बरुणले स्थानीय बासिन्दाका लागि सेयर निष्कासन गर्यो, स्थानीयले दुई लाख ४२ हजार कित्ता किन्न पाउन

बिजमाण्डू
२०७१ जेठ २१ गते ००:०० | Jun 4, 2014

काठमाडौं। बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानीय बासिन्दाका लागि १० प्रतिसत सेयर जेठ २९ गतेदेखि विक्री खुल्ला गर्ने भएको छ। साढे चार मेगावाट क्षमताको यो आयोजना २४ करोड ३० लाख रुपैयाँ लागतमा निर्माण भएको हो। संखुवासभाको हेवा खोलामा निर्माण भएको यो आयोजनाबाट प्रभावित गाविस तथा नगरपालिका र जिल्ला भित्रका अन्य गाविसका बासिन्दालाई सेयर निष्कासन गर्न लागिएको हो।
स्थानीय बासिन्दाले जेठ २९ देखि असार १२ गतेसम्म न्युनतम ५० कित्ता देखि अधिकतम १० हजार कित्तासम्म सेयर खरिद गर्न आवेदन दिन सक्नेछन्। स्थानीय वासिन्दाका लागि कम्पनीले दुई लाख ४३ हजार कित्ता छुट्याएको छ। कर्मचारी र सर्वसाधारण सेयर धनीलाई चार लाख ८६ हजार कित्ता छुट्याइएको कम्पनीले जनाएको छ। पहिलो चरणमा स्थानीय वासिन्दाका लागि सेयर विक्री गरिसकेपछि सर्वसाधारणका लागि निष्कासन गरिने छ। स्थानीय वासिन्दाले आफूलाई परेको सेयर तीन वर्षसम्म विक्री गर्न पाउँदैनन।
हेवा खोलामा निर्माण भएको यो आयोजनाबाट विद्युत उत्पादन सुरु भइसकेको छ। गत आर्थिक वर्षसम्म सञ्चित नोक्सानमा रहेको यो आयोजनाले चालु आर्थिक वर्षको अन्त्यदेखि नोक्सान सकिने र नाफा आर्जन गर्ने छ। कम्पनीले सार्वजनिक गरेको आव्हान पत्रमा चालु आर्थिक वर्षको अन्त्यसम्म दुई लाख ३१ हजार रुपैयाँ नाफा आर्जन हुनेछ। अर्को वर्ष ३५ लाख रुपैयाँ नाफा हुने प्रक्षेपण छ।
स्थानीय वासिन्दाले सानिमा बैंकको खाँदवारी शाखा, विराटलक्ष्मी बैंकको खाँदवारी तथा तुम्लिङटार र ग्लोबल आईएमई बैंकको चैनपुर शाखाबाट सेयर आवेदन दिनसक्ने छन्। बरुणको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट हो।

Tata
GBIME
Nepal Life