एनआइबीएल क्यापिटलले पायो एएमसी क्वालिटि थ्री रेटिङ, असी करोडको सम्वृद्धि योजना–१ ल्याउदै

बिजमाण्डू
२०७१ जेठ २९ गते ००:०० | Jun 12, 2014
काठमाडौं। एनआइबीएल क्यापिटलले क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालबाट एएमसी क्वालिटि थ्री रेटिङ पाएको छ । यसले कम्पनीको व्यवस्थापन पक्ष पर्याप्त तवरले आश्वस्त हुन सकिने किसिमको रहेको संकेत गर्छ । कम्पनीले असी करोड रुपैयाँको कोष रहने गरि बन्द मुखी योजना ‘एनआइबीएल सम्वृद्धि योजना–१’ ल्याउने तयारी गरेको छ । नेपाल धितोपत्र बोर्डले गत माघबाट सामूहिक लगानी कोषका प्रवद्र्धक र योजना व्यवस्थापकको रेटिङ अनिवार्य गरेको थियो । कोषको प्रवद्र्धक बैंक नेपाल इन्भेष्टमेन्टले गत बर्ष अप्रिल महिनामा ए रेटिङ पाएको थियो । 
एनआइबीएल क्यापिटलको प्रवद्र्धकमा स्थापित क बर्गको बैंक नेपाल इन्भेष्टमेन्ट रहनु, सामूहिक लगानी कोष सञ्चालनको लागि सन्तोषजनक किसिमको प्रणाली बिकास गरिनु सकारात्मक पक्ष रहेको बताइएको छ । नेपालमा सामूहिक लगानी कोष नया औजार हुनु, एआइबीएलले हालसम्म एउटा पनि योजना सञ्चालनमा नल्याउनु, लगानी क्षेत्र सेयर बजारमा तीव्र उतारचढाव हुनु लगायतकको सिमितता रहेको इक्रा नेपालले उल्लेख गरेको छ । कम्पनीको पहिलो योजना सेयरमा आधारित योजना हो । 
सन् २०११ सञ्चालनमा आएको कम्पनी नेपाल इन्भेष्टमेन्ट बैंकको पूर्ण स्वामित्व रहेको सब्सिडरी कम्पनी हो। कम्पनीले सञ्चालन गर्न लागेको यो पहलो योजनामा १५ प्रतिशत मुल पूँजी रहेको छ । कम्पनीले हालसम्म मर्चेन्ट बैंकिङ, निक्षेप संग्रहकर्ता र वित्तीय सल्लाहकर्ताको रुपमा सेवा प्रदान गर्दै आइरहेको छ । सञ्चालनमा आएको पहिलो बर्ष कम्पनी आठ लाख ४० हजार नाफामा रहेको थियो भने सन् २०१३ मा १० करोड ३४ लाख रुपैयाँ नाफामा रहेको थियो । 
 
 

Tata
GBIME
Nepal Life