने कडीको रुपमा लिईएको छ ।हालै सानफ्रान्सिस्को र सेएट्लमा हेन्डसेट विकासकर्तासंग केहि भर्सनहरु प्रदर्शन गरिएको थियो ।
बजारमा तेश्रो पक्षका हार्डवेयर, सफ्टवेयर, किताब, उपन्यास जस्तै विभिन्न डिजिटल उत्पादनको बिक्री तथा वितरण गर्दै आएको एमाजोनको स्मार्टफोन बजार प्रवेश महत्वपुर्ण छ । अहिले विश्वमा हुने अनलाइन डिजिटल उत्पादन बिक्रिको ठूलो हिस्सा एमाजोनले सम्हालेको छ । किन्डल फायर र  फायर ट्याब्लेटका प्रयोगकर्ता नयाँ स्मार्टफोनको ब्यग्रताका साथ प्रतिक्षा गरिरहेका छन् ।

Tata
GBIME
Nepal Life

एपप्ल, सामसङ जस्ता बजारमा केहि ठुलै प्रभुत्व जमाएका र  एलजी, एचटिसी, सोनी, हुवावे, लेनोभो, माइक्रोम्याक्स, कलर्स आदि जस्ता बजारका उदाउँदा ब्रान्डले नयाँ उत्पादनको बजार प्रवेश कठिन बन्नसक्छ । यति मात्रै नभई सस्ता स्मार्टफोन उत्पादकको मध्यमबर्गीय न्यून आम्दानी समूह लक्षित उत्पादनले पनि सहज बजार प्रवेशमा चुनैती थपिदिएको ।
स्मार्टफोन उत्पादकको भिडभन्दा माथी उठेर आफ्नो बेग्लै पहिचान बनाउन कठिन यस अवस्थामा उसको चस्मा प्रयोग  नगरी थ्रीडी ईमेज हेर्न सकिने सुबिधा सफलताको कडी बन्न सक्छ । अनेकौ अड्कलबाजी गरिएपनि एमाजोनले भने के कस्ता सेवा तथा सुबिधा उपलब्ध हुने भने स्पष्ट पारेको छैन ।