बिमा र जलविद्युतका सेयर मूल्य स्थीर हुन थाले, विश्लेषक भन्छन्– अब बैंकिङको मूल्य बढ्ने पालो



बिजमाण्डू
२०७१ जेठ २७ गते ००:०० | Jun 10, 2014
काठमाडौं। बजारलाई गति दिने क्षेत्रका रुपमा हेरिएको बैंकिङ समूहले सेयर बजारमा केही दिनयता नेतृत्व लिइरहेको छ। केही लगानीकर्ता बैंकिङ समूहसँगसँगै बीमा लगायतका समूहहरु पनि वृद्धि हुने धारणा राख्छन भने कतिपय अन्य समूहको वृद्धिदर सुस्तिने बताउँछन।

Tata
GBIME
Nepal Life
company  EPS PE company  EPS PE
Global IME 23.61 18.26 Machhapuchare 17.1 27.78
Nmb 20.04 19.81 Mega 11.07 27.19
Ncc 18.26 23.11 janta 2.99 94
Ebl 80.02 27.56 SCB 65.27 27.85
Bok 24.65 22.31 Kumari 19.81 21.3
Citizens 19.29 22.5 sanima 19.41 24.06
Sbi 33.95 29.16 NBB 24 25
Nabil 72.51 27.51 Laxmi 18.38 25.3
Nibl 44.76 19.24 Lumbini bank 11.21 24.98
Century 4.18   Sunrise 18.05 22.61
Siddartha 26.74 21.21 Prime 21.41 21.63
Grand 5.97 45.77 Civil 5.06  

लगानीकर्ता रमेश कुमार निरौला बैंकिङ क्षेत्र बढ्नेमा शंका नरहेको भन्दै बीमा समूह घटेर यो समूह बढ्नु पर्छ भन्ने कुनै कारण नरहेको बताउँछन्। अर्का लगानीकर्ता पुरुषोत्तमराज चिमौरिया अहिले बीमा, जलविद्युत् लगायतका क्षेत्रको वृद्धि सुस्तिएको मान्दछन्। 'अहिलेका लागि बीमा कम्पनीहरुले प्रतिफल दिने क्रम लगभग सकिएको छ। त्यसैले पनि एक तहमा पुगेर यिनीहरुको मूल्य वृद्धिदर सुस्तिएको छ,' उनले भने।  
सेयर विश्लेषक गोपाल भट्ट भने अहिले पनि अर्थतन्त्र बास्तविक रुपमा भाइव्रेट हुन नसकेकोले दुवै क्षेत्रमा ठुलो वृद्धिको अपेक्षा गर्न नसकिने बताउँछन। 'सरकारले अहिले पनि करिब ८० अर्ब रुपैयाँ खर्च गर्न सकेको छैन, जसले गर्दा अर्थतन्त्र अपेक्षित रुपमा चलायामान हुन सकेको छैन,' उनले भने, 'यसबाट सबै किसिमका कर्पाेरेट क्षेत्रको व्यवसायमा असर पर्छ नै।' तुलनात्मक रुपमा बीमा कम्पनीहरुको व्यवसाय राम्रो रहेको भट्टको विश्लेषण छ।
निरौलाका अनुसार, बीमा कम्पनीहरुको तुलनामा बैंकहरुको सेयर निकै बढि भएको भन्दै बीमाका संस्थागत लगानीकर्ता धेरै रहेका छन्। जसले गर्दा बजारमा बीमा कम्पनीको सेयर आपूर्ती कम छ।
चिमौरीयाले बीमा कम्पनीहरुको मूल्य आम्दानी अनुपात र प्रतिसेयर आम्दानी पनि उच्च रहेको भन्दै वाणिज्य बैंकहरुको चुक्तापूँजी वृद्धि गर्नुपर्ने देखिएकाले तुलनात्मक रुपमा बैंकिङ समूह अन्य समूहभन्दा सुरक्षित रहेको बताउँछन्। 'बैंकहरुको नाफाको वृद्धिदर केही सुस्तिएको छ। तर पनि राम्रा कम्पनीहरुको नाफाको वृद्धिदर ५० प्रतिशत माथि नै छ,' उनले भने। उनले अहिले बीमा, जलविद्युत् लगायतका कम्पनीहरुको मूल्य स्थिर भएको बताए। उनकाका अनुसार, चिलिमे र नबिल बैंककै उदाहरण हेर्ने हो भने पनि चिलिमेको मूल्य एक हजार पाँच सय हुँदा नबिल बैंकको एक हजार आठ सय थियो। अहिले चिलिमेको सेयर मूल्य दुई हजार चार सय माथी हुँदा नबिलको दुई हजार एक सयको हाराहारीमा छ।
विश्लेषक गोपाल भट्टले बैंकिङ क्षेत्रका कम्पनीहरुको मूल्य बढ्नै पर्छ भन्ने खासै कारण नरहेको बताउँछन्। 'अहिले पनि बैंकिङ क्षेत्रको व्यवसायको दायरा बढ्न सकेको छैन,' उनले भने, 'जुन बैंकको वृद्धि र मुनाफा दर राम्रो छ। त्यस्ता कम्पनी लिनु उपयुक्त नै हुन्छ।'