रेमिटेन्सबाट बस्तु आयात गर्नेमा पहिलो, अर्थतन्त्रमा २५ प्रतिशत भर, रकममा बढी भित्राउने भारत

बिजमाण्डू
२०७१ बैशाख १० गते ००:०० | Apr 23, 2014
काठमाडौं । रेमिटेन्समा नेपाल थप निर्भर बन्दै गएको विश्व बैंकले सार्वजनिक गरेको प्रतिवेदनले जनाएको छ । अर्थतन्त्रमा ठूलो हिस्सा रेमिटेन्सको रहेको मुलुकको सुचीमा नेपाल तेस्रो नम्बरमा उक्लिएको छ । यसअघि नेपाल छैठौं स्थानमा थियो ।
विश्वभरीका देशहरुमा अर्थतन्त्रमा रेमिटेन्सको हिस्सा ठूलो हुने सुचीमा नेपाल परेको छ । कुल कार्हस्थ उत्पादनमा रेमिटेन्सको गणना गरिँदैन तर कुल गार्हस्थ उत्पादनमध्ये २४.७ प्रतिशत बराबर रेमिटेन्सको आकार पुगिसकेको छ । प्रतिवेदनका अनुसार, भारतले सुचना प्रविधिको व्यापारबाट रेमिटेन्स भित्राइरहेको छ भने वंगलादेशले गार्मेन्ट निर्यात गरेर । नेपालले भने श्रम गर्ने युवा जनशक्ति निर्यात गरेर रेमिटेन्स भित्राएको प्रतिवेदनमा उल्लेख छ । 
विश्व बैंकले चैत २८ गते सार्वजनिक गरेको प्रतिवेदन अनुसार, कुल अर्थतन्त्रको ५२ प्रतिशत रेमिटेन्स भित्राउनेको अग्रसुचीमा ताजिकिस्तन रहेको छ । त्यसपछि   किर्गिज रिपब्लिक रहेको छ । यो सुचीमा नेपाल तेस्रो रहेको छ । नेपाल बराबरनै हिस्सा मोल्डोभाको रहेको छ । नेपाल रेमिटेन्सबाट बस्तु तथा सेवा आयात गर्नेमा पहिलो नम्बरमा छ । 
महिना (रु अर्बमा)  शोधनान्तर बचत रेमिटेन्स 
फागुन  102.81 356.72
माघ  95.78 311.91
पुस 77.19 265.62
मंसिर 68.02 221.18
कात्तिक 64.44 178.89
असोज 52.74 135.03
भदौ 33 88.04
साउन  16.09 41.87
गत बर्ष 68.94 434.58
रकमका हिसावले भने सबैभन्दा वढी रेमिटेन्स भित्राउने मुलुकमा भारत रहेको छ । भारतले ७० अर्ब अमेरिकी डलर बराबरको रेमिटेन्स भित्राएको छ । यसपछि चीनले ६० अर्ब डलर र पिलिपिन्सले २५ अर्ब डलर रेमिटेन्स भित्राएको छ ।
रेमिटेन्सकै कारण नेपालको शोधनान्तर अवस्था सवल बनेको विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा रेमिटेन्सको उच्च बृद्धिका कारण नेपालको बैंकिङ प्रणालीमा अत्याधिक तरलता प्रवाह भइरहेको उल्लेख छ ।
तर देशको आन्तरिक विकासमा भने यसले खासै उत्पादनमूलक कार्य गर्न नसकेको पनि प्रतिवेदनमा औंल्याइएको छ । रेमिटेन्सका कारण बैंक प्रणालीमा अत्याधिक तरलता प्रवाह भएर रियलस्टेट र सेयर बजार अस्थिर रहेको पनि प्रतिवेदनमा छ । यही कारण बैंकहरु अझै खराव कर्जाको मारमा परेका छन् । 
 

Tata
GBIME
Nepal Life