गोल्छाले जेनेभामा भने– विदेशिएकालाई देशभित्रै रोजागारी दिनुपर्छ, निजी क्षेत्र प्रयत्नशील

बिजमाण्डू
२०७१ जेठ २३ गते ००:०० | Jun 6, 2014
काठमाडौं। स्वीटजरलयाण्डको जेनेभामा आयोजित अन्तर्राष्ट्रिय श्रम सम्मेलनको १०३औं महाधिवेशनमा नेपालको रोजगारदाता प्रतिनिधिको रुपमा भाग लिएका नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा रोजगारदाता परिषद्का सभापति शेखर गोल्छाले सन्सारभरी नै व्यवसायिक वातावरण छिटो छिटो परिवर्तन हुदै गएको र यसको प्रत्यक्ष असर व्यवसाय संचालनमा परेको बताएका छन्। उनले व्यवसायको दीगो विकास, रोजगारी सिर्जना, कार्य अवस्था र श्रमिकको जीवनस्तर सुधार अहिले सवैको लागि चुनौतिपूर्ण रहेको बताए।
उनले नेपाल जस्ता विकासशील मुलुक न्यून आर्थिक वृद्धि, पर्याप्त लगानीको अभाव एवं साधनको कमीका कारण समस्या भोगीरहेकोे र नेपालको निजी क्षेत्र आर्थिक विकासको लागि प्रयत्नशील रहेको बताए।
गोल्छाले रोजगारीको लागि विदेशीन बाध्य भएका बेरोजगार युवा शक्तिलाई स्वदेश भित्रै रोजगरी उपलब्ध गराउनु पर्ने बताए। उनले यसका लागि  सवैको संयुक्त प्रयास आवश्यक भएको र रोजगारी श्रृजना एवमं गरिवी निवारणका लागि  मुलुकमा राजनीतिक स्थिरतासँगै लगानी आकर्षण गर्न नीतिगत  सुधारको आवश्यता रहेको बताए।
 उनले नेपालको रोजगारदाताहरुले श्रम सम्बन्ध सुधारलाई उच्चमहत्व दिएको बताउंदै टे्रड यूनियनसँगको सहकार्य र सामाजिक सम्बादबाट क्षेत्रका समस्या समाधान गर्न नेपाल उद्योग वाणिज्य महासंघ प्रयासरत रहेको जानकारी गराए। गोल्छाले सवै जसो विकासशील मुलुक न्यून आर्थिक वृद्धि, बेरोजगारी जस्ता समस्या भोगिरहेको यथार्थ प्रस्तुत गर्दै विकासशील मुलुकहरुको समस्यालाई ध्यानमा राखी अन्तर्राष्ट्रिय श्रम संगठनले उपयुक्त कार्यक्रम र नीति अवलम्बन गर्नु आवश्यक भएको बताए।

Tata
GBIME
Nepal Life