परिवर्तन भयो माइक्रोसफ्ट, लोगो मात्र होइन अक्षर पनि नयाँ

बिजमाण्डू
२०६९ भदौ ८ गते ००:०० | Aug 24, 2012
परिवर्तन भयो माइक्रोसफ्ट, लोगो मात्र होइन अक्षर पनि नयाँ


लण्डन । विश्वको नम्वर १ सफ्टवेयर कम्पनी माइक्रोसफ्टले २५ वर्षपछि आफ्नो लोगो परिवर्तन गर्ने भएको छ । कम्पनीले परिवर्तन गर्न लागेको नयाँ लोगो विन्डोज आठमा देखिने छ । माइक्रोसफ्टले केही दिन अघि नै लोगोमा परिवर्तन हुने घोषणा गरेको थियो । यसअघि माइक्रोसफ्टको ‘वेभ’ लोगो थियो । अब त्यो लोगो परिवर्तन भएर चारवटा स्क्वायर बक्सको प्रयोग गरिएको छ । निलो, हरियो, पहँलो र सुन्तला रंगको यो लोगोसँगै अँग्रेजीमा लेखिएको माइक्रोसफ्टको फन्टलाई पनि परिवर्तन गरिएको छ ।
नयाँ लोगो अहिले नै माइक्रोसफ्टका तीनवटा रिटेल स्टोरमा राखिएको छ । आगामी केही महिनाभित्र माइक्रोसफ्टका सबै स्टोरमा नयाँ लोगो आउनेछ । त्यसैगरी माइक्रोसफ्टका नयाँ उत्पादनमा पनि नयाँ लागो आउनेछ ।
कम्पनीले २५ वर्षपछि लोगो परिवर्तन गरिएको जानकारी दिंदै नयाँ लागो पुरानोभन्दा उत्कृष्ट हुने अपेक्षा राखेको छ । कम्पनीले आवश्यकता अनुसार नयाँ लोगो डिजाइन गरिएको र यसले माइक्रोसफ्टका सिद्धान्तहरुलाइृ पछ्याउने जानकारी दिएको छ ।

Tata
GBIME
Nepal Life