सिटिजन्स् बैंक आठौं वर्षमा, क्यान्सर उपचार र अंग प्रत्यायोजन गर्न एक लाख रुपैयाँका दरले सहयोग

बिजमाण्डू
२०७१ बैशाख ७ गते ००:०० | Apr 20, 2014
सिटिजन्स् बैंक आठौं वर्षमा, क्यान्सर उपचार र अंग प्रत्यायोजन गर्न एक लाख रुपैयाँका दरले सहयोग


काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड आठौं वर्षमा प्रवेश गरेको छ। यो बैंकले २०६४ साल बैशाख सात गते देखि २०‌अौं वाणिज्य बैंकको रुपमा बैकिङ्ग कारोबार शुरु थियो। वार्षिक दिवसका अवसरमा आयोजित कार्यक्रममा संस्थागत सामाजिक उत्तरदायित्व अर्न्तगत ‘भक्तपुर क्यान्सर अस्पताललाई’ क्यान्सरका गरिब बिरामीहरुको र मानव अङ्ग प्रत्यारोपण अस्पताललाई मिर्गौला, बोन म्यारो तथा अन्य मानव अङ्ग प्रत्यारोपण गर्न पर्ने बिरामीहरुको सहयोगका लागि प्रत्येक अस्पताललाई एक लाखका दरले सहयोग उपलब्ध गराएको छ। बैंक सञ्चालक समितिका अध्यक्ष प्रदीप जङ्ग पाण्डेले यस्तो सहयोग हस्तान्तरण गरेका हुन्। उक्त अवसरमा बैंकमा रक्तदान, आँखा दान, मिर्गौला दान कार्यक्रम आयोजना गरिएको थियो। बैंकले १० जना गरिब, पिछडिएका तथा जेहेन्दार विद्यार्थीहरुलाई बाल विकास समाजमार्फतबाट छात्रवृत्ति प्रदान गरेको छ।
बैंकले काठमाडौंको शान्तिनगरमा स्थित निःसहाय सेवा सदनमा आश्रित ५० जना वृद्धवृद्धालाई एक दिने भोजन कार्यक्रम पनि आयोजना गरेकोे जानकारी दिइएको छ। आगामि दिनहरुमा पनि यस्तै सामाजिक उत्तरदायित्व निर्वाह गर्ने प्रतिवद्धता बैंकका अध्यक्ष पाण्डेले गरे। बैंकले आफ्नो वार्षिकोत्सवको अवसरमा सिटिजन्स् गल्फ टुर्नामेन्ट गरेको र निकट भविष्यमा सिटिजन्स् लन टेनिस टुर्नामेन्ट आयोजना गर्ने जानकारी दिइयो।
कारोबार शुरु गरेको सात वर्षमा ३९ वटा शाखा र ३७ वटा एटिएमबाट एक लाख अस्सी हजारभन्दा बढी ग्राहकलाई गुणस्तरीय बैकिङ्ग सेवा पुर्याएको बैंकले वार्षिकोत्सवका अवसरमा जनाएको छ। बैंकले आर्थिक वर्ष २०७०।७१ को चैत्र मसान्तमा २५ अर्व चार करोड निक्षेप संकलन गरि २१ अर्व ७७ करोड कर्जा प्रवाह गरेको छ। कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत राजन सिंह भण्डारीले भविष्यमा बैंक अझ सश्ाक्त रुपमा अगाडि बढ्ने बताए।

Tata
GBIME
Nepal Life