प्रभु को–अपरेटिभ सर्भिसको स्वयम्भुमा चौथो सेवा केन्द्र स्थापना, रेमिट्यान्स सेवा लिन सहज हुने

बिजमाण्डू
२०७१ बैशाख ७ गते ००:०० | Apr 20, 2014


काठमाडौं । प्रभु समूह अन्र्तगत रहेको प्रभु को–अपरेटिभ सर्भिस लिमिटेडले आफ्नो चौथो सेवा केन्द्र स्वयंम्भूमा सञ्चालनमा ल्याएको छ । सेवा केन्द्रको प्रभु गु्रपका अध्यक्ष देवीप्रकाश भट्टचनले उद्घाटन गरे ।
बिदेशबाट पठाएको रकम एवमं नेपाल भर रकम पठाउन तथा प्राप्त गर्न सदस्य खाता खोलि रकम जम्मा गरी कारोबार गर्न सक्ने सुविधा केन्द्रमा रहेको कम्पनीले जारी प्रेस विज्ञप्तिमा छ । बिदेशस्थित प्रभु मनि ट्रान्सफर एवं मनिग्रामबाट पठाएको रकम सेवा केन्द्रबाट सजिलै प्राप्त गर्न सक्न जानकारी पनि कम्पनीले दिएको छ ।

Tata
GBIME
Nepal Life