विश्व बिकास बैंकको सञ्चालन नाफा सात करोड ६२ लाख, गत आवको तुलनामा २३ प्रतिशत वृद्धि

बिजमाण्डू
२०७१ बैशाख ७ गते ००:०० | Apr 20, 2014
काठमाडौं। विश्व बिकास बैंकको चालु आवको तेस्रो त्रैमाशमा सञ्चालन मुनाफा सात करोड ६२ लाख पुगेको जानकारी प्रेस विज्ञप्ति मार्फत दिएको छ । बैंकको गत आवको यो अवधिमा यस्तो नाफा छ करोड २० लाख रुपैयाँ रहेको वित्तीय विवरण सार्वजनिक भएको थियो । 
बैंकले यो अवधिमा तीन अर्व ५६ करोड निक्षेप संकलन र दुई अर्व ९७ करोड कर्जा प्रवाह गरेको छ । गत आवको यो अवधिमा भने बैंकको निक्षेप दुई अर्व ९५ करोड रुपैयाँ, दुई अर्व ६० करोड कर्जा प्रवाह गरेको थियो । निक्षेपमा २० प्रतिशत र कर्जामा १४.२३ प्रतिशत वृद्धि भएको छ । आइतवार बैंकको सेयर मूल्य सात रुपैयाँले घटेर दुई सय १९ मा सिमित भएको छ । 
 

Tata
GBIME
Nepal Life