ग्लोबल र माछापुच्छ्रेको दरौंदी हाइड्रोमा ७० करोड लगानी, आउँदो बर्ष परियोजना सम्पन्न हुने

बिजमाण्डू
२०७१ बैशाख ९ गते ००:०० | Apr 22, 2014
ग्लोबल र माछापुच्छ्रेको दरौंदी हाइड्रोमा ७० करोड लगानी, आउँदो बर्ष परियोजना सम्पन्न हुने


काठमाडौं । ग्लोबल आईएमई बैंक र माछापुच्छ्रे बैंकले कालिका समूह अन्तर्गतको दरौंदी ‘ए’ साना जलविद्युत परियोजनामा लगानी गर्ने भएका छन् । छ मेगावाटको परियोजनमा ग्लोबल आइएमइको नेतृत्वमा ७० करोड रुपैयाँ लगानी हुन लागेको हो ।
कालिका समूहको दरौंदी कालिका हाइड्रो प्रालिले २०७१ चैत मसान्त भित्र परियोजना सम्पन्न गर्ने लक्ष्य राखेको छ । समुहका अध्यक्ष एबं सभासद बिक्रम पाण्डेले आयोजनाको सिभिल निर्माण कार्यमध्ये आधा काम सकिएको बताए । पाण्डेसहित ग्लोबल आईएमई र माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत क्रमशः रत्नराज बज्राचार्य र तुलसीराम गौतमको उपस्थितीमा सोमबार कर्जा लगानी सम्बन्धि सम्झौता सम्पन्न भएको हो ।
गोरखाको मूच्चोक गाविसमा रहेको आयोजनामा तीन हजार चार ५० मिटर लामो ‘हेड्रेस पाइप’ हुनेछ । जसमध्ये एक सय ६० मिटरको सुरुङ समेत खनिने पाण्डेले जानकारी दिए ।

Tata
GBIME
Nepal Life