सरकारले लगानीकर्तालाई स्यावासी मात्रै दिए पनि पुग्छ, एफएनसिसिआई अध्यक्षको अन्तर्वार्ता

बिजमाण्डू
२०७१ बैशाख ८ गते ००:०० | Apr 21, 2014
सरकारले लगानीकर्तालाई  स्यावासी मात्रै दिए पनि पुग्छ, एफएनसिसिआई अध्यक्षको अन्तर्वार्ता


महासंघको वरिष्ठ उपाध्यक्षमा पशुपति मुरारका विजयी हुनुभएको छ । उहाँले त भास्कर जिको प्यानलबाट जित्नु भएको हो । उहाँले पनि बोलिसक्नु भएको छ । हामी एउटै छौं भनेर उहाँले भनिसक्नु भएको छ । यो भन्दा बढ्दा के भन्ने र ? अब त काम गरेर देखाउने  हो
विधान संशोधन गत वर्ष नै हुनुपर्ने थियो, भएन । तीन वर्षसम्म विधान संसोधन हुन सकेन । तीन वर्षसम्म किन हुन सकेन, त्यो अहिले मैले कोट्याउने होइन । तर अहिलेको कुरा के हो भने आगामी एक वर्षभित्र विधान संशोधन हुन्छ । दुई/तीन महिनामै विधान संशोधन गर्न सकिँदैन
महासंघले साझा आर्थिक कार्यक्रमका लागि प्रयास गर्छ । केही भएन भन्ने होइन, यस अघि केही राम्रा काम भएका छन् । तिनलाई निरन्तरता दिनुपर्छ । छुटेका पनि छन् केही पक्ष, त्यो थप्नु पर्छ  । केहीलाई परिमार्जन पनि गर्नुपर्छ । यस्तो तीन पक्ष हेर्नु पर्यो, राम्रा कामको निरन्तरता, छुटेका कुरा थप्ने र केहीलाई परिमार्जन गर्ने 
 
निजीक्षेत्रमा पनि राजनीतिक दलहरु जस्तै समूह/समूहमा विभाजित छ । निजीक्षेत्रकै ठूलो सस्था नेपाल उद्योग वाणिज्य महासंघको भर्खरै सम्पन्न साधारण सभामा नेतृत्वका लागि सबै पदमा व्यवसायीहरु दुई समूह बनेर लडे, सहमति कतै देखिएन । यति मात्रै होइन, अर्को कार्यकालमा को कुन पदमा जानसक्ने भनेर अहिले नै लेखाजोखा भयो, त्यही अनुसार केहीलाई हराउने र केहीलाई जिताउने प्रयास पनि भयो । महासंघ राजनीतिक दलहरु भन्दा खासै फरक देखिदैन । यस्तो राजनीतिबीच यस पटक प्रदिपजंग पाण्डे अध्यक्ष बन्न सफल भए । महासंघ भित्रको राजनीति र लगानीका विषयमा बिजमाण्डू सम्पादक सरोज काफ्लेले उनलाई सोध आगामी दिन कति सहज छन् ? 
 
नेपाल उद्योग वाणिज्य महासंघमा दुई पक्षबीचको विवाद तपाई अध्यक्ष निर्वाचित हुने समयसम्म आइपुग्दा निकै चर्कियो । व्यक्तिगत आरोप प्रत्यारोपसम्म भए । सम्हाल्नै कठिन हुने यस्तो धु्रवीकरण किन ? 
त्यस्तो होइन, तपाईले भनेको जस्तो धु्रवीकरण महासंघमा छैन । महासंघ एक ढिक्का छ, सम्हाल्न कठिन हुने धु्रवीकरण भएको छैन । महासंघको वरिष्ठ उपाध्यक्षमा पशुपति मुरारका विजयी हुनुभएको छ । उहाँले त भास्कर जिको प्यानलबाट जित्नु भएको हो । उहाँले पनि बोलिसक्नु भएको छ । हामी एउटै छौं भनेर उहाँले भनिसक्नु भएको छ । यो भन्दा बढ्दा के भन्ने र ? अब त काम गरेर देखाउने विषय हो । हामी मिलेका छौं तर तपाईहरुले मिलेकै छैन भनेर कोट्याइरहनु पनि भएन । एउटा संदेश त आइसकेको छ हामी मिलिसकेका छौं भनेर । 
 
तर, महासंघमा दुई वटा पक्ष छन भनेर स्पष्ट देखिइ सकेको छ । अर्को पक्षको एजेण्डाको पनि तपाईले सम्बोधन गर्नुपर्ला ? 
हाम्रो एजेण्डा व्यवसायिको एजेण्डा हो । हाम्रो एजेण्डा भनेको आर्थिक क्षेत्रको उपलब्धि नै हो, व्यवसायिको हक हित नै हो । अझ पर पुगेर म त श्रमिक र आम नागरिकको पक्षमा पनि समेत सेवा पुग्नु पर्छ भन्ने मान्छे हुँ म । 

महासंघको यस पटकको चुनावमा पुर्वअध्यक्षहरुको निकै धेरै सक्रियता देखियो र उनीहरु निर्वाचन अवधिभर महासंघमा हावी भए । उनीहरुको भूमिका स्पष्ट गरेर आगामी छ महिना भित्र विधान संसोधन गर्न तपाईले पनि सहमति जनाउनु भएको थियो, अब यो मुद्दा कसरी अघि बढ्ला ?
विधान संशोधन गत वर्ष नै हुनुपर्ने थियो, भएन । तीन वर्षसम्म विधान संसोधन हुन सकेन । तीन वर्षसम्म किन हुन सकेन, त्यो अहिले मैले कोट्याउने होइन । तर अहिलेको कुरा के हो भने आगामी एक वर्षभित्र विधान संशोधन हुन्छ । दुई/तीन महिनामै विधान संशोधन गर्न सकिँदैन । यसका आफ्नै प्रावधान छन, नेपाल भरका उद्योग वाणिज्य संघसँग अन्तरक्रिया गर्नुपर्छ, उनीहरुको पनि राय सुझाव लिनुपर्छ । त्यसकारण एक वर्ष भित्र विधान संसोधन भइसक्छ । 
 
निवर्तमान अध्यक्षले आफ्नो कार्यकालको अन्तिम तिर महासंघको संरचागत सुधार धेरै गरिसकेकोले अब बन्ने अध्यक्षलाई काम गर्न सहज हुने बताउनु भएको थियो । तपाईले सहज महशुस गर्नुभयो ?
हो, महासंघमा तला थप्ने काम भयो, केही थप पुर्वाधार पनि बनेका छन् । अब हामी पार्किङको व्यवस्था गर्दै छौं । अघिल्लो कार्यकालमा भएका राम्रा कामलाई म निरन्तरता दिन्छु । महासंघको सचिवालयको क्षमता विस्तार पनि क्रमिक सुधारको काम हो । एकै पटक सबै हुदैन । अहिले ठीक भएको कुरा केही वर्षपछि सुधार गर्नुपर्ने हुन्छ । म कसैलाई दोष दिने होइन भएका कामलाई अघि बढाउने र कमीकमजोरी देखिएको ठाउँमा सुधार गर्नुपर्छ भन्ने मान्यता राख्छु ।

अध्यक्षको कार्यकाल कत्तिको सहज हुने अनुमान गर्नुभएको छ ?
कठिन अवस्थामा पनि सहजरुपमा अघि बढ्नु पर्छ भन्ने सोच राख्छु । व्यवसायमा पनि कठिन अवस्था आउँछन, सहज रुपमा लिनुपर्छ । महासंघमा पनि त्यो भन्दा फरक केही छैन । कठिन अवस्था आए सबैको सहयोगमा अघि बढ्छु, म एक्लैले मात्रै केही गर्ने होइन । 
 
राजनीतिक अस्थिरता र महासंघ आफै भित्रको विवादका कारण पनि विगत केही वर्ष निजीक्षेत्रका मुद्दा ओझेलमा परेका थिए । अब मुलुक राजीतिक स्थिरतातर्फ जाने संकेत देखिएको छ । महासंघले अब निजीक्षेत्रका एजेण्डा, विषेशगरी लगानीमैत्री वातावरण निर्माणलाई कसरी अघि बढाउँछ ? 
हेर्नोस, लगानी गर्न आउ भन्दैमा कोही पनि आउँदैन । त्यसरी लगानी आउने नै होइन । अहिलेको समस्या भनेको व्यवस्थापन र कार्यान्वयन नै हो । अरु ठूलो समस्या होइन । हरेक कुरालाई सकारात्मक सोचबाट हेरौं । हरेक कुरालाई कसरी संभव हुन्छ भनेर म पहिचान गुर्छ । गत वर्षसम्म हामीले बजेट आउनु पर्छ भन्यौं,  यो वर्ष बजेट समयमै आयो तर कार्यान्वयन भएन । बजेट समयमै आयो, निजीक्षेत्रले उठाएका धेरै विषय बजेटले सम्बोधन गर्यो । ट्रान्समिसन लाइनका लागि पर्याप्त बजेट छ, तर जग्गा अधिग्रहण हुन सक्दैन र ट्रान्समिसन लाइन बन्दैन भने बजेट भएर मात्रै के गर्ने ? मेरो भनाईको अर्थ के हो भने काम गर्दा बाधा अवरोध नगर्दिए मात्रै पुग्छ । अहिलेको काम भनेको वाधा अवरोध हुन नदिने गरी व्यवस्थापन गर्नु हो, समयसीमा भित्रै काम गर्न पहल गर्नु हो, जुन प्राथमिकताका क्षेत्र तोकिएको छ त्यसलाई समयमै पुरा गर्न कोशिस हो । यसले के हुन्छ भने भएका लगानीहरु पूर्णरुपमा परिचालित हुन्छन् र थप लगानी आउँछ । भएकै लगानी परिचालित भएन भने थप लगानी कहाँबाट आउँछ ? त्यसैले भइरहेकै संरचनाको व्यवस्थापन बलियो बनाउनु पर्यो । यति मात्रै गर्न सके आन्तरिक र वाह्य दुबै लगानी आउँछ । यहाँको वातावरण सही बन्यो भने बाहिरका लगानीकर्ता आउने हो, यहीका लगानीकर्ता भाग्ने अवस्था आयो भने बाह्य लगानीको कल्पना नगरेपनि हुन्छ । अहिले हामीले यहाँका लगानीकर्ता नभागुन भन्ने हो । वातावरण बने बैंक तथा वित्तीय सस्थामा भएको, सहकारीमा भएको, घरमा थन्क्याएर राखेको पैसा लगानी गर्छन् । अहिले वातावरण बनेको छैन भविश्यमा गरौंला भन्ने मानिस धेरै छन्, उनीहरुले पनि लगानी गर्छन । हो, यस्तै वातावरण तयार गर्न वाधा अवरोध सिर्जना गर्नु भएन । हाम्रो लगानी विस्तार हुनासाथ वाह्य लगानी स्वतः आउँछ । लगानी विस्तार गर्न पहिले हाम्रो आफ्नै घर बलियो बनाउनु पर्यो । हाम्रो घर बलियो भयो भने विदेश लगानीकर्ता पनि आकर्षित हुन्छन् । 
 
महासंघले लगानीको वातावरण निर्माण कै लागि भनेर यही वर्ष आर्थिक शिखर सम्मेलन र विजनेश कन्क्लेभ गर्यो । वाह्य लगानीकर्तालाई केही आयोजनाको प्रस्ताव पनि गरियो । के अब ती लगानीकर्ता नेपाल आउँछन ? 
हामीले आयोजना सार्वजनिक गर्नासाथ लगानी आउने होइन । पिपिए भएर बसेको थुप्रै आयोजना त छन नि, आयोजना सुरु भएका छैनन् । निजीक्षेत्रको मात्रै किन, सरकारले लगानी गरेको मध्ये पहाडी लोकमार्ग, हुलाकी राजमार्ग जस्ता थुप्रै आयोजना छन् पुरा नभएका  । सरकारको बजेट छ, त्यो आयोजना आवश्यक पनि छ तर पुरा भएनन् । यसको अर्थ के हो भने काम गर्ने वातावरण भएन । हो यही काम गर्ने वातावरण बनेपछि मात्रै वाह्य लगानीकर्ता आउँछ, आइज–आइज भनेर मात्रै लगानीकर्ता आउँदैनन् । मैले के स्पष्ट गर्न खोजेको हुँ भने लगानीमा मेरो सोचाइ भिन्न छ ।

Tata
GBIME
Nepal Life

लगानीको वातावरण बनेको छैन भनेर त निजीक्षेत्र र सरकार दुबै पक्षले स्वीकारेकै विषय हो । लगानीमैत्री वातावरण कसरी निर्माण हुन्छ त ?

मैले अघि नै भने नि काममा वाधा पुग्न नदिने व्यवस्था हुनुपर्यो । ढीलासुस्ति गर्नुभएन । एकद्वार प्रणालीबाट सेवा सुविधा दिनुपर्यो । सरकारले बजेट समयमै ल्याउनु पर्यो । नीति नियममा आवश्यक सुधार गनुपर्यो । सबैभन्दा आवश्यक कुरा के हो भने ग्रासरुटसम्म सोचाइमा परिवर्तन आउनु पर्यो । यसका लागि राजनीतिक दलहरुले साझा आर्थिक एजेन्डा ल्याउनु पर्छ । यसले दलहरुको संरचना मार्फत तलसम्म एउटा सन्देश जान्छ । यसले मात्रै गाउँ गाउँसम्म सोचमा परिवर्तन ल्याउँछ । हामी त ठूला संकटका संघारमा पुगिसकेका छौं । समस्या मात्रै होइन आर्थिक संकटको अवस्था तिर जानसक्ने संभावना छ । बेरोजगारीको समस्या यति ठूलो छ कि दैनिक सयौं नेपाली रोजगारीको खोजिमा विदेशिन वाध्य छन् । यस्तो अवस्थामा आर्थिक एजेण्डालाई प्राथमिकतामा राखेर हिड्नु पर्यो । अनिमात्रै अर्थतन्त्रमा सुधार देखिन्छ, मुलुक सही ट्र्याकमा जान्छ । आर्थिक विकासका लागि सबैलाई कन्भिन्स गर्नु पर्यो, कार्यान्वयन तहमा बस्ने ले सकारात्मक सोच बनाउनु पर्यो । यति गर्नसक्यो भने लगानीको वातावरण बन्छ । 
 
महासंघले नै साझा आर्थिक कार्यक्रम ल्याउने कोशिस गरेको थियो । जलविद्युत आयोजनाम अवरोध नगर्ने भनेर दलहरुले सहमति पनि जनाए । तर यी सबै प्रयास असफल भए ? 
त्यही त पहिलेको प्रयास सफल भएनन र त अब गर्नुपर्यो । महासंघले साझा आर्थिक कार्यक्रमका लागि प्रयास गर्छ । केही भएन भन्ने होइन, यस अघि केही राम्रा काम भएका छन् । तिनलाई निरन्तरता दिनुपर्छ । छुटेका पनि छन् केही पक्ष, त्यो थप्नु पर्छ  । केहीलाई परिमार्जन पनि गर्नुपर्छ । यस्तो तीन पक्ष हेर्नु पर्यो, राम्रा कामको निरन्तरता, छुटेका कुरा थप्ने र केहीलाई परिमार्जन गर्ने ।
श्रम बढी प्रयोग हुने उद्योगमा विगतमा श्रम समस्या देखियो, तर व्यवस्थापन पनि हुदै गएको छ । यस्ता उद्योगमा पछिल्लो चरणमा उर्जाको समस्या अत्याधिक भयो । बजार र पुर्वाधारको पनि समस्या देखियो । यी समस्याका कारण लगानीकर्ता सेवाक्षेत्र तिर लागे । बैंकिङ र बीमा पनि एउटा हाउस हो । वित्तीय क्षेत्रमा पनि पहुँच हुनुपर्छ भनेर हामी त्यसतर्फ लागेका हौं । उद्योगमा समस्या धेरै देखर बैंक र बीमामा गएको होइन ।

निजीक्षेत्र सँधै सरकारसँग यो र त्यो माग्छ मात्रै भन्ने आरोप छ ? तपाई ठूला समस्या छैनन पनि भन्नुहुन्छ । त्यसोभए अब निजीक्षेत्र लगानी विस्तार गर्न तयार भएको हो ? 

निजीक्षेत्रले अहिले पनि लगानी विस्तार गरिरहेकै छ । व्यक्तिगत रुपमा मेरौ नै सोध्नु हुन्छ भने मैले पाँच मेगावाटको हाइड्रो पावर बनाएको छु । सिमेन्ट उद्योग सञ्चालन गरेको छु । सिमेन्ट उद्योगमा लगानी बढाइरहेकै छु । समस्या त छ तर ती समस्या समाधान गरेर अघि बढ्नु पर्यो । संघर्षशिल हुनु पर्यो । नेपालका उद्यमी संघर्षशिल छन् । कठीन समयमा पनि आफ्ना उद्योगधन्दा सञ्चालन गर्न सक्ने क्षमता उनीहरुमा छ । यसमा सरकारले स्यावास दिए मात्रै पुग्छ, धेरै गर्नुपर्दैन । तिमीले राम्रो गर्यौं भनेर धाप मात्रै मारिदिए पनि पुग्छ । हामीले मागेका मात्रै छैनौं । हामीले औल्याएका समस्या हेरिदिन्छु भने मात्रै पुग्छ, काम त हामी आफैले गर्ने हो, गर्छौ । काम गर्दा बीचमा तगारो मात्रै नबन्दिए पुग्छ, वाधा नपुर्याइदिए मात्रै हुन्छ । तगारो नबनिदिए त हामी अघि बढी हाल्छौ नि । सुविधाको कुरा त परै जाओस तगारो नै बनिदिन्छन् । लगानी गर्न थाल्यो अनेक किसिमका माग अगाडी सारिन्छ । स्थानीय समुदायको त्यत्तिकै माग आउँछन् । सरकारी नीति नियम कार्यान्वयन हुदैदनन् । सरकारले पैसा नै खर्च नगरी गर्ने सक्ने धेरै काम छन् । भएकै ऐन कानुन अनुसार व्यवस्थापन मात्रै राम्रो गरिदिने हो भने लगानीको वातावरणमा धेरै सुधार हुन्छ । 
 
स्थानीय स्तरमा राजनीतिक दलका संघ संगठनबाट धेरै व्यवधान सिर्जना भयो त्यसैले लगानी गर्न सकिएन भन्ने आवाज निजीक्षेत्रको छ ? 
त्यस्ता व्यवधान धेरै घटेका छन् । मजुदरको समस्या धेरै घट्यो, बन्द हडताल पनि घट्दै गएको छ । राजनीतिक दलहरुलाई पनि बुझाउनु पर्छ, कन्भिन्स गर्नुपर्छ । हामीले उहाँहरुलाई तथ्यकुरा देखाइदिनु पर्छ, डाटा सहित बुझाउनु पर्छ । सँधै नकारात्मक भएर मात्रै हुदैन, हामीले पनि सकारात्मक पक्षबाट हेर्नुपर्छ । हामी यो गर्छौ भनेर प्रमाणित गरेर देखाउनु पर्छ । त्यसपछि त उहाँहरु पनि सकारात्मक बनिहाल्नु हुन्छ नि । एकै पटक सबै सकारात्मक नबन्लान । तर ७० प्रतिसत हुन्छ, त्यसपछि अरु सकारात्मक बन्दै जान्छन् । 
 
तपाईको व्यक्तिगत लगानीको कुरा गरौं, पहिला उद्योग स्थापना गर्नुभयो, त्यसपछि बैंक र बीमा तिर लाग्नु भयो । उद्योगमा समस्या देखेर बैंकिङ तिर लाग्नु भएको हो ? 
त्यस्तो होइन, सबै क्षेत्रको आ–आफ्नै महत्व छ । श्रम बढी प्रयोग हुने उद्योगमा विगतमा श्रम समस्या देखियो, तर व्यवस्थापन पनि हुदै गएको छ । यस्ता उद्योगमा पछिल्लो चरणमा उर्जाको समस्या अत्याधिक भयो । बजार र पुर्वाधारको पनि समस्या देखियो । यी समस्याका कारण लगानीकर्ता सेवाक्षेत्र तिर लागे । बैंकिङ र बीमा पनि एउटा हाउस हो । वित्तीय क्षेत्रमा पनि पहुँच हुनुपर्छ भनेर हामी त्यसतर्फ लागेका हौं । उद्योगमा समस्या धेरै देखर बैंक र बीमामा गएको होइन । मैले आईटीमा पनि लगानी गरेको छु । आईटीमा किन भनेर पनि प्रश्न उठ्ला । संभावना भएको क्षेत्रको पहिचान गर्नु सफल व्यवसायिको कर्तव्य पनि हो । यही कारण मैले लगानी विविधिकरण गरेको हुँ । तर मेरो मुख्य आधार भनेको उद्योग नै हो । पहिला सिमेन्ट उद्योग सञ्चालन गरे, त्यसपछि बैंक र बीमामा गए, फेरी विराटनगरमा अर्को सीमेन्ट उद्योग स्थापना गरे । बैंक र बीमामा गएपछि फेरी फर्किए नि त । बजारमा अरुलाई पनि बाँच्ने आधार दिइराख्नु पर्छ भन्ने मेरो सोच हो, सबै आफैले क्याप्चर गरौं भन्ने सोच राख्नु हुदैन । म पुर्वमा लगानी गरिरहेको छु, पश्चिममा गएको छैन । त्यहाँ अरुले लगानी गर्नुपर्छ । 
 
थप नयाँ उद्योग स्थापना गर्दैहुनुहुन्छ ? 
तत्कालका लागि नयाँ उद्योगको योजना छैन । उद्योग स्थापना गरेपछि हामीले यो उद्योग चलायौं भन्छौं, पहिले नै हल्ला गर्दैनौं । 
तर अहिले त यति अर्ब लगानी गरेर यस्तो उद्योग सञ्चालन गर्दैछौं भनेर घोषणा गर्न थालिएको छ । यसले त वातावरण बनेको संकेत पनि गर्दैन र ? 
यो राम्रो कुरा हो । म लगानी गर्दै छु भनेर सकारात्मक संकेत दिनु राम्रो हो । यस्तो घोषणालाई पूर्णकार्यान्वयनमा लैजानु पर्छ । घोषणा गर्नेहरुलाई म के आग्रह गर्न चाहन्छु भने आफ्नो घोषणा अनुसार परियोजनालाई कार्यान्वयनमा लैजानुस । यसले बजारमा राम्रो संन्देश जान्छ र अरुलाई हौसला पनि मिल्छ । हामीले के सोच्नु पर्यो भने सकेसम्म बढी रोजगारी सिर्जना गरौं, सकेसम्म बढी राज्यलाई कर तिरौं, औद्योगिक वातावरण बनाऔं र सामाजिक सस्कार बदलौं । 
 
महासंघको अध्यक्ष जस्तो व्यक्ति, तपाईको एउटा भिजन त होला नि अबको पाँच वर्षमा मुलुकमा यति लगानी होला, यो क्षेत्रमा यस्ता उद्योग स्थापना होलान, मुलुकले आर्थिक विकासमा यस्तो फड्को मार्ला भन्ने ?
हामीसँग जादुको छडी छैन । तर हाम्रो महत्वपुर्ण सवाल के हो भने जनु किसिमले आयात बढेको छ, त्यो रोकिनु पर्यो । अब आयात नबढोस भनेर लाग्नु पर्यो । कमसे कम पेट्रोलका लागि लाइन बस्नु नपरोस, उत्पादन लागत घटाउन सकियोस । यति गर्न सकियो भने स्वभाविक रुपमा लगानी बढ्छ । लगानी बढेपछि त राष्ट्र समृद्धितिर गइहाल्छ नि । एकै पटक आर्थिक विकास भइहाल्ने होइन, पाँच वर्षमा म यस्तो बनाउँछु भनेर केही हुँदैन । कमसेकम पाँच वर्षमा उपयुक्त औद्योगिक वातावरण बनाउन सक्यौ भने आर्थिक विकासले गति लिइहाल्छ ।