सूचीकृत कम्पनीलाई तीन महिना भित्र दर्ता हुन आउन सीडीएससीको सुचना, निक्षेप खाता खोल्न पनि आग्रह

बिजमाण्डू
२०७१ बैशाख ७ गते ००:०० | Apr 20, 2014
काठमाडौं। सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी)ले नेपाल स्टक एक्सचेन्जमा सुचीकृत सबै कम्पनीलाई तीन महिना भित्र दर्ता गरिसक्न सुचना जारी गरेको छ ।  धितोपत्र केन्द्रिय निक्षेप सेवा नियमावली,२०६७ ले केन्द्रिय निक्षेप कम्पनी प्रारम्भ भएको छ महिना पश्चात् विद्युतीय खाता (डिम्याट एकाउन्ट) मा निक्षेप भएका धितोपत्र मात्र कारोबार हुनेछ भनिएकोले पहिलो कारोबार भएको तीन महिनाभित्र दर्ता गर्न सुचना मार्फत् अनुरोध गरिएको छ । कृषि बिकास बैंकको डिम्याट भएका  तीस कित्ता सेयर गत बैसाख दुई गते चार सय ७७ रुपैयाँको दरमा किनबेच भएको  थियो ।  
डिम्याट कारोबारको लागि सवैभन्दा पहिले कम्पनी सीडीएससी मा दर्ता हुनुपर्छ । यससंगै लगानीकर्ताले डिपोजिटरी पार्टिसिपेन्ट्स ९डीपी० मार्फत् सीडीएससीमा आफुसंग रहेको सेयरलाई विद्युतीय रुपमा अभिलेखीकरण (डिम्याट) गराउनुपर्दछ ।  यसरी अभिलेखीकरण गराउन लगानीकर्ताले डीपी मार्फत् आफ्नो नाममा खाता खोल्नु पर्छ । सीडीएससीले लगानीकर्ताहरुलाई पनि आफ्नो सेयर डिम्याट गराउन अनुरोध गरेको छ । 
हाल सीडीएससीमा १६ कम्पनी दर्ता भएका छन भने १० कम्पनी यो प्रक्रियामा छन । त्यस्तै, दश कम्पनीले निक्षेप सदस्य (डीपी)को अनुमति लिइसकेका छन र तीन प्रक्रियामा छन । 
कस्तो हुन्छ राफसाफ चक्र ?
कारोबार पछिको पहिलो दिन १२ बजेअघि नै सेयर बिक्री गरेको सीएम (राफसाफ सदस्य, ब्रोकर नै राफसाफ सदस्य हुन)ले डिम्याट भएको सेयर कारोबार भएको जनाउँछ ९केही समय भौतिक प्रमाण पत्रको रुपमा रहेको सेयर पनि कारोबार हुने भएकाले० । त्यही दिन त्यही समयमा सेयर खरिद गरेको सीएमले भने खरीद सम्बन्धि विवरण दिन्छ ।
दोस्रो दिन सेयर खरिद भएको सीएमले चार बजे भित्र नै क्लियरिङ बैंकमा रहेको फण्ड पुल एकाउन्ट (खाता) मा रकम, शुल्क जम्मा गराउँछ । त्यस्तै, सेयर बिक्री गरेको सीएमले भने सीएम पुल एकाउन्टमा सेयर जम्मा गर्छ ।
सीएम पूल एकाउन्ट राफसाफ सदस्यले धितोपत्र कारोबारको राफसाफ तथा फछ्र्यौट कार्यको लागि डीपिमा खोलेको विद्यतुीय खाता (डिम्याट् एकाउन्ट) हो । चार बजेपछि सीडीएससीले सीएम पुल एकाउन्टमा आएको सेयर आफ्नै पुल एकाउन्ट (सीएज पूल एकाउन्ट) मा सार्छ । उता क्लियरिङ बैंकबाट पनि सीडीएससीको खातामा रकम पठाउँछ ।
तेस्रो दिन १२ बजेपछि सीडीएससीले सम्बन्धित सीम पुल एकाउन्टमा रकम र सेयर पठाइदिन्छ । सीएमले त्यही दिन वा भोली पल्ट डेबिट इन्ट्रक्सन स्लिप दिएर डीपीमा सम्बन्धित सेयरधनीको सेयर डिम्याट गराउँछ  । त्यस्तै, सेयर बिक्री गरेको लगानीकर्तालाई भुक्तान स्वरुप चेक दिने गर्दछ । यसरी लगानीकर्ताको खातामा चौथो दिनमा नै सेयर पुग्छ ।
कारोबार अर्डरको क्रममा आफ्नो खातामा भएको भन्दा लगानीकर्ताले बढि सेयर बिक्री अर्डर दिएको रहेछ वा सेयर खरीद गरेको रकम नबुझाएको खण्डमा भने राफसाफ प्रक्रियाको टी थ्री (कारोबारपछिको तेस्रो दिन) मा सर्टेज अब्लिगेसन पुरा गर्नुपर्छ । रकम नआएमा, अपुग भएमा त्यो सीएमको कारोबार नै निश्चित अवधिसम्म रोक्का गरिन्छ ।
 

Tata
GBIME
Nepal Life