माछापुच्छ्रे बैंकका डिजिएम विजयवहादुर श्रेष्ठले दिए राजिनामा, एक महिनापछि बैंक छाड्ने

बिजमाण्डू
२०७१ जेठ १२ गते ००:०० | May 26, 2014
माछापुच्छ्रे बैंकका डिजिएम विजयवहादुर श्रेष्ठले दिए राजिनामा, एक महिनापछि बैंक छाड्ने
काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेडका नायव महाप्रबन्धक (डिजिएम) विजयवहादुर श्रेष्ठले राजिनामा दिएका छन्।
केही समयअघि उनले राजिनामा दिए पनि उनी अरु एक महिना बैंकसँगै हुने छन्।
बैंकले उनको राजिनामा स्वीकृत गरिसकेको छ। उनी एनडिइपी डेभलपमेन्ट बैंकमा प्रमुख कार्यकारीका रुपमा जान लागेको स्रोतको दावी छ। 
बैंकको प्रमुख कार्यकारीमा नेपाल एसबिआइ बैंकको तेस्रो वरियतामा रहेर काम गरेका तुलसी गौतम छन्। बैंकले मर्जरपछि उनलाइ प्रमुख कार्यकारी अधिकृत बनाएको थियो। श्रेष्ठ बाणिज्य बैंकहरुको विदेशी विनिमय र ट्रेजरी विभागका प्रमुखहरुको संगठन फेडानका अध्यक्ष पनि हुन्। 
 

Tata
GBIME
Nepal Life