ग्लोबल आईएमईले पायो स्टकको कोड, मर्ज भएका ग्लोबल र कमर्जको सेयर बुधबार देखि कारोबार हुने

बिजमाण्डू
२०७१ बैशाख १६ गते ००:०० | Apr 29, 2014

काठमाडौं। मर्ज प्रक्रियामा गएपछि स्थगित भएको ग्लोबल आईएमई र कमर्ज एण्ड ट्रष्ट बैंकको सेयर कारोबारका लागि स्टक एक्सचेन्जले कोड उपलब्ध गराएको छ। स्टकले जिविआईएमई कोड उपलब्ध गराएको र बुधबार देखि दोस्रो बजारमा सेयर कारोबार सुरु गर्न पाउने जानकारी पनि स्टक एक्सचेन्जले दिएको छ। मर्ज अघि पनि ग्लोबल आईएमईको यही कोड थियो। यो बैंकले मिर्जर प्रक्रिया सकिएको र नियामक निकायको अनुमतिको पत्र समेत नेपाल स्टक एक्सचेन्जमा सोमबार उपलब्ध गराएको थियो।
नेपाल राष्ट्र बैंकको अनुमति लिइसकेको र स्वाप रेसिया एक सय बराबर ६५ का दरमा मर्ज भएको उल्लेख गर्दै नेप्सेले यो बैंकको कारोबार बुधबार देखि गर्न सकिने सूचना जारी गरेको छ। ग्लोबाल आइएमइ बैंकले चैत मसान्तमा ७२ करोड ५१ लाख रुपैयाँ नाफा गरेको छ भने सिभिल बैंकले करिव साढे ११ करोड रुपैयाँ नाफा आर्जन गरेको छ। ग्लोबल आइएमइको पहिलो सेयर कारोबार प्रति कित्ता चार सय ३१ रुपैयाँका दरले हुने छ। मर्ज अघि यो बैंकको अन्तिम सेयर कारोबार प्रतिकित्ता चार सय ३० रुपैयाँको दरमा भएको थियो।

Tata
GBIME
Nepal Life