साढे २२ लाख कित्ता सेयर थपियो, हिमालयन जेनरल र मुक्तिनाथको हकप्रद,खाँदबारीको बोनस सूचीकृत

बिजमाण्डू
२०७१ बैशाख ७ गते ००:०० | Apr 20, 2014
काठमाडौं। सेयर बजारमा आइतवार २२ लाख ६७ हजार कित्ता सेयर थपिएको छ । हिमालयन जेनरल इन्स्योरेन्सको १४ लाख ९२ हजार कित्ता हकप्रद, मुक्तिनाथ बिकास बैंकको सात लाख ३५ हजार र खाँदबारी बिकास बैंकको ४० हजार बोनस सेयर सूचीकृत भएको हो । 
हिमालयन जेनरल इन्स्योरेन्सले एक कित्ता बाराबर १.४८ को अनुपातमा हकप्रद सेयर दिएको थियो । कम्पनीको यससंगै चुक्तापूँजी २५ करोड रुपैयाँ पुगेको छ । गत विहीवार कम्पनीको सेयर तीन सय २७ रुपैयाँमा कारोबार भएको थियो । मुक्तिनाथ बिकास बैंकले १० बराबर तीन अनुपातमा हकप्रद सेयर दिएको थियो ।  मुक्तिनाथ बिकास बैंकको ३६ करोड ७५ लाख चुक्तापूँजी रहेको छ । त्यस्तै, खाँदबारी बिकास बैंकले आठ प्रतिशत बोनस सेयर दिएको थियो । बैंकको चुक्तापूँजी  पाँच करोड ४० लाख पुगेको छ । 
प्रिमियर इन्स्योरेन्सको कारोबार खुला 
नेको इन्स्योरेन्ससंग मर्जर प्रक्रिया तोडिएपछि प्रिमियर इन्स्योरेन्सको सेयर कारोबार आइतबारबाट खुलेको छ । कम्पनीले एक बराबर १।१५ अनुपातमा हकप्रद दिने प्रस्ताव गत बैसाख सातको बिशेष साधारण सभाबाट पारित गरेको छ । हाल ११ करोड ७३ लाख चुक्तापूँजी रहेको प्रिमियरले हकप्रद सेयर दिएपछि यो रकम २५ करोड २१ लाखभन्दा बढि हुने छ । 
 

Tata
GBIME
Nepal Life