काठमाडौं। मर्जरको कारण कारोबार रोकिएको सिभिल बैंक र बीमा समितिको कारवाहीको कारण सेयर कारोबार रोक्का भएको एभरेष्ट इन्स्योरेन्सको पनि सेयर कारोबार सुचारु भएको छ । बैंकको १३ रुपैयाँले मूल्य बढेर एक सय ३० कित्ताको कारोबार भएको छ । बैंकको सेयर एक सय ५१ मा किनबेच भएको हो ।
सिभिल बैंक गत असोज २१ गते एक सय ३८ रुपैयाँमा सेयर करोबार भएको थियो । सिभिल बैंकको सिभिल मर्चेन्ट वित्तीय संस्था र एक्सिस डेभलपमेन्ट बैंक बीच मर्जर प्रक्रिया सम्पन्न भएको हो । मर्जर पछिको बैंकको तेस्रो त्रैमाशको एकिकृत वित्तिय विवरण सार्वजनिक हुन बाँकी छ । सिभिलको यसअघिको कारोबारको मूल्यलाई नै पहिलो कारोबारको क्रममा निरन्तरता दिइएको हो । सिभिल बैंकसँग सिभिल मर्चेन्ट र एक्सिस डेभलपमेन्ट बैंक प्रतिकित्ता ७९ रुपैयाँका दरले मर्ज भएका थिए।
सिभिल बैंक गत असोज २१ गते एक सय ३८ रुपैयाँमा सेयर करोबार भएको थियो । सिभिल बैंकको सिभिल मर्चेन्ट वित्तीय संस्था र एक्सिस डेभलपमेन्ट बैंक बीच मर्जर प्रक्रिया सम्पन्न भएको हो । मर्जर पछिको बैंकको तेस्रो त्रैमाशको एकिकृत वित्तिय विवरण सार्वजनिक हुन बाँकी छ । सिभिलको यसअघिको कारोबारको मूल्यलाई नै पहिलो कारोबारको क्रममा निरन्तरता दिइएको हो । सिभिल बैंकसँग सिभिल मर्चेन्ट र एक्सिस डेभलपमेन्ट बैंक प्रतिकित्ता ७९ रुपैयाँका दरले मर्ज भएका थिए।
एभरेष्ट इन्स्योरेन्सको सेयर चार रुपैयाँले बढेर दुई सय १५ मा कारोबार भयो ।
कम्पनीको एक हजार कित्ता सेयर किनबेच भएको ब्रोकरहरुले जानकारी दिएका छन । कम्पनीको यसअघि गत असोज २४ गते दुई सय ११ रुपैयाँमा सेयर कारोबार भएको थियो ।
चालु आवको तेस्रो त्रैमासको वित्तीय विवरण समेत पेश गर्दै कम्पनीले कारोबार खोल्न नेप्सेमा पत्राचार गरेको थियो । खेतानको लगानी रहेको मायोज चाउचाउ उत्पादन गर्ने कम्पनी हिमालयन स्न्याक्स प्रालिमा भएको आगलागीमा प्रकृया नपुर्याइ चार करोड रुपैयाँ भुक्तानी दिएपछि संस्था कारवाहीमा परेको थियो । समितिले गरेको कारवाहीलाई वेवास्ता गर्दै आफूखुसी संस्था बन्द गर्न सञ्चालक समिति अग्रसर भएपछि समितिले व्यवस्थापन आफैले लिएर सुधार प्रकृया थालेको थियो ।
गत आवको तेस्रो त्रैमासमा एक करोड ३२ लाख रुपैयाँ नोक्सानमा रहेको कम्पनी चालु आवको यो अवधिमा भने तीन करोड ७६ लाख नाफामा रहेको छ । कम्पनीको खुद बीमा आय, पुर्नबीमा आय घटेपनि एकिकृत आयव्यय हिसाब खाता तीन करोड १४ लाख रुपैयाँले सकारात्मक भएको छ । अभुक्तानी हुन बाँकी दाबी रकम बढेकोले एकिकृत आयव्यय हिसाब खाता सकारात्मक रहेको हो । त्यस्तै खर्च अन्र्तगत देखाइएको दाबी भुक्तानी रकम घटेपनि पनि यस्तो खाता सकारात्मक भएको हो ।
कम्पनीको एकिकृत आयव्ययबाट नाफा नोक्सान हिसाब खातामा तीन करोड १४ लाख रुपैयाँ सारिएपछि कम्पनी नाफामा देखिएको हो । कम्पनीको कुल बीमा शुल्क आर्जन रकम र जारी बीमा लेख संख्या दुवै घटेको छ । त्यस्तै, कम्पनीको नविकरण भएका बीमा लेखको संख्या न्युन रहेको छ ।
कुल बीमा शुल्क आर्जन ७२ प्रतिशतले घटेर आठ करोड ३८ लाखमा सिमित भयो । बीमा लेखको संख्यामा पनि ६८ प्रतिशतले कमि भएर दुई हजार पाँच सय ६९ मा सिमित छ ।
कम्पनीले यो अवधिमा जम्मा चार वटा बीमालेख मात्र पुनरनविकरण गर्न सकेको देखिन्छ । कम्पनीले ६० करोड ६३ हजार रुपैयाँ दाबी रकम भुक्तानी दिन बाँकी छ । यस्तो भुक्तानी दिन बाँकी दाबी बीमा लेखको संख्या दुई हजार तीन सय ५० रहेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी ३७.१८, प्रतिसेयर नेटवर्थ दुई सय ३० र मूल्य आम्दानी अनुपात ५.६७ रुपैयाँ रहेको छ ।











