नाफा बढेपछि सानिमा बैंकको सेयरको मूल्यमा बृद्धि, प्रतिकित्ता ११ रुपैयाँले बढ्यो, नेप्सेमा उछाल

बिजमाण्डू
२०७१ बैशाख ९ गते ००:०० | Apr 22, 2014
नाफा बढेपछि सानिमा बैंकको सेयरको मूल्यमा बृद्धि, प्रतिकित्ता ११ रुपैयाँले बढ्यो, नेप्सेमा उछाल
काठमाडौं। चालु आवको तेस्रो त्रैमाशमा ५१ प्रतिशतले नाफा बढेको सानिमा बैंकको सेयर मूल्य ११ रुपैयाँले बढेको छ । बैंकको यो अवधिको नाफा ३२ करोड रुपैयाँ पुगेको छ । तर छ गुणाले नाफा बढेको सगरमाथा मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको सेयर मूल्य दुई रुपैयाँले सस्तियो । ९८ प्रतिशतले नाफा बढेको कन्ट्रि डेभलपमेन्ट बैंकको सेयर मूल्य भने आठ रुपैयाँले वृद्धि भएको छ । 
बैंकहरुको लागि पाँच प्रतिशत स्प्रेड दर (निक्षेपको व्याज र कर्जाको व्याजको अन्तर) तोकेर असारसम्मको समय दिएको  नेपाल राष्ट्र बैंकलाई अन्तर्राष्ट्रिय मुद्रा कोषले यो दर खुला छोड्न भनेको छ । बैंकहरुहरुले स्प्रेड दर तोक्दा व्यवसाय र नाफामा यसले असर गर्ने भन्दै आएका थिए । बैंकिङ क्षेत्रका लगानीकर्तामा यसले समेत आशा जघाउने भएको छ ।  
केही दिन देखि घटेको बजार सुधारमा देखिएको छ । नेप्से ७.३८ अंकले बढ्यो। मंगलवार बजारको नेतृत्व भने बीमा समूहले लियो । यो समूहको परिसूचक एक सय २४ अंकसम्म बढ्यो ।  बजारमा कारोबार भएका सबै समूहको परिसूचक बढेको छ । कारोबारको एक घण्टा अवधिसम्म घट्दो क्रममा रहेको नेप्से परिसूचक त्यसपछि भने वृद्धिको दिशामा देखियो । बैंकिङ समूह २.९५, जलविद्युत् ८.१६ अंकले बढेको छ । 
बैंकिङ समूहका सानिमा, कृषि बिकास, बैंक अफ काठमाण्डु, सन राइज, एनआइसी एसिया, सिद्धार्थ बैंक लगायतका बिक्रीकर्ताले मूल्य बढि पाए । बीमा समूहका हिमालयन जेनरल इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स, नेपाल लाइफ, नेशनल लाइफ, एलायन्स इन्स्योरेन्स, सिद्धार्थ, प्राइम लाइफ लगायतका कम्पनीहरुको मूल्य बढेको छ ।  हिमालयन जेनरल र लाइफको सेयर मूल्य करिब १० प्रतिशतसम्म बढेको छ ।  
बजार बढ्ने दिशामा जान सक्ने संकेतको रुपमा मंगलवारको वृद्धिलाई हेरिएको छ । लगानीकर्ताहरुको चाप विस्तारै बढेको बजार स्रोतहरुले बताएका छन । पर्ख र हेरको अवस्थामा रहेका लगानीकर्ताहरु पनि लगानी गर्ने क्रममा रहको उनीहरुको तर्क रहेको छ ।
काक्रे बिहार बिकास बैंकको पनि सेयर मूल्य नौं प्रतिशतभन्दा धेरैले बढेको छ । कारोबार रकम पनि बढेर २६ करोड ५८ लाख रुपैयाँ पुगेको छ । कुल बजार पूँजीकरण आठ खर्ब ३१ अर्ब रुपैयाँ पुगेको छ ।  
 

Tata
GBIME
Nepal Life