कालिञ्चोक र एकता बिकास दुवैले पाए ग्रेड फोर रेटिङ, आधारभुत पक्ष औसतभन्दा कम,१३ करोडको सेयर आउने

बिजमाण्डू
२०७१ बैशाख २३ गते ००:०० | May 6, 2014
काठमाडौं। कालिञ्चोक बिकास बैंक र एकता बिकास बैंक दुवैले निष्कासन गर्न लागेका प्राथमिक सेयर निष्कासन (आइपीओ) ले ग्रेड फोर रेटिङ पाएका छन । इक्रा नेपालले कालिञ्चोकले निष्कासन गर्न लागेको चार लाख ९० हजार कित्ता (चार करोड ९० लाख रुपैयाँ) र एकता बिकासको आठ लाख कित्ता (आठ हजार रुपैयाँ) सेयरलाई यो रेटिङ दिएको हो । यस रेटिङले यी बैंकको आधारभुत पक्ष औसत भन्दा कम रहेको संकेत गर्छ । दुवैले एक सय रुपैयाँ अंकित मूल्यमा यी सेयर निष्कासन गर्न लागेका हुन । 
कालिञ्चोक बिकास बैंकको सन्दर्भमा इक्राले भनेको छ, निकै कम ट्रयाक रेकर्ड (तीन बर्षबाट सञ्चालन) भएको, लगानी विविधिकरणको समस्या रहेको, मध्यम अवस्थाको निक्षेप अर्थात् चालु खाता र बचत निक्षेपको मात्र कुल निक्षेपमा जम्मा ३५ प्रतिशत रहेको उल्लेख गरेको छ । यो क्षेत्रमा भने औसतमा कुल निक्षेपमा चालु खाता र बचत निक्षेपको मात्रा ५४ रहेको उल्लेख गरेको छ । १० ठुला निक्षेपकर्ताको हिस्सा कुल निक्षेपमा ३७ प्रतिशत र २० ठुला कर्जा लिनेहरुको कुल कर्जामा ३५ प्रतिशत रहेको छ । बैंकले सञ्चालन गति बढाउने सोच अनुसार  आइपीओ निष्कासन पछि पूँजी वृद्धिको लागि सहायक हुने उल्लेख गरेको छ । 
तीन जिल्ले कार्य क्षेत्र रहेको यस बैंकले सो क्षेत्रमा अन्य बैंक तथा वित्तीय संस्थासंग पनि प्रतिस्पर्धा गर्नुपर्ने अवस्था रहेको जनाइएको छ । तर छ महिनामा बार्षिक खुद व्याज आम्दानीमा ४१ प्रतिशतले वृद्धि हुनु, ५९ प्रतिशतले नाफा बढ्नु सकारात्मक रहेको उल्लेख छ । 
त्यस्तै, एकता बिकास बैंकको सन्दर्भमा इक्रा नेपालले टिप्पणी गरेको छ, निकै कम ट्रयाक रेकर्ड (तीन बर्षभन्दा कम सञ्चालन अवधि) भएको, लगानी विविधिकरणको समस्या रहेको छ । निक्षेप र कर्जामा उच्च केन्द्रिकृत हुनु अर्थात् १० ठुला निक्षेपकर्ताले कुल निक्षेपको ३२ प्रतिशत र हायर पर्चेजको क्षेत्रमा धेरै लगानी हुनु (२६ प्रतिशत), संस्थापक आधार कमजोर हुनुलाई समस्याको रुपमा हेरेको छ । 
तीन जिल्ले कार्य क्षेत्र रहेको यस बैंकले सो क्षेत्रमा अन्य बैंक तथा वित्तीय संस्थासंग पनि प्रतिस्पर्धा गर्नुपर्ने अवस्था रहेको जनाइएको छ । छ महिनामा बार्षिक खुद व्याज आम्दानीमा २८ प्रतिशतले वृद्धि हुनु, नाफा घटेपनि स्वस्थकर रहेको उल्लेख छ । 
यी बैंकहरुले सेयर निष्कासनको लागि धितोपत्र बोर्डमा अनुमति लिन बाँकी छ । धितोपत्र बोर्डले साहरा बिकास बैंकको आइपीओ स्वीकृत गरेको छ । साहराले ६० लाख रुपैयाँ बराबरको सेयर निष्कासन गर्ने भएको हो । बैंकको सेयर बिक्री प्रबन्धकमा एलिट क्यापिटल रहेको छ । 
 
 
 

Tata
GBIME
Nepal Life