बैंकको ब्याज अन्तर ६.७३ प्रतिशत, बैंकले ४.४५ प्रतिशत निक्षेपमा दिएर ११.१८ प्रतिशत ब्याज असुल्दै

बिजमाण्डू
२०७१ बैशाख ५ गते ००:०० | Apr 18, 2014
काठमाडौं। आउँदो असारपछि निक्षेपमा दिने र कर्जामा लिने ब्याजको अन्तर (स्प्रेड दर) पाँच प्रतिशतमा झारिसक्नु पर्ने व्यवस्थाका कारण बैंकहरुले क्रमशः स्प्रेड दर कम गर्न थालेका छन्। बैंकहरुले घटाउँदै लगेपनि स्प्रेड भने सात प्रतिशतभन्दा थोरै कम मात्र छ। 
बैंकहरुले चार महिनाअघि स्प्रेड दर ६.९७ प्रतिशतबाट झारेर ६.७३ प्रतिशतसम्म पुर्‍याएका थिए। राष्ट्र बैंकले तोकेको स्प्रेडका कारण सरकारी बैंकनै समस्यामा परेर तोकिएको स्प्रेड कार्यान्वयनमा नआउने अपेक्षामा पुनः वढाउँदै लगेका थिए। 
महिना बैंकहरुको औषत स्प्रेड दर %
फागुन  6.73
माघ  6.76
पुस 6.85
मंसिर 6.73
कात्तिक 6.93
असोज 6.89
भदौ 6.94
साउन 6.97
साथै खुला बजारलाई आत्मसाथ गरेको नेपाली कांंग्रेसको सरकार बन्ने पक्का पक्की भएपछि स्प्रेड दर हट्ने अनुमान बैंकरको थियो। नेपाली कांग्रेसका तर्फबाट अर्थमन्त्री बनेका रामशरण महतले स्प्रेड दर वढी भएको धारणा सार्वजनिक भएपछि बैंकरले यसलाई पुनः घटाउँदै लगेको बैंकरहरु नै बताउँछन्। अहिले पनि चार महिना अगाडिकै हाराहारीमा घटेर स्प्रेड दर ६.७३ प्रतिशत कायम भएको छ। 
नेपाल राष्ट्र बैंकले आगामी असारबाट स्प्रेड दर पाँच प्रतिशतभन्दा तल हुनु पर्ने निर्देशन दिइसकेको छ। असारबाट निर्देशन कार्यान्वयमा आएपछि पुसबाटै त्यसको अनुगमन सुरु गरिसकेको छ। बाणिज्य बैंकहरुले अहिले निक्षेपमा औषत ४.४५ प्रतिशत ब्याज दिइरहेका छन्। कर्जामा भने ११.१८ प्रतिशत औषत ब्याज लिइरहेका छन्। स्प्रेड दर घटाउनु पर्ने दवाव बैंकहरुमा परेपनि त्यसको पूर्ण कार्यान्वय भने हुन सकेको छैन। 
बैंकहरुले अहिलेको ६.७३ प्रतिशतको स्प्रेडलाई पाँच प्रतिशतमा झारे ब्याज आम्दानी करिव १४ अर्ब रुपैयाँले घट्ने छ। बैंकरका अनुसार १४ अर्ब रुपैयाँ ब्याज आम्दानी गर्न करिव दुई सय अर्ब रुपैयाँ कर्जा लगानी गर्नु पर्ने हुन्छ। अहिलेकै बृद्धिलाई आधार मान्दा दुई सय अर्ब कर्जा लगानी हुन करिव तीन बर्ष समय लाग्छ 

Tata
GBIME
Nepal Life