काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधवार एचएण्डबि बैंकको व्यवस्थापन जिम्मा लिएको छ । केन्द्रिय बैंकको बुधवार बिहान बसेको सञ्चालक समितिको बैठकले एचएण्डबीको सञ्चालक समिति तथा सिईओ जसोदा सैंजुलाई निलम्बन गरेको नेपाल राष्ट्र बैकका डेपुटी गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिए ।

केन्द्रिय बैंकले उप–निर्देशक ज्ञानुकृष्ण अधिकारीको संयोजकत्वमा उप–निर्देशक विष्णुमणि गौतम र सहायक निर्देशक हेमराज अधिकारी सदस्य रहेको तीन सदस्यीय व्यवस्थापन समूह एचएण्डबी बैंकमा पठाएको छ । उनीहरुले बुधबारबाटै कार्यभार सम्हालेका छन् ।
गतवर्ष बैंककै एक कर्मचारीले गुड फर पेमेण्ट चेकबाट करोडौं रुपैयाँ भुक्तानी गरेपछि बैंक समस्यामा पर्दै आएको थियो । केन्द्रिय बैंकले गत कात्तिकमै एचएन्डबि डेभलमेन्ट बैंकको स्थलगत निरिक्षण गरि त्यसको प्रतिवेदन कार्यान्वयनका लागि पठाए पनि बैंक सञ्चालक समिति र सिइओले कार्यान्वयन नगरेको जनाइएको छ ।
बैंकमा गुड फर पेमेन्ट चेक मार्फत ८२ करोड रुपैयाँ भन्दा बढि घोटाला भएको थियो । घोटाला प्रकरणमा संलग्नहरुलाई तत्काल कारबाही सञ्चालक समितिलाई पटक पटक निर्देशन दिँदा पनि कार्यान्वयन नगरे पछि टेकओभर गरेको राष्ट्र बैंकको भनाइ छ ।

.gif)
के हो काण्ड ?
एचएण्डबी बैंकका कुलेश्वर शाखाका प्रमुख निरज नेपालले बैंककै ग्राहक मनोजकुमार चौरासियासँग मिलेर ८३ करोड रुपैयाँभन्दा बढीको घोटला गरेका थिए । काण्ड सार्वजनिक हुनासाथ नेपाल पक्राउ परेका थिए । झण्डै दश महिना अघि गुड फर पेमेन्ट काण्डका मुख्य अभियुक्त चौरासिया पनि पक्राउ परेका हुन् ।
चौरासियले नेपालसँग मिलेर सुरुमा सर्वसाधरणसँग एचएण्डबी बैंकको कुलेश्वर शाखामा निक्षेप गर्न लगाउँथे, त्यो निक्षेप बराबर उनीहरुले निक्षेपकर्ताकै नाममा गुड फर पेमेन्ट चेक जारी गर्दथे, यसरी जारी गरेको चेक अन्य बैंक तथा वित्तीय संस्थामा धितो राखेर उनीहरु रकम लिन्थे । निक्षेपकर्ताहरु निक्षेप राखेको आफ्ना रकम लिन बैंक जाँदा धितोमा राखिएको हुन्थ्यो ।
ऋण लिएर चौरासिया लगायतको टोलीले भुक्तानी नगरेपछि समस्या सिर्जना भएको थियो । एचएण्डबीमाथि एकतर्फ धितोमा राखेको रकम फिर्ता गर्नुपर्दथ्यो भने दोस्रोतर्फ गुड फर पेमेन्टको ऋण चुक्ता गर्नुपर्दथ्यो । यसरी बैंकको ८३ करोड रुपैयाँ हिनामिना भएको थियो र
चौरासिया पक्राउ
एचएण्डबी बैंकको गुड फर पेमेन्ट काण्डका मुख्य अभियुक्त मनोजकुमार चौरासियालाई प्रहरीले दश महिना अघि पक्राउ गरेको थिये । काण्डलगत्तै भारतमा लुक्दै आएका चौरासिया यसै साता नेपाल छिरेका थिए । उनलाई प्रहरीले ललितपुरबाट पक्राउ गरेको थियो । एचएण्डबी काण्डमा प्रहरीले चौरासियाविरुद्ध पाटन पुनरावेदन अदालतमा मुद्दा दायर गरिसकेको छ ।
चौरासियाले एचएण्डबी बैंकको कुलेश्वर शाखाका प्रमुख निरज नेपालसँग लिमेर बैंकलाई करोडौं रुपैयाँ ठगी गरेको प्रारमिभक अनुसन्धानमा फेला परेको छ । चौरासियासँगै उनका साझेदार प्रमिल यादव पनि फरार थिए । उनीहरु दुई जना मिलेर एचएण्डबीलाई ८३ करोड रुपैयाँभन्दा बढी चुना लगाएका थिए ।
वीरगञ्जका चौरासिया र यादव म्याक्स मोवाइलको अधिकृत विक्रेता थिए । उनका काठमाडौंमा चारवटा साडी पसल समेत छन् । चौरासियाले नेपालमा रासायनिक मल ल्याउने तयारी समेत गर्दै थिए । केही समयपछि नेपालले कुलेश्वर शाखा भित्रै क्यास सर्टेज सुरु गरेका थिए ।
चौरासियाले विभिन्न वित्तीय संस्थाबाट करोडौ ऋण लिएका छन् । रोयल सारी इन्टरप्राइजेजका नाममा सनराइज बैंक र सिद्धार्थ बैंकबाट चौरासियाले ऋण लिएका छन् । दुवै बैंकले धितोमा रहेको सारी तथा कुर्ता सलवार लिलामीको सात दिने सूचना समेत जारी गरेका थिए । यो वाहेक सुनसरी जिल्लाको हाँसपोसा गाविसको धितोमा राखेको जग्गा समेत लिलामीको सूचना जारी भएको थियो ।
१६ करोड ३० लाख नोक्सान
बैंकले बैदेशिक बिनिमयबाट दुई लाख ९८ हजार नाफा कमाएको छ भने अन्य आम्दानी ११ प्रतिशतले घटेपनि एक करोड ९३ लाख रकम छ। बैंकको कर्मचारी र अन्य खर्च ६.७३ प्रतिशतले बढेको छ। बैंकले यसअघि सम्भावित जोखिम बापत छुट्याएको दुई करोड ८४ लाख रुपैयाँ फिर्ता ल्याएको छ। बैंकले यसपटक सम्भावित जोखिम बापतको व्यवस्था भने ५२.७४ प्रतिशतले बढेर २३ करोड ९८ लाखमा बनाएको छ। त्यस्तै, बैंकको कुल कर्जामा खराब कर्जाको हिस्सा ४.९४ प्रतिशत रहेको छ भने सम्भावित जोखिम वापत ११३ प्रतिशत रकम छुट्याएको छ। बैंकको सञ्चालन नोक्सान १८ करोड ८५ लाख रुपैयाँ रहेको छ।
१६ करोड ३० लाख नोक्सान
सोमवार तेस्रो त्रैमाशको वित्तीय विवरण सार्वजनिक गरेको एच एण्ड बी डेभलपमेन्ट बैंक १६ करोड ३० लाख रुपैयाँ नोक्सानमा रहेको छ। गत आवको यही त्रैमाशमा बैंक एक करोड ५० लाख रुपैयाँ नाफामा थियो। बैंकको नोक्सानमा दोस्रो त्रैमाशको तुलनमा केही सुधार आएको छ। बैंक दोस्रो त्रैमाशमा १९ करोड १७ लाख रुपैयाँ नोक्सानमा थियो।
गत आवको यो अवधिको तुलनामा बैंकको खुद व्याज आम्दानी पनि २२ प्रतिशतले घटेको छ। गत बर्ष २१ करोड ७८ लाख यस्तो आम्दानी भएको बैंकको १६ करोड ९८ लाख रुपैयाँ पुगेको छ। बैंकको अघिल्लो बर्षको तुलनामा व्याज आम्दानी २३ प्रतिशतले र व्याज लागत पनि २४ प्रतिशतले घट्यो।
अघिल्लो बर्षको तुलनामा बैंकको कर्जा १५ प्रतिशतले घटेर चार अर्ब ६० करोड रुपैयाँमा सिमित छ, निक्षेप पनि करिब चार प्रतिशतले बढेर पाँच अर्ब ५२ करोड रुपैयाँ पुग्यो। बैंकको रियल स्टेटमा भएको कर्जा लगानी गत बर्षको तुलनामा २८ प्रतिशतले बढेर ४८ करोड ७४ लाख रुपैयाँ भएको छ। तर यो कुल कर्जाको आधारमा भने करिब ११ प्रतिशत लगानी हो। बैंकको कर्जा निक्षेप अनुपात ७४.२९ रहेको छ।
बैंकले बैदेशिक बिनिमयबाट दुई लाख ९८ हजार नाफा कमाएको छ भने अन्य आम्दानी ११ प्रतिशतले घटेपनि एक करोड ९३ लाख रकम छ। बैंकको कर्मचारी र अन्य खर्च ६.७३ प्रतिशतले बढेको छ। बैंकले यसअघि सम्भावित जोखिम बापत छुट्याएको दुई करोड ८४ लाख रुपैयाँ फिर्ता ल्याएको छ। बैंकले यसपटक सम्भावित जोखिम बापतको व्यवस्था भने ५२.७४ प्रतिशतले बढेर २३ करोड ९८ लाखमा बनाएको छ। त्यस्तै, बैंकको कुल कर्जामा खराब कर्जाको हिस्सा ४.९४ प्रतिशत रहेको छ भने सम्भावित जोखिम वापत ११३ प्रतिशत रकम छुट्याएको छ। बैंकको सञ्चालन नोक्सान १८ करोड ८५ लाख रुपैयाँ रहेको छ।
बैंकको पुजी कोष पर्याप्तता १२.८५ रहेको छ। बैंकको कोष लागत ९.८२ बाट घटेर ८.०९ मा सिमित भएको छ। बैंकको बेस रेट १२.८५, प्रतिसेयर आम्दानी (–२४.२१), मूल्य आम्दानी अनुपात (–२.८५) र प्रतिसेयर नेटवर्थ ८१ रुपैयाँ रहेको छ।
कहाँसम्म जोडिएको छ तार
निरज र चौरासिया दुई जनाको प्रयासमा मात्रै यति ठूलो काण्ड नभएको जिकिर ठगिएका निक्षेपकर्ताको छ । प्रहरीले निरज नेपालसहित बैंकका नौ कर्मचारीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो । यही काण्डका कारण एचएण्डबी बैंकको साख गिरेको छ भने बैंकको सेयर भाउ तल झरेको छ ।
यस्तो थियो निक्षेप फिर्ता गर्ने योजना
बैंकले ठगिएका निक्षेपकर्तालाई रकम फिर्ताको नयाँ बाटो तयार गरेको थियो तर त्यो योजनाले पूर्णता पाएको छैन् । योजनाअनुसार एचएण्डबीको गुड फर पेमेन्ट काण्डका निक्षेपकर्ताले बैंकमा फसेको रकमको ४० प्रतिशत प्रवद्र्धक सेयरमा परिवर्तन गर्ने, ३० प्रतिशत रकम तत्काल भुक्तानी गर्ने र थप ३० प्रतिशत रकम ऋणपत्रमा परिवर्तन गर्ने सहमति गरिएको थियो ।