सहाराको प्राथमिक सेयर निष्कासन आज देखि बन्द हुने, आवश्यकता भन्दा बढी आवेदन परिसक्यो

बिजमाण्डू
२०७१ जेठ २७ गते ००:०० | Jun 10, 2014

काठमाडौं। सहारा विकास बैंकको प्राथमिक सेयरको विक्री आज (मंगलबार) देखि बन्द हुने भएको छ। आवश्यकता भन्दा बढी आवेदन परिसकेकोले मंगलबार बैंकिङ समय पछि बन्द हुने ग्लोबल आईएमई क्यापिटलले जनाएको छ। सहाराको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल हो।
सर्लाहीको मलंगवामा मुख्य कार्यालय रहेको यो विकास बैंकले गत शुक्रबार देखि प्राथमिक सेयर निष्कासन गरेको हो। बैंकले सर्वसाधारण लगानीकर्तालाई एक सय रुपैयाँ अंकित ६० हजार कित्ता सेयर निष्कासन गरेको हो। यस मध्ये सर्वसाधारणको लागि ५५ हजार आठ सय कित्ता, सामूहिक लगानी कोषको लागि तीन हजार कित्ता र आफ्ना कर्मचारीको लागि एक हजार दुई सय कित्ता सेयर निष्कासन  गरेको हो ।
सेयर निष्कासन पछि चुक्तापूँजी दुई करोड रुपैयाँ पुग्ने बैंकले त्यसपछिका बर्ष आव २०७२र७३ सम्ममा भने यो रकममा फेरबदल नहुने उल्लेख गरेको छ । यसले बैंकको सेयरमा लगानी गर्नेले सो अवधिसम्ममा बोनस तथा हकप्रद सेयर पाँउने सम्भावना कम रहेने देखिन्छ । बैंकको सेयरमा लगानी गर्नेलाई नगद लाभांश दिने सम्भावना भने छ । आव २०७०र७१ मा बैंकको सञ्चित तथा जगेडा कोषमा ६६ लाख ५४ हजार रहेको छ ।
बिक्री प्रबन्धक ग्लोबल आईएमईको कार्यालय,  गण्डकी बिकास बैंक पोखरा, साहरा बिकास बैंकको मुख्य कार्यालय तथा शाखा कार्यालयहरुबाट, काबेली बिकास बैंक घनकुटा, सहयोगी बिकास बैंक जनकपूर, ग्रोमर मर्चेन्ट बैंकर, लक्ष्मी क्यापिटल मार्केट, सिद्धार्थ बिकास बैंक नेपालगञ्ज र कञ्चन बिकास बैंक कञ्चनपूर लगायतमा संकलन केन्द्र राखिएको छ ।

Tata
GBIME
Nepal Life