सेञ्चुरीको सेयर सूचिकरण गर्न नेप्सेसँग सम्झौता, जेठ २५ बाट कारोवार, सेयर रजिष्ट्रारमा सिभिल

बिजमाण्डू
२०७१ जेठ १६ गते ००:०० | May 30, 2014
सेञ्चुरीको सेयर सूचिकरण गर्न नेप्सेसँग सम्झौता, जेठ २५ बाट कारोवार, सेयर रजिष्ट्रारमा सिभिल


काठमाडौं । सेयर सूचिकरण गर्नका लागि सेञ्चुरी कमर्सियल बैंकले नेपाल स्टक एक्सचेन्जसँग सूचिकरण सम्झौता गरेको छ । सेयर सूचिकरण सम्झौता भएको एक साता पछि नेपाल स्टकमा कारोवार हुन्छ ।
सेयर सूचिकरण सम्झौतामा बैंकका कामु प्रमुख कार्यकारी अधिकृत अनुजमणी तिमिल्सिना तथा नेपाल स्टक एक्सचेञ्जका महाप्रवन्धक सिताराम थपलियाले हस्ताक्षर गरे । शुक्रवार सम्झौता भएका कारण सेञ्चुरी बैंकको पहिलो कारोवार जेठ २५ गते आइतवारबाट हुने सम्भावना छ ।
त्यसैगरी सेञ्चुरी बैंकले सेयर रजिष्टारमा सिभिल क्यापिटल मार्केटलाई नियुक्त गरेको छ । सिभिलले सेञ्चुरी बैंकको धितोपत्र कारोवार सम्बन्धि रेकर्ड राख्ने, दाखिला खारेज वा नामसारी गर्ने र शेयरवालाहरुको लगत अध्यावधिक गरी राख्ने छ ।
त्यसैगरी साधारण सभाबाट घोषणा गरेको नगद लाभांश र बोनस शेयर वितरण गर्ने काम पनि सिभिल क्यापिटलले गर्ने जानकारी बैंकले दिएको छ । २०६७ फागुनमा सेवा सुरु गरेको बैंकले हालसम्ममा ३१ वटा शाखा, २२ वटा  एटिएम र नौ वटा शाखारहित बैंकिङ्गबाट ग्राहकवर्ग समक्ष बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले जारी गरेको ९२ करोड रुपैयाँको आईपिओका लागि २२ गुणा अर्थात्  २० अर्ब रुपैयाँको आवेदन परेको  थियो । पुस २५ गतेबाट ९२ लाख कित्ता सेयर जारी  गरेको बैंक सञ्चालनमा रहेका ३१ वणिज्य बैंकमध्ये आइपिओ जारी गर्न बाँकी एक मात्र निजी बैंक भएकोले पनि आर्कषण उच्च थियो ।

Tata
GBIME
Nepal Life