लुम्बिनी र मञ्जुश्री मर्जरबाट पछि हटे, सेयर स्वापमा कुरा मिलेन, लुम्बिनीलाई पुँजी वढाउन दवाव



बिजमाण्डू
२०७१ बैशाख २२ गते ००:०० | May 5, 2014
काठमाडौं। लुम्बिनी बैंक र मञ्जुश्री फाइनान्स मर्जबाट पछाडि फर्किएका छन्। छ महिनाअघि आपसमा गाभिने सम्झौता गरेका दुवै कम्पनीहरु सेयर मूल्याङकनमा कुरा नमिलेपछि मर्जरबाट अलग्गिएका हुन्। मर्जरका लागि दुवै संस्था राष्ट्र बैंकसम्म पुगेका थिए।
लुम्बिनीको एक सय कित्ता बराबर मञ्जुश्रीको ६० देखि ६५ कित्ता सेयर पाउने गरी स्वाप रेसीयो तयार हुने प्ररम्भिक सहमति थियो। लुम्बिनी बैंकको चुक्तापूँजी एक अर्ब ६० करोड रुपैयाँ र मञ्जुश्रीको चुक्तापूँजी २२ करोड ५० लाख रुपैयाँ छ । मर्जर टुङ्गिएपछि मञ्जुश्रीको कारोबार नेप्सेमा पुनः सुचारु भएको छ। 
केन्द्रिय बैंकले चालु आर्थिक वर्षको मुनाफाबाट बोनस सेयर दिने गरी बाणिज्य बैंकका लागि चुक्ता पुँजी दुई अर्ब पुर्याउन अनिवार्य गरेको छ । लुम्बिनीले बोनस सेयर वितरणबाट मात्रै तोकिएको चुक्ता पुँजी पुर्याउन सक्ने अवस्था छैन् । यो हिसावले बैंकलाई फाइनान्ससँग मर्ज गर्न दवाव परेको थियो। 
सहमति गरेको तीन महिनाभित्र मर्जर सक्ने योजना बनेपनि छ महिनापछि प्रकृयाबाटै दुवै अलग भएका हुन्। मर्जरपछि नयाँ बैंकको नाम लुम्बिनी नै राख्ने सहमति भएको थियो। 
यो पनि पढ्नुस् 
लुम्बिनीमा मञ्जुश्री गाभिने, सेयर स्वाप अनुपात ६० देखि ६५ मा रहने, चुक्ता पुँजी १७५ करोड पुग्ने
 

Tata
GBIME
Nepal Life