
काठमाडौं। विराटलक्ष्मी विकास बैंकसँग खाँदबारी विकास बैंक बिहीबारबाट औपचारिक रुपमा गाभिएको छ। गाभिएपछि नयाँ बैंकको कार्यक्षेत्र पनि विस्तार भएको छ। तीन जिल्ले कार्यक्षेत्र रहेका बैंक अबदेखि १० वटा जिल्लामा कारोबार गर्न सक्छन्। गाभिएपछि नयाँ बैंकले विराटलक्ष्मीकै नामबाट कारोबार गर्ने छ।
मर्जरपछि बैंकको कार्यक्षेत्र तीन जिल्लाबाट विस्तार भई मोरङ्ग, सुनसरी, झापा, संखुवासभा, धनकुटा, तेह्रथुम, भोजपुर, इलाम, सप्तरी र उदयपुर सहित दश जिल्लामा स्तरबृद्धि भएको छ। बैंकको सेयर पुँजी २३ करोड ४६ लाख रुपैयाँ नाघेको छ।