सूर्या लाइफ इन्स्योरेन्स सातौं वर्षमा प्रवेश, सिमित भुक्तानी सावधिक जीवन बीमा लेख योजना घोषणा

बिजमाण्डू
२०७१ बैशाख ७ गते ००:०० | Apr 20, 2014
सूर्या लाइफ इन्स्योरेन्स सातौं वर्षमा प्रवेश, सिमित भुक्तानी सावधिक जीवन बीमा लेख योजना घोषणा


काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले सातौं वर्ष प्रवेशको अवसर पारेर सिमित भुक्तानी सावधिक जीवन बीमा लेख योजना सार्वजनिक गरेको छ । यस अन्तर्गत एकै पटक वा सिमित अवधिसम्म बीमा शुल्क भुक्तानी गरि लामो समयको रक्षावरण हुने जनाइएको छ ।
एक लाख रुपैयाँभन्दा माथि आयस्रोतका आधारमा जति रकममा पनि यो बीमा गर्न सकिन्छ । बीमा अवधि १०, १५ र २० बर्षको हुनेछ । न्युनतम १६ बर्षदेखि अधिकतम ६० बर्षसम्म उमेरका व्यक्तिले यो स्किम खरिद गर्न सक्नेछन् भने बीमा परिपक्वता हुने उमेर २६ देखि ७० बर्षको हुनेछ । यो स्किममा एकै पटक, वार्षिक वा अर्धवार्षिक भुक्तानी मार्फत प्रिमियम तिर्न सकिन्छ । पाँच बर्ष भित्रमा भने प्रिमियम तिरिसक्नु पर्ने हुन्छ ।
एक निश्चित अवधिको लागि ग्यारेन्टी आय भएका गैर सरकारी संस्था तथा कन्ट्रयाक्टमा रहेका कर्मचारीले यो स्किमबाट धेरै लाभ लिन सक्ने कम्पनीका अध्यक्ष रामबाबु पन्तले बताए । वैदेशीक रोजगारीमा जानेहरुका लागि पनि यो एउटा राम्रो अवसर हो, उनले भने । विदेशबाट फर्किँदा बैदेशीक रोजगार म्यादि बीमा पनि सकिने तथा वचतको पनि ग्यारेन्टी नहुने हुँदा यो बीमा गर्नु उपयुक्त रहेको उनको भनाइ छ ।
कम्पनीले बिभिन्न ४४ शाखा मार्फत बीमा सुविधा दिँदै आएको छ । स्किम सार्वजनिक कार्यक्रममा बीमा समितिका अध्यक्ष फत्तबहादुर केसीले बीमा क्षेत्रमा विविधता आवश्यक परेका बेला यस्ता योजनाले बजार बृद्धिमा सघाउ पुर्याउने बताए । विमितको संख्या बढाउनु तथा उनीहरुलाई अधिकतम सुरक्षा प्रदान गर्नु नै आफुहरुको मुख्य लक्ष रहेको उनको भनाइ छ ।

Tata
GBIME
Nepal Life