काठमाडौं । निर्जीवन बीमाको कारोवार गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले प्रस्ताव गरेको आठ प्रतिशत बोनस सेयर साधरणसभाबाट स्वीकृत गरेको छ । शुक्रवार वीरगञ्जमा भएको १२ औं साधरणसभाले चुक्ता पुँजी वृद्धिका लागि पाँच सेयर बराबर एक सेयर हकप्रद दिने प्रस्ताव पनि स्वीकृत गरेको छ ।
बोनस सेयर जारी गरेपछिको पुँजीमा हकप्रद सेयर वितरण गर्दा कम्पनीको चुक्ता पुँजी ३२ करोड ४० लाख रुपैयाँ पुग्ने शुक्रवार जारी प्रेस वज्ञप्तिमा छ । कम्पनीले गत आर्थिक वर्षमा चार करोड १९ लाख खुद मुनाफा आर्जन गरेको थियो । यो अघिल्लो आर्थिक वर्षको तुलनामा २८ प्रतिशतले बढीह हो । कम्पनीले अहिलेसम्म ५० करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ ।










