माथिल्लो तामाकोशीले एक महिनामा सेयर जारी गर्ने सम्भावना, बोर्डले यसै साता प्रतिक्रिया पठाउने

बिजमाण्डू
२०७१ बैशाख १२ गते ००:०० | Apr 25, 2014
काठमाडौं। माथिल्लो तामाकोशीले एक महिनामा  तीन करोड ६० लाख छ हजार कित्ता (तीन अर्ब ६० करोड छ लाख रुपैयाँ) को सेयर जारी गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले यसै साता प्राप्त अनुमतीको विवरण सुधारको लागि प्रतिक्रिया पठाउने जानकारी दिएको छ । कम्पनीले त्यस अनुसार सुधार गरेर पठाएपछि अन्य सुधार गर्न नपर्ने भएमा बोर्डले स्वीकृती दिने भएको छ । 
कम्पनीले दोलखाबासीको लागि एक अर्ब पाँच करोड ९० लाख रुपैयाँ, कर्मचारी सञ्चय कोषका सञ्चयकर्तालाई  एक अर्ब ८२ करोड ९९ लाख ५२ हजार रुपैयाको सेयर जारी गर्ने भएको हो । त्यस्तै, कम्पनीलाई ऋण प्रदान गर्ने संस्थाका कर्मचारीको लागि ३० करोड ४९ लाख ९२ हजार रुपैयाँको सेयर जारी गर्ने छ । कर्मचारी सञ्चय कोषका कर्मचारीको लागि १५ लाख २४ हजार नौं सय ६० कित्ता, नागरिक लगानी कोषका कर्मचारीलाई तीन लाख चार हजार नौं सय ९२ कित्ता, नेपाल टेलिकमका कर्मचारीलाई नौं लाख १४ हजार नौं सय ७६ कित्ता र राष्ट्रिय बीमा संस्थानका कर्मचारीलाई पनि तीन लाख चार हजार नौं सय ९२ कित्ता सेयर जारी गर्ने भएको हो । त्यस्तै कम्पनीले आफ्ना कर्मचारी र विद्युत् प्राधिकरणका कर्मचारीहरुको लागि ४० लाख ६६ हजार पाँच सय ६० कित्ता सेयर दिने भएको छ । 
 
 

Tata
GBIME
Nepal Life