बुधवार वित्तीय विवरण प्रकासित भएका मुक्तिनाथ बाहेक सबैको मूल्य वृद्धि, बजार बढ्यो

बिजमाण्डू
२०७१ बैशाख १० गते ००:०० | Apr 23, 2014
बुधवार वित्तीय विवरण प्रकासित भएका मुक्तिनाथ बाहेक सबैको मूल्य वृद्धि, बजार बढ्यो
काठमाडौं। बुधवार वित्तीय विवरण सार्वजनिक गरेका कम्पनीहरु मध्ये मुक्तिनाथ बिकास बैंकको बाहेक सबैको मूल्य बढेको छ । बुधवार ७४ प्रतिशत नाफा वृद्धि भएको ओरियण्टल होटेलको सेयर मूल्य ३१ रुपैयाँले बढ्यो ।
तेस्रो त्रैमाशमा छ करोड ५५ हजार रुपैयाँ नाफा कमाएको इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकको तीन रुपैयाँले मूल्य बढेर एक सय ४८ रुपैयाँ भएको छ । बैंक गत आवको यही अवधिमा दुई करोड २१ लाख रुपैयाँ नोक्सानमा थियो भने दोस्रो त्रैमाशमा समेत एक करोड दुई लाख रुपैयाँ सञ्चालन नोक्सानमा थियो । 
गत आवको तेस्रो त्रैमाश र चालु आवको दोस्रो त्रैमाश दुवै अवधिमा नोक्सानमा रहेको सुप्रिम डेभलपमेन्ट बैंकको चालु आवको तेस्रो त्रैमाशमा एक करोड ५४ लाख नाफा भएको छ । बैंकको सेयर मूल्य भने एक रुपैयाँले बढ्यो । बैंकको अहिले पनि सात करोड सञ्चालन नोक्सान रहेको छ । त्यस्तै, ५२ प्रतिशत नाफा बढेको मितेरी बिकासको सेयर मूल्य ३८ रुपैयाँले बढ्यो । तर करिब ३२ प्रतिशतले नाफा बढेको मुक्तिनाथ बिकास बैंकको सेयर मूल्य भने तीन रुपैयाँ घट्यो । 
युनिलिभर नेपालका लगानीकर्ताले एकै दिन एक हजार एक सय ७३ रुपैयाँ कमाएका छन । कम्पनीको सयर मूल्य १२ हजार नौं सय तीन रुपैयाँ पुगेको छ । बीमा कम्पनीहरुको बुधवार सबैभन्दा धेरै रकमको कारोबार मात्र भएको छैन मूल्य पनि उच्चले बढेको छ । कारोबार रकमको आधारमा सबैभन्दा धेरै कारोबार हुनेमा पाँचमा चार कम्पनी यो क्षेत्रका रहेका छन । नेपाल लाइफ, नेशनल लाइफ, लाइफ इन्स्योरेन्स र नेपाल इन्स्योरेन्सको एक करोड देखि छ करोड रुपैयाँसम्म कारोबार भयो । लाइफ इन्स्योरेन्स बाहेक यी सबैको कम्पनीको मूल्य ३३ देखि एक सय ६८ रुपैयाँसम्म बढेको छ । 
बुधवार ‘अन्य’ र जलविद्युत् समूह बाहेक सबै समूहको परिसूचकमा वृद्धि भएको छ । बीमा समूह ६० अंक, होटेल समूह ८२ अंक, म्यानुफ्क्चरिङ समूह ६१ अंक, बैंकिङ समूह २.३ अंक, वित्त समूह २.२१ अंक र बिकास बैंक समूह १.३३ अंकले वृद्धि भएको छ । एक सय ३१ कम्पनीको पाँच लाख ६८ हजार कित्ता सेयर किनबेच भएर ३३ करोड रुपैयाँको कारोबार भएको छ । 

 
 

Tata
GBIME
Nepal Life